• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

by
३ साउन २०८१,
0
बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए ।

यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ । बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताए ।

बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ । याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको । सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले बताए ।

वडाध्यक्ष राईका अनुसार बाढीपहिराले अवरुद्ध सडक पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय फिदिम तथा याङवरक गाउँपालिकाको समन्वयमा एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्नेछ । ‘अहिले मध्यपहाडी राजमार्ग कामचलाउ सञ्चालन भए पनि वर्षा हुनासाथ दुर्घटनाको जोखिम छ’, राईले भने, ‘अन्य ग्रामीण सडक क्षतविक्षत छन् ।’

बाढीपहिराले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ । याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँचीखेती हुने सयौँ रोपनी जमिन पहिराले बगाएको छ । बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो । उक्त पुल हालसम्म पुनःनिर्माण भएको छैन ।

यसैबीच, याङवरकका पाँचवटा वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले राससलाई जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले बाढीपहिराबाट हालसम्म १० परिवार पूर्ण रूपमा विस्थापित भएका जनाएको छ । रासस

Previous Post

‘धनुषा र महोत्तरीमा मल अभाव छैन’

Next Post

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
Load More
Next Post
बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In