• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बंगलादेशको सत्ता सेनाको हातमा, हसिना फेरि फर्किलिन् राजनीतिमा ?

by
२२ साउन २०८१,
0
बंगलादेशको सत्ता सेनाको हातमा, हसिना फेरि फर्किलिन् राजनीतिमा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत पलायन भएपछि त्यहाँको सत्ता सेनाको हातमा पुगेको छ । सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउँसो बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिंदै सुरक्षित स्थानमा गएको जानकारी गराउँदै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएकी हुन् । उनले भने, ‘प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनु भएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्ने छ ।’ कामचलाउ सरकारको नेतृत्व सेना प्रमुख जमानले आफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उनले केही बताएका छैनन् ।

बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रशारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् । ‘देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो’, वाकरले भने, ‘मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।’

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।

हसिना अब राजनीतिमा नफर्कने
पदबाट राजीनामा दिँदै देश छाडेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नफर्कने भएकी छन् । देशव्यापी आन्दोलन हिंसात्मक बनेपछि सोमबार देश छाडेकी उनी भारत हुँदै बेलायत(लण्डन) जाने तयारीमा छिन् ।

बीबीसीसँग कुरा गर्दै उनका छोरा सजिब वाजेद जोयले देशका लागि लामो समय संघर्ष गरे पनि आरक्षणसम्बन्धी विषयलाई लिएर देशव्यापी आन्दोलन भएकोमा हसिनाले दुःख व्यक्त गरेकी थिइन् । पारिवारिक सल्लाह अनुसार नै हसिनाले देश छाडेको जानकारी दिँदै जोयले आन्दोलन थप चर्किएपछि सत्ता छाड्ने मनस्थितिमा पुगेको उल्लेख गरे । १५ वर्षअघि सत्तामा पुग्दा गरिब देशको सूचीमा रहेको बङ्गलादेशलाई विश्वसामु चिनाउन हसिनाले गरेको योगदान भुल्न नहुने बताउँदै जोएले बंगलादेश अहिले समृद्ध उन्मुख देशको सूचीमा रहेको दाबी गरे ।

पूर्व प्रधानमन्त्री हसिनाका आधिकारिक सल्लाहकार समेत रहेका जोयले आन्दोलन दबाउन सरकारले कुनै बल प्रयोग नगरेको दाबी गर्दै भने, ‘तपाईंले हिजो मात्र भीडले १३ सुरक्षाकर्मीलाई निर्घात कुटपिट गरेको देख्नु भएको छ । त्यसो भए भीडले मानिसहरूलाई कुटपिट गर्दा पुलिसले के गर्ने अपेक्षा गर्नुहुन्छ ?’

Previous Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Next Post

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In