• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

by
५ साउन २०८१,
0
बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

Protesters clash with police during the ongoing anti-quota protest in Dhaka on July 19, 2024. Police in Bangladesh's capital banned all public rallies on July 19, a day after the deadliest round of student protests so far saw government buildings torched by demonstrators and the imposition of a nationwide internet blackout. (Photo by Abu SUFIAN JEWEL / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका। बढ्दो विद्यार्थी आन्दोलनका साताहरू बङ्गलादेशको स्मृतिमा सबैभन्दा खराब अशान्तिका रूपमा परिणत भएका छन् ।

अयोग्य सरकारी प्रतिक्रियाले प्रधानमन्त्री शेख हसिनाको शासनका लागि गम्भीर चुनौती दिएको विशेषज्ञहरूले बताएका छन् ।

राजनीतिक रूपमा निजामती सेवा भर्ती नियममा सुधारका लागि सरकारसँग आह्वान गर्दा सुरु भएको प्रदर्शनको आकार यो साता प्रहरी कारवाहीको तीव्रताका साथ बढेको छ ।

हरेक दिन सडकमा भेला भएका दशौँ हजारौँ युवा र आक्रोशित बङ्गलादेशीहरूले अब नीतिमा परिवर्तनको माग मात्र गरिरहेका छैनन, बरु हसिनाको कार्यकाल अन्त्यको माग गरिरहेका छन् ।

यो साता दुई करोड जनसङ्ख्या भएको राजधानी ढाकामा प्रदर्शनकारीहरूले धेरै र्यालीमा ‘तानाशाह मूर्दाबाद’ भन्दै नारा लगाए । ढाकामा आक्रोशित भीडले बिहीबार धेरै सरकारी भवनमा आगो लगाएका थिए ।

विश्लेषकहरूका अनुसार हसिना र सत्तारूढ अवामी लिगले सामना गरिरहेको सङ्कट उसको आफ्नै सरकारले बनाएको सङ्कट हो ।

“प्रदर्शनहरू अत्यन्तै महत्त्वपूर्ण छन्, सम्भवतः अवामी लिग शासनका लागि सत्तामा आएपछिको यो सबैभन्दा गम्भीर चुनौती हो”, क्राइसिस ग्रुप एसियाका निर्देशक पियरे प्रकाशले भन्नुभयो, “प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्ने प्रयास गर्नुको सट्टा सरकारको कार्यले अवस्थालाई अझ खराब बनाएको छ, मुलुक खतरनाक रूपमा तयार भएको देखिन्छ ।”

विद्यार्थीहरूले विशिष्ट समूहका लागि अत्यधिक माग गरिने सार्वजनिक क्षेत्रको आधाभन्दा धेरै नोकरी आरक्षण गर्ने कोटा प्रणाली अन्त्यको माग गर्दै आफ्नो अभियान सुरु गरेका थिए ।

सन् १९७१ को मुक्ति सङ्ग्रामपछि पदभार ग्रहण गर्नुभएका हसिनाका पिता एवं स्वतन्त्रता नेता शेख मुजिबुर रहमानले उक्त योजना स्थापना गर्नुभएको थियो ।

योजनाले मुक्ति सङ्ग्रामका दिग्गजका सन्तानका लागि ३० प्रतिशत निजामती सेवाका पदहरू आरक्षित गर्दछ । प्रदर्शनकारीहरूले अवामी लिगका वफादारहरूलाई पुरस्कृत गर्नका लागि उक्त योजना प्रयोग गरिएको बताएका छन् ।

बङ्गलादेश उसका १७ करोड मानिसका लागि पर्याप्त रोजगारीका अवसरहरू प्रदान गर्न असमर्थ छ । उक्त योजना गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका युवा स्नातकहरू बीचको असन्तुष्टिको स्पष्ट स्रोत हो ।

प्रधानमन्त्री हसिनाले गत साता प्रदर्शनकारीहरूलाई सन् १९७१ मा पाकिस्तानसँग मिलेर काम गरेका बङ्गलादेशीहरूसँग तुलना गरेर तनावलाई बढाउनुभयो । द्वन्द्वको आधा शताब्दीभन्दा लामो समयपछि यो अत्यधिक अपमानजनक आरोप थियो ।

“उनीहरूको खिल्ली उडाउनु उनीहरूको गरिमाको अपमान थियो”, इलिनोइस स्टेट युनिभर्सिटीमा राजनीतिका प्रोफेसर अली रियाजले भन्नुभयो ।सन् २००९ मा दोस्रोपटक सत्ता सम्हालेपछि हसिना र अवामी लिगले बङ्गलादेशमा लोकतन्त्रलाई नाटकीय रूपमा घटाउने काम गरेको अधिकार समूह तथा आलोचकहरू बताउँछन् ।

उहाँको सरकारमाथि आफ्ना मुख्य प्रतिद्वन्द्वीहरूलाई अन्यायपूर्ण तरिकाले कारागारमा पठाएको, कठोर प्रेस स्वतन्त्रताविरोधी कानून पारित गरेको र विपक्षी कार्यकर्ताहरूको हत्यासहित अधिकार हनन गरेको आरोप लगाइएको छ ।

यस वर्ष अवामी लिगले प्रतिद्वन्द्वी राजनीतिक दलहरूका सयौँ मानिसलाई गिरफ्तार गरेपछि कुनै वास्तविक विरोधबिना निर्वाचनमा पुनः जित हासिल गर्यो ।

पन्ध्र वर्षभन्दा धेरै समयमा वास्तविक प्रतिस्पर्धात्मक निर्वाचन नदेखेकाले ‘असन्तुष्ट बङ्गलादेशीहरूसँग आफ्नो आवाज सुनाउन सडक आन्दोलनबाहेक केही विकल्प’ रहेको प्रकाशले बताउनुभयो ।

एउटा संक्षिप्त सैन्य विद्रोह, छिमेकी म्यान्माबाट सात लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीको आगमन र धेरै इस्लामिक आक्रमणसहित हसिनाले आफ्नो कार्यकालमा धेरै नाटकीय सङ्कटको सामना गर्नुभएको छ ।

तर द इकोनमिस्टका लागि लामो समयसम्म बङ्गलादेशका पूर्वसंवाददाता टम फेलिक्स जोहेङ्कले विरोध प्रदर्शन र विद्यार्थीहरूको हत्या दुवै ‘अभूतपूर्व’ भएको बताउनुभयो । उहाँका अनुसार बङ्गलादेशमा राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्नु सधैँ नराम्रो विचार थियो ।

“हृदयदेखि नै यो अहंकार र आर्थिक अक्षमताका कारण उत्पन्न भएको राजनीतिक सङ्कट हो”, उहाँले भन्नुभयो, “करिब एक करोड ८० लाख युवा बङ्गलादेशी बेरोजगार छन्, एक दशकभन्दा लामो समयदेखि लोकतन्त्र ठप्प भएकाले उनीहरूले खुट्टाले भोट हाल्न थालेका छन् ।”

Previous Post

के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

Next Post

आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In