• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन

by
८ साउन २०८१,
0
कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । डेमोक्रेट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेको कमला ह्यारिसलाई १९३ डेमोक्रेट सांसदको समर्थन पाएकी छन् ।

राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएपछि कमला ह्यारिस राष्ट्रपतिको दौडमा अगाडि बढेकी छन् । उनको पहिलो चुनौती डेमोक्रेट नेताहरुको समर्थन पाउनु रहेको छ । अहिले पनि कैयौं नेताहरुले उनलाई उम्मेदवारको रुपमा समर्थन गर्न हिच्किचाइरहेका छन् । यसमा सबै भन्दा ठूलो नाम पूर्व राष्ट्रपति बाराम ओबामाको रहेको छ ।

ओबामाले बाइडेन राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटेकोमा प्रसंशा गरेपनि ह्यारिसको समर्थन गरेका छैनन् । उनले डेमोक्रेटिक पार्टीको अगस्तमा हुने कन्म्भेन्सनमा सही उम्मेदवार छान्ने बताएर ह्यारिसलाई समर्थन नगर्ने संकेत दिएका छन् ।

अर्कोतर्फ अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपतिका लागि समर्थन गरेकी छन् । क्लिन्टन सन् २०१६ मा डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार थिइन् । त्यसपछि उनी ट्रम्पसँग हारेकी थिइन् ।

क्लिन्टनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कमला ह्यारिसलाई लामो समयदेखि चिन्छु । उनी एक प्रतिभाशाली वकिल हुन् । कमला ह्यारिसले दोषी अपराधी डोनाल्ड ट्रम्प र ‘प्रोजेक्ट २०२५’ को स्वतन्त्रता लिने एजेन्डा विरुद्ध लड्नेछिन् । तर, यो काम उनी एक्लैले गर्न सक्दैनन् ।’ हिलारीले कमला ह्यारिसलाई समर्थन गर्न देशवासीलाई अपिल गरेकी छन् ।

सीएनएनले बाइडेनको समर्थन पाए पछि ह्यारिसले आफ्नो पक्षमा समर्थन जुटाउन १० घण्टा नेताहरुसँग कुरा गरेको उल्लेख गरेको छ । यस क्रममा ह्यारिसले पूर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टनका साथै पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग पनि कुरा गरेको दाबी गरिएको छ ।

बाइडेनदेखि हिलारी क्लिन्टनसम्म सबैले कमला ह्यारिसको उम्मेदवारीलाई समर्थन गरे पनि, डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवार अझै बनेकी छैनन् । डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवारका लागि अझै धेरै उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन करिब १०० दिन बाँकी छ तर डेमोक्र्याटिक पार्टीमा नयाँ उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै समाधान हुन सकेको छैन । अब डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन अगस्ट १९ बाट सुरु हुँदैछ, जसमा नयाँ उम्मेदवार चयन हुने बताइएको छ ।

यस अघि उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेपछि पहिलो पटक सार्बजनिक रुपमा सम्बोधन गरेकी छन् । यसक्रममा उनले राष्ट्रपति बाइडेनको कामको प्रशंसा गर्दै बाइडेनले चार वर्षमा धेरै राष्ट्रपतिले दुई कार्यकालमा गर्न नसक्ने काम गरेको बताइन् ।

ह्यारिस पेरिस ओलम्पिक अघि ह्वाइट हाउसमा अमेरिकी खेलाडीहरूको अभिनन्दन समारोहमा आइपुगेकी थिइन् । कोभिड पोजिटिभ भएका कारण बाइडेन कार्यक्रममा उपस्थित थिएनन् ।

Previous Post

उपसभामुखमाथि छानबिन होस्, मसँग भएको प्रमाण दिन्छु: मुकुल ढकाल

Next Post

सुनचाँदीको मुल्य स्थिर

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनचाँदीको मुल्य स्थिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In