काठमाडौंं । प्रधामन्त्री केपी शर्मा ओलीसंग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्मा बीच शिष्टाचार भेट भएको छ ।
उप–विदेशमन्त्री रिचार्ड आजै काठमाडौैं आईपुग्नु भएको हो । नेपाल भ्रमणको क्रममा वर्माले प्रधानमन्त्री केपी शर्मा ओली सहित परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा नेपाल सरकारका अन्य नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसाग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थित अमेरिकी दूताबासले जनाएको छ ।













