• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    आइएसएसको अन्त्य, सहकार्यको युग

    चिनियाँ रकेट प्रक्षेपण असफल

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    ट्रम्पको गोप्य उडानको खुलासा

    मूल बीउका लागि कोदोखेती

    मूल बीउका लागि कोदोखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

    आइएसएसको अन्त्य, सहकार्यको युग

    चिनियाँ रकेट प्रक्षेपण असफल

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    ट्रम्पको गोप्य उडानको खुलासा

    मूल बीउका लागि कोदोखेती

    मूल बीउका लागि कोदोखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता

by
१४ साउन २०८१,
0
गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११  जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिए ।

उनका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण, एक सय ४६ दशमलव ६३ किलोमिटर सडक फराकिलो बनाउने, दुई सय २७ दशमलव १३ किलोमिटर नाली, एक सय ७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन् । सडकको सुरक्षाका लागि प्रदेशभर दुई लाख १९ हजार एक सय ४९ दशमलव ५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत भएको छ ।

गत आवमा गण्डकी प्रदेश सरकारले २१ मोटरेबल पुल, १९ झोलुङ्गे पुल र २५ भवन निर्माण गरेको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताए । रु १२ अर्ब १८ करोड २३ लाख पाँच हजार पुँजीगत बजेट रहेको मन्त्रालयले ७१ दशमलव ७४ प्रतिशत अथवा रु आठ अर्ब ७३ करोड ९५ लाख २९ हजार खर्च गरेको छ ।

आव २०७९/८० मा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले सो अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ सडक पुल, १२ झोलुङ्गे र चार वटा भवन निर्माण गरेको थियो । गत आवमा रु ३० लाखभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको, कार्ययोजनाअनुसार अघि बढेकाले बजेट तथा योजना कार्यान्वयनमा सुधार भएका मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए ।

प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा नौ सय एक किलोमिटर कालोपत्र, छ सय ९६ किलोमिटर ग्राभेल, एक सय छवटा मोटरेबल पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक डा.महेन्द्र बानियाँले ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधि छोट्याउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको भाडादर घटाउन, दुर्घटना कम गर्न, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजना प्रभावकारी बनेका बताए ।

उनका अनुसार गत आवमा एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ । बहुवर्षीयका लागि छनोट भएका सडक, मोटरेबल र झोलुङ्गे पुल योजनाका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रिय राजमार्गका वैकल्पिक सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिएको भौतिक मन्त्रालयमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा छन् ।

Previous Post

पाउण्ड साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

Next Post

नेपालले भारतलाई बेच्यो किनेको भन्दा १२ करोड बढीको विजुली

सम्बन्धित खबर

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
समाचार

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

२७ साउन २०८३,
कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ
आर्थिक

कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ

२७ साउन २०८३,
महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप
आर्थिक

महाकाली अस्पतालमा मिर्गौला पीडितको चाप

२७ साउन २०८३,
आइएसएसको अन्त्य, सहकार्यको युग
अन्तर्राष्ट्रिय

चिनियाँ रकेट प्रक्षेपण असफल

२७ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

ट्रम्पको गोप्य उडानको खुलासा

२७ साउन २०८३,
मूल बीउका लागि कोदोखेती
आर्थिक

मूल बीउका लागि कोदोखेती

२७ साउन २०८३,
Load More
Next Post
नेपालले भारतलाई बेच्यो किनेको भन्दा १२ करोड बढीको विजुली

नेपालले भारतलाई बेच्यो किनेको भन्दा १२ करोड बढीको विजुली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In