• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

    कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन हुन्छन् नेपालमा यति धेरै हेलिकोप्टर दुर्घटना ?

by
२३ साउन २०८१,
0
किन हुन्छन् नेपालमा यति धेरै हेलिकोप्टर दुर्घटना ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली आकाश असुरक्षित छ भन्ने चर्चा चलिरहेकै बेला पुनः दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना । बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनामा परि ५ जनाको मृत्यु भयो ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार रसुवाको स्याफ्रुवेशीतर्फ जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोल (एटीसी) बाट सम्पर्कविहीन बनेको थियो । यो सँगै नेपालमा हालसम्म विभिन्न समयमा गरी ४० वटा हेलिकप्टरहरू दुर्घटनामा परिसकेका छन् । विभिन्न कम्पनीका अहिलेसम्म भएका हेलिकप्टर दुर्घटनामा ९७ जनाको ज्यान गइसकेको छ ।

किन दोहोरिन्छ पटक– पटक दुर्घटना ?

विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत कारण नेपालमा हवाई दुर्घटना बढिरहेको हवाई विज्ञ वाइके भट्टराईको तर्क छ ।

हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट (जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबीच आपसी तालमेल हुन नसक्दा नेपालले बारम्बार हवाई क्षेत्रमा यस्ता घटना व्यहोर्नु परेका भट्टराई बताउँछन् ।

यसबाहेक हवाई दुर्घटनापछि त्यसबारे हुने छानबिन र तयार हुने प्रतिवेदनको कार्यान्वयनमा नेपालमा अझै सम्झौता हुनुले पनि जहाज दुर्घटनाले निरन्तरता पाइरहेको उनको बुझाई छ ।

नेपाली आकाश भौगोलिक कठिनाई र मौसमी विविधताले असुरक्षित मानिदै आएको छ । यद्यपि, हालसम्म भएका हवाई दुर्घटना के कारणले हुन्छन् भन्ने यकिन प्रतिवेदन तयार हुन भने सकेको छैन ।

नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको विज्ञहरुको तर्क छ । कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि नेपालमा छ ।

आइकाओले भन्छ – नेपाल असुरक्षित

नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आइकाओ०ले त नेपाल विश्वकै असुरक्षित आकास भएको भनेर प्रतिवेदन नै सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल लामो समयदेखि पर्दै आएपछि युरोपेली एयरलाइन्सले त नेपालमा विमान उडाउन छाडेका छन् ।

यसरी आइकाओले नेपालको आकाश असुरक्षित भएको भन्दै विभिन्न चेतावनी दिइरहेको बेला हवाई दुर्घटना हुने क्रम पनि बढिरहेको छ । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा नेपालले न्युनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ ।

उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आईकाओको प्रतिवेदनमा उल्लेख छ । आईकाओको उड्डययन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ ।

प्रतिवेदन बन्छ, कार्यान्वयन हुँदैन

सन् १९४९ मा पहिलो पटक नेपालमा विमान अवतरण भएको थियो । तर, त्यसको ६ वर्ष पनि पूरा हुन नपाउँदै सन् १९५५ को मार्च ८ मा कालिंगा एयरको जहाज बाराको सिमरामा दुर्घटना भयो । त्यो घटनामा दुई जनाले ज्यान गुमाए । त्यसयता नेपाली आकाशमा ८० हाराहारी दुर्घटना भए । ती विमान दुर्घटना सम्बन्धि बनेका छानविन अयोगले प्रतिवेदन तयार पारेका छन् । तर, आयोगले दुर्घटना नदोहोरिउन भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

बनेको प्रतिवेदनमाथि पनि प्रश्न

अहिलेसम्म दुर्घटनाका सम्बन्धमा बनेका छानबिन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही औंल्याएका छन् । तर विडम्बना के छ भने तिनै प्रतिवेदनमा जहाज सञ्चालक कम्पनीलाई जहाजको मर्मतसम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको देखिन्छ । यसले पनि प्रतिवेदन कतै झारा टार्ने मेसो मात्रै त बन्दै छैन भनेर संका गर्ने ठाउँ देखिन्छ ।

Previous Post

अमेरिकामा कमला-टिमको ‘गधा’ र ट्रम्प-भान्सको ‘हात्ती’ आम्नेसाम्ने

Next Post

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप

सम्बन्धित खबर

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र
समाचार

कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

१६ अशोज २०८३,
Load More
Next Post
श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In