• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’

    बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

    बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो ब्रान्डीङ

by
२१ साउन २०८१,
0
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो ब्रान्डीङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । बागलुङको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।

जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ ।

एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रक र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले ’गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी’ दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिए ।

‘गाउँ तथा जङ्गलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पुर्‍याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिमाणमा बजार पठाइरहेका छौँ, बागलुङको आलुसमेत निकै स्वादिष्ट छ, आलुलाई चिप्स बनाएर बजार पठाउँदा बागलुङका महिलाको आय आर्जन सघाउ पुग्नेछ,’ छन्त्यालले भने, ‘अर्गानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ, यस पटक आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्न सात लाखको उपकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ ।’

एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुईलाखको बिक्री भएको छन्त्यालले जानकारी दिए । अहिलेआलु चिप्सलाई मुख्य उत्पादनका रूपमा विकास गर्न आधुनिक उपकरणले सहयोग पुर्‍याउने छन्त्यालको भनाइ छ । वि.सं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर विक्री गर्न थालेको हो ।

जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरणसमेत सहयोग गरेको छ । वि.सं २०७१ मा १० लाख शेयरपूँजीबाट शुरु भएको सहकारीको अहिले वार्षिक कारोबार दुई करोड ५० लाख नाघेको छ । अहिले बाँको र सिस्नो संकलन, आलु खरिद तथा ब्रान्डीङका लागि २१ महिला सक्रिय रहेका छन् ।

महिला सदस्यलाईमात्रै सहकारीमा आबद्ध गराएको सहकारीले नियमित २१ जनालाई रोजगारी दिएको छ । ‘हेफर इन्टरनेशनल’लेसमेत सहकारी स्थापनाका बेला बाख्राका पाठा वितरण गरी सहयोग गरेको थियो ।

अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाँकोको गुन्द्रुक बागलुङ बजारसहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । नगरपालिकाले महिला उद्यमशीलताका लागि हालसम्म १० लाखभन्दा बढीको आर्थिक सहायता प्रदान गरिसकेको उनले जानकारी दिए ।

‘किसानले आलु मात्रै विक्री गरेर भएन, जैमिनीको सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रूपमा रहेको दमेकको आलुलाई चिप्स बनाउँदा टिकाउ हुने र बजारीकरणसमेत गर्न सहज हुने भएकाले उद्यमशीलताको कार्यक्रमलाई त्यही सहकारीसँग जोडिएको छ’, उपप्रमुख शर्माले भने ‘औषधीय गुणसमेत भएको बाँकोको गुन्द्रुक र सिस्नोको धुलो विदेशसमेत पुर्‍याउन सकिने सम्भावना ।’

Previous Post

तेस्रो र तल्लो अरूणका लागि भारतद्वारा ९२ अर्ब ६७ करोड लगानी स्वीकृत

Next Post

हैजा संक्रमितको सङ्ख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी

सम्बन्धित खबर

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
आवाज

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

२३ साउन २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’

२३ साउन २०८३,
बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?
फिचर-ब्यानर

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

२३ साउन २०८३,
एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो
समाचार

एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

२३ साउन २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
आवाज

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

२३ साउन २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
फिचर-ब्यानर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

२३ साउन २०८३,
Load More
Next Post
हैजा संक्रमितको सङ्ख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी

हैजा संक्रमितको सङ्ख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In