त्यो वेलामा इंग्ल्याण्डका मानिसहरु तरबार बाँधेर घुम्ने गर्थे । कसैले ललका¥यो भने द्वन्द्व युद्धसँग अस्वीकार गर्नु ठूलो कायरता मानिन्थ्यो । एक दिन एउटा नवयुवकले वाल्टर रेललाई द्वन्द्वयुद्धको लागि ललका¥यो । तर सर वाल्टर रेलेले अस्वीकार गरे । यसपछि त्यो असभ्य मानिसले उनलाई थुकिदियो ।
तरबार चलाउनमा अत्यन्त निपूर्ण सर वाल्टर रेलेले यस अपमानमा पनि धैर्यता राखे र भने, म आफ्नो मुखमा परेको तिम्रो थुकलाई जति सजिलै पुछ्न सक्छु त्यसैगरी तिम्रो छातीमा लागेको तरबारको घाउ पनि पुछ्न सक्ने भ म अहिल्यै र यति वेलै युद्धको लागि तयार भइसकेको हुनेथिएँ ।
सर वाल्टर रेलेको जवाफ सुनेर त्यो नवयुवकको घमण्ड चूरचूर भयो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट