काठमाडौँ – नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको औपचारिक प्रस्ताव गरेको छ । आज बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई भेटेर सत्ता गठबन्धन छोडेर आए प्रचण्डलाई प्रधानमन्त्री दिने प्रस्ताव गरेको छन् ।
उपाध्यक्ष नेम्वाङले प्रचण्डसँगको भेटमा राष्ट्रपति भने एमालेबाट हुनुुपर्ने प्रस्ताव गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएर वामपन्थी सरकार बनाउने र प्रदेशमा पनि सोही अनुसार सरकार बनाउने एमालेको योजना सुनाएका थिए ।
प्रचण्डले नेम्वाङको प्रस्तावलाई पार्टीमा छलफल गर्ने बताएको एमाले स्रोत बताएको छ ।













