• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसद् बैठकको तयारी तीव्र

by
४ पुस २०७९,
0
कार्यकाल सकिएपनि सरकारी सम्पतिमाथिको सांसदको रजाँई अझै सकिएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस भएसँगै सङ्घीय संसद् सचिवालयले अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मङ्सिर २९ गते अन्तिम परिणाम बुझाएपछि सचिवालयले तयारीलाई तीव्रता दिएको हो ।

सचिवालयले सङ्घीय संसद् भवनको मर्मत सम्भारलगायतका काम गरिसकेको छ । दलअनुसार सिट व्यवस्थापन तथा अन्य प्राविधिक पक्षको परीक्षण पनि सचिवालयले गरिसकेको छ । यस्तै दलको कार्यालय व्यवस्थापनलाई पनि सचिवालयले अन्तिम रूप दिएको छ ।

सङ्घीय संसद्का प्रवक्ता डा। रोजनाथ पाण्डेले व्यवस्थापनको तयारी सचिवालयले गरिरहेको बताए । उहाँले भन्नुभयो, “हामीले भौतिक पूर्वाधारदेखि अन्य आवश्यक तयारी गरिरहेका छौँ, । कुनै पनि बेला अधिवेशन बोलाइन सक्छ भनेर हामी तयारी अवस्थामा नै छौँ ।”

सचिवालयले राष्ट्रिय दलको मान्यता पाएका सात दलसहितका सबै दललाई कार्यालय व्यवस्थापन गर्नेछ । अघिल्लो पटक पाँच दलले राष्ट्रिय दलको मान्यता पाएकोमा यो पटक सात पुगेका छन् । यस्तै दसभन्दा बढी सिट जितेका दललाई पनि संसदीय दलको सुविधा उपलब्ध हुनेछ । राष्ट्रिय दलको मान्यता नपाएका दल तथा स्वतन्त्र सदस्यहरूलाई पनि सचिवालयले कार्यालय व्यवस्थापन गर्नेछ । सचिवालयले सचिवालय परिसर र हेलो सरकार कक्षमा दलको कार्यालय व्यवस्थापन गरेको छ ।

यो पटक नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाले राष्ट्रिय दलको मान्यता नपाए पनि कार्यालय पाउने छन् ।

यस्तै पाँच स्वतन्त्र सदस्यले पनि कार्यालय पाउने छन् । स्वतन्त्र सदस्यहरूलाई भने सचिवालय परिसरमा नै कार्यालय व्यवस्थापन हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई हेलो सरकार कक्ष रहेको स्थानमा कार्यालय व्यवस्थापन गरिएको छ ।

सचिवालयले सदस्यहरूलाई शपथसँगै यो पटक अत्यावश्यक कानुन, अन्तरिम नियमावलीलगायतका सामग्री पनि उपलब्ध गराउने छ । यसअघि सचिवालयले शपथपछि यस्ता सामग्री उपलब्ध गराएको थिएन ।

आधारभूत कानुन सचिवालयले सांसदहरूलाई उपलब्ध गराउनेछ । शपथसँगै सचिवालयले शपथको प्रमाणपत्र पनि सदस्यहरूलाई दिनेछ । सदस्यहरूलाई वितरण गरिने लोगो तयार भइसकेका छन् ।

Previous Post

सिभिल बैंकले थालनीगर्याे ‘अप्पनजनकपुर, डिजिटल जनकपुर’अभियान

Next Post

यो वर्ष धान उत्पादन बढ्ने

सम्बन्धित खबर

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
किसानको धान खरीदमा उदासीन सरकार

यो वर्ष धान उत्पादन बढ्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In