• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्वतमा सुत्केरी हुने भन्दा ४६ प्रतिशत बढीले गराए गर्भपतन

by
२७ साउन २०८१,
0
पर्वतमा सुत्केरी हुने भन्दा ४६ प्रतिशत बढीले गराए गर्भपतन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : गर्भपतनका तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ। गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न आह्वान गरिएकै हुन्छ। पछिल्ला केही वर्ष यता बढिरहेको गर्भपतनको डरलाग्दो अवस्थाका बारेमा सचेतना फैलाउन पाठ्य सामग्रीहरू पनि धेरै प्रकाशन भएका छन्।

तर पनि गर्भपतन गराउनेहरूको सङ्ख्या आफ्नै गतिमा बढिरहेको पाइएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा भएका सुत्केरीहरूको सङ्ख्या र गर्भपतन गराएकाहरूको सङ्ख्या हेर्दा महिलाको स्वास्थ्य अवस्था कस्तो बन्दै छ भन्ने स्पष्ट हुन्छ। स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी.का अनुसार एक वर्षको अवधिमा कुल छ सय २२ जना महिला सुत्केरी हुँदा नौ सय सात जनाले गर्भपतन गराएका छन्। जुन सङ्ख्या सुत्केरी भएकाहरूको तुलनामा ४५.८२ प्रतिशतले बढी हो।

एक वर्षको अवधिमा दक्ष प्रसूतिकर्मीबाट तीन सय ९१ जना, दक्ष स्वास्थ्यकर्मीबाट एक सय ३२ जना, अन्य स्वास्थ्यकर्मीबाट ९१ जना र घरमा तथा स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा गरी आठ जना सुत्केरी हुँदा कुल छ सय २२ जनाले बच्चा जन्माएका छन्। सोही अवधिमा औषधि सेवन गरेर सात सय छ जनाले र सामान्य शल्यक्रियामार्फत दुई सय एक जना गरी कुल नौ सय सात जनाले गर्भपतन गराएका छन्। यी मध्येका पाँच जनाले १२ हप्ता माथिको गर्भपतन गराएका थिए भने एक जनामा गर्भपतनपछिको जटिलता समेत देखिएको थियो।

अवस्था यो भन्दा अझै भयावह छ। किनकि अस्पतालको तथ्याङ्कमा भए अनुसार आफू गर्भवती भएपछि पहिलो पटक परीक्षण गर्न स्वास्थ्य संस्थामा पुगेका महिलाहरूको सङ्ख्या एक हजार एक सय १८ रहेको छ। यी सबै महिला गर्भवती हुँदा छ सय २२ जनाले मात्रै बच्चा जन्माएको देखिन्छ। यो हेर्दा सुत्केरी भएकाहरूको सङ्ख्याको तुलनामा पहिलो पटक गर्भवती परीक्षणका लागि गएकाहरूको सङ्ख्या ९१ प्रतिशतले बढी रहेको छ। यसमध्येका केही पोखरा वा अन्य क्षेत्रमा पुगेर सुत्केरी हुन सक्ने भए पनि यति ठुलो सङ्ख्या बिचैमा हराएको देखिएको छ।

यस्तै १२ हप्तासम्मको गर्भ परीक्षण नौ सय ७१ जनाले गराएका छन्। एक वर्षको अवधिमा नेपाल सरकारले तोकेको चार पटक गर्भ परीक्षण गरेको हुनुपर्ने नियममा आधारित रहेर एक हजार तीन सय २७ जनाले गर्भ परीक्षण गराएका छन्। जुन सङ्ख्या पहिलो पटक र १२ हप्तासम्म गर्भ परीक्षण गरेकाहरूको भन्दा धेरै रहेको छ।

विभिन्न कारणले गर्भपतनको सङ्ख्यामा वृद्धि गराइरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्मा बताउँछन्। सबैभन्दा मुख्य कारण भनेको गर्भमा आफूले चाहेको लिङ्ग अनुसारको भ्रूण नहुनु भएको जस्तो देखिएको उनको भनाइ छ। कानुन अनुसार भ्रूण पहिचान गर्न नपाउने भए पनि अवैधानिक रूपमा भ्रूण पहिचान गर्ने र भ्रूण पहिचान नगरीकनै गर्भपतन गराउन लागेको भनेर गर्भपतन गराउनेहरूको सङ्ख्या धेरै रहेको शर्माले बताए।

‘यसरी गर्भपतन बढी हुनुको कारण भनेको सेक्स सेलेक्टीभ गर्भपतन एउटा हो। छोरा चाहिएको बेलामा छोरी गर्भमा हुने, छोरी चाहिएको बेलामा छोरा गर्भमा हुने कारण पनि यसो भइरहेको छ’, उनले भने, ‘असुरक्षित यौन सम्पर्कका कारण रहने अनिच्छित गर्भलाई नष्ट गर्नको लागि पनि गर्भपतन हुने गरेका छन्। यति समयको भित्रको गर्भ पतन गराउन पाउनु मेरो अधिकार भनेर पनि गर्भपतन गरेको पाइन्छ।’

अझै पनि गाउँ–गाउँमा कम उमेरमै विवाह गरेर छिटो छिटो बच्चा जन्माउने गरेकाले पनि गर्भपतन बढी देखिएको भन्दै शर्माले आफ्नो विवाह गर्ने उमेर नभइसकेको अवस्थामा दुई बच्चा जन्मिसक्नु अर्को कारण भएको बताउँछन्। दुई÷तीन वटा बच्चा भइसक्दा पनि अस्थायी साधनको प्रयोग नगर्दा अनिच्छित गर्भ बस्नु, स्वास्थ्य सेवामा मानिसको पहुँच सहज र नजिक हुनु पनि गर्भपतन बढ्नुका कारण हुन।

स्वास्थ्य कार्यालय पर्वतमा रहेको तथ्याङ्क आधिकारिक र अनुमति प्राप्त स्वास्थ्य संस्थाका मात्रै हुन्। औषधि पसलहरूमा गएर आफ्नै तरिकाले औषधि सेवन गर्ने, आफ्नै तरिकाले गोप्य रूपमा ‘सर्जिकल एबोर्सन’ गराउने, पहिचान लुकाउनको लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गर्भपतन गराउने, लगायतका कारण नदेखिएको ठुलो सङ्ख्याले लुकीछिपी गराइरहेको गर्भपतनको विवरण कसैसँग छैन।

Previous Post

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

Next Post

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

सम्बन्धित खबर

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
आवाज

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

१९ अशोज २०८३,
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
आवाज

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

१९ अशोज २०८३,
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
आवाज

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

१९ अशोज २०८३,
Load More
Next Post
बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In