• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ एआईजी ज्ञवालीलाई सीआईबीबाट हटाउनुको कारण

by
२३ साउन २०८१,
0
यस्तो छ एआईजी ज्ञवालीलाई सीआईबीबाट हटाउनुको कारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट हटाइएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ ।

एक मन्त्रीका अनुसार ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको हो । प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण वज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा सरुवा गरिएको छ । हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार ज्ञवालीमाथि सहकारी ठगीको फाइल दबाएको, सुन तस्करलाई सघाएको, अनुसन्धानको दायरामा ल्याउनुपर्नेलाई उन्मुक्ति दिएको, बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्कमा रहेको, बैंकिङ कसुरका व्यक्तिसित शंकास्पद सम्बन्ध रहेको र केही व्यक्तिमाथि अनावश्यक धरपकड गरेको विषयमा प्रहरीले छानबिन गरिरहेको छ ।

‘पदीय आचरणविपरीत गतिविधि र प्रहरी शक्तिको दुरुपयोग गरेको आरोपमा ज्ञवालीमाथि एआईजी टेकप्रसाद राई नेतृत्वको समितिले छानबिन गरिरहेको रहेछ । यसबारे गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा जानकारी गराउनुभयो,’ एक मन्त्रीले भने, ‘छानबिनमा परेको व्यक्तिलाई महत्त्वपूर्ण निकायमा राखिरहँदा प्रमाण नष्ट गर्ने जोखिम र थप दुरुपयोगको सम्भावना देखाउँदै गृहमन्त्रीले सरुवाको प्रस्ताव ल्याउनुभयो । त्यसका आधारमा मन्त्रिपरिषद् बैठकले उहाँसहित ४ प्रहरी सरुवाको निर्णय गरेको हो ।’

मंगलबारको मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा नै ज्ञवालीको सरुवा रहेको एक मन्त्रीले जनाए । यही साउन १६ मा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीमाथि छानबिन भइरहेको सार्वजनिक गरेका थिए । तर कुन कुन विषय केन्द्रमा राखेर छानबिन भइरहेको भन्ने विवरण भने खुलाएनन् । ज्ञवालीमाथि हाल मन्त्रिपरिषद्ले सरुवा मात्रै गरे पनि उनीमाथिको विभागीय कारबाही तथा थप छानबिन भने एआईजी राई नेतृत्वको प्रतिवेदनपछि मात्रै निश्चित हुने गृह स्रोतको भनाइ छ । ‘भविष्यमा प्रहरीलाई प्राप्त अधिकार दुरुपयोग हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्न ज्ञवालीमाथि कारबाही हुन्छ,’ गृह स्रोतको भनाइ छ ।

सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सीआईबीबाट एआईजी किरण वज्राचार्यलाई हटाएर चैत पहिलो साता एआईजी ज्ञवालीलाई पठाएका थिए । तर, ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान नै गरेनन् । बरु, तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत दबाए । ज्ञवाली लामिछानेको बचाउमै उत्रिए । संसदीय छानबिन विशेष समितिले सहकारीको बचत हिनामिनाबारे असार २१ मा गृह सचिव एकनारायण अर्याल र उच्च प्रहरी अधिकारीहरूसँग गरेको छलफलमा ज्ञवालीले लामिछानेको बचाउ गरेका थिए ।

ज्ञवालीले पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा सघाउन मात्रै सीआईबी गएको तर सीआईबीबाट कुनै अनुसन्धान नभएको गलत विवरण संसदीय समितिमा दिएका थिए । जबकि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सीआईबीबाट निरीक्षकको टोली पोखरा पुगेर अध्ययन गरेको थियो । सीआईबी टोली पोखरा गएपछि नै गितेन्द्रबाबु (जीबी) राई संलग्न सबै सहकारीको सफ्टवेयर काठमाडौंको शंखमूलस्थित नेचर हबको कार्यालयबाट जफत गरी लगेको थियो ।

सफ्टवेयर, अरू तथ्य र प्रमाणका आधारमा सीआईबी टोलीले सूर्यदर्शन प्रकरणमा लामिछानेका नाममा शंकास्पद रूपमा कर्जा प्रवाह भएको र त्यसमाथि छानबिन गर्नुपर्ने सुझावसहित प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदन सीआईबीका तत्कालीन प्रमुख किरण वज्राचार्यलाई बुझाइएको थियो । त्यसको केही समयमै वज्राचार्यको सीआईबीबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भयो । उनको ठाउँमा ज्ञवाली सीआईबी प्रमुख भए । तर संसदीय समितिमा ज्ञवालीले आफू सीआईबी जानुअगावै भएको अनुसन्धान दबाएर केही पनि नभएको समितिलाई जानकारी दिए ।

सूर्यदर्शनका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड हिनामिना भएको आरोपमा बचतकर्ताले २०८० माघमा दिएको पूरक जाहेरीपछि कास्की प्रहरीलाई सघाउन र वस्तुस्थितिसहितको प्रतिवेदन तयार पार्न वज्राचार्यले सीआईबी टोलीलाई कास्की पठाएका थिए । उक्त टोलीले तयार पारेको प्रतिवेदनसमेत सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ । तत्कालीन सीआईबी प्रमुख वज्राचार्यको नेतृत्वको टोलीले ६१ केजी सुन तस्करीको पहिलो अनुसन्धान सकेर मुद्दा अदालतसम्म पुग्यो । तर, अनुसन्धानमा तानिएका व्यक्ति पक्राउ नगरेको कारण देखाएर जाँचबुझ आयोगले प्रश्न उठायो ।

त्यसैलाई टेकेर लामिछाने गृहमन्त्री भएपछि वज्राचार्यलाई हटाएर ज्ञवालीलाई सीआईबी प्रमुख बनाए । ‘सुनको अनुसन्धानमा प्रश्नभन्दा पनि वज्राचार्यको सरुवा सहकारी ठगीको अनुसन्धान अघि बढाएको बदला लामिछानेले लिएको अहिलेको सरकारको निष्कर्ष छ,’ ती मन्त्रीले भने, ‘त्यसकारण पनि लामिछानेले सीआईबी पठाएका ज्ञवालीले सहकारी ठगीको विषयमा प्रतिरक्षा गरेको देखियो ।’

त्यस्तै सीआईबी प्रमुख भएपछि सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा पनि बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले ज्ञवालीमाथि छानबिन गरिरहेको छ । ‘यस विषयमा एआईजी राई नेतृत्वको समितिले सत्यतथ्य बाहिर ल्याएपछि त्यसका आधारमा ज्ञवालीमाथि कारबाही हुन्छ,’ प्रहरी स्रोतले भन्यो ।

त्यस्तै ज्ञवालीमाथि छानबिन भइरहेका अन्य आधा दर्जन विषय छन् । बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा मृतकका नाममा पनि अदालतबाट पक्राउ पुर्जी जारी गराएको, बाल मन्दिर प्रकरणसँगै जोडिएका व्यापारीसँग अस्वाभाविक हिमचिम गरेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग ‘नाजायज’ र ‘अस्वाभाविक सम्बन्ध’ राखेको लगायत विषयमा छानबिन गर्न समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै सीआईबीबाट सरुवा गरिएका ज्ञवालीले काठमाडौंको एलओडी क्लबमा भएको एउटा अपराधको अनुसन्धान दबाएको आरोपमाथि पनि छानबिन भइरहेको गृहस्रोतको भनाइ छ । ‘केही मुद्दाका प्रतिवादीसँग आर्थिक लेनदेन गरेको आरोपमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतलेभन्यो, ‘त्यसपछि मात्रै उनीमाथि के कारबाही हुन्छ भन्ने निश्चित हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Previous Post

पहिरोले अवरुद्ध भएको भक्तपुर-नगरकोट सडक सञ्चालन

Next Post

शीर्ष नेतालाई बुझाइयो टीआरसी प्रतिवेदन

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
शीर्ष नेतालाई बुझाइयो टीआरसी प्रतिवेदन

शीर्ष नेतालाई बुझाइयो टीआरसी प्रतिवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In