• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठकै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण

by
२७ असार २०८१,
0
पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठकै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिराहा । पूर्व कानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा बाल्यकाल तुहाउने गरी बालश्रम शोषण गरिरहेको पाइएको छ ।

कुनै समय संविधान र कानूनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको खुलासा भएको छ ।

उनी २०७९ मंसिर ४ को निर्वाचनमा नेकपा एमालेबाट सिराहा–३ बाट निर्वाचित श्रेष्ठले सिराहाको गोलबजार नगरपालिका–८ की ११ वर्षीय बालिका ललिता सिंह (नाम परिवर्तित)लाई चरम बाल शोषण गर्दै आएका छन् ।

आमाको ममतामय काखमा लुटुपुटु गर्ने, बाबुको आङ्मा बुइँ चढ्ने, मसिना मसिना कुरामा दङ्ग्याउने, रमाउने निर्दोष, कोमल हृदय भएकी ललिता साथिहरुसँग रमाउँदै, खेल्दै स्कुल जाने समयमा मन्त्री श्रेष्ठको घरमा अमानवीय यातना सहेर नुनिलो आँसुको घुटको पिउँदै बाल श्रमिक बन्नु बाध्य हुनुपरेको छ ।

ललिता जनता नमूना माध्यमिक विद्यालय चोहर्वामा कक्षा ४ मा अध्ययनरत थिइन् । पूर्वमन्त्री श्रेष्ठको घरमा श्रमिकका रुपमा काम गर्न थालेपछि उनको स्कुले जीवनमा पुर्ण विराम लागेको छ । नेपालको संविधानको धारा, ५१ मा राज्यका नीतिअन्तर्ग बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ ।

संवैधानिक रूपमा निषेधित र दण्डनीय, (संविधानको धारा ३९), विशेष कानुन बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, सान्दर्भिक कानुनहरू अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी ऐन, २०७५, देवानी अपराध संहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४ बालश्रम शोषणसँग सम्बन्धित छन् । यी सबै ऐन र कानूनविपरित पूर्व कानूनमन्त्रीले नै बालश्रम शोषण गरिरहेका भएपनि नियामक निकायहरु भने मौन छन् ।

सांसद श्रेष्ठको घरमा घरमा पालिएको कुकुरको नाम हो ‘डब्बु’ । डब्बु भाग्यमानी छ किनकि उ पूर्वमन्त्रीकी छोरीको प्यारो छ । पूर्व मन्त्रीकी छोरीलाई ‘डब्बु’ अतिप्रिय छ । तर समस्या के भयो भने ‘डब्बु’ राति एक्लै सुत्दैन । डब्बुको दिन पूर्व मन्त्रीको छोराछोरी र पत्नीको काखमा लुटुपुटु गरेर बित्छ । तर राति उसलाई काखीच्यापेर सुत्ने एक जना चाहिन्छ । यही काम गर्छिन ललिता । सांसद श्रेष्ठको घरमा पालिएको कुकुर ‘डब्बु’ लाई नुहाउन , उसको दिसा सोहर्न, खानपिन गराउन र राति सँगसँगै सुत्न दैनीकी नै बनेको छ ललिताको ।

सांसद श्रेष्ठको घरमा आज मात्र होइन ६ वर्ष अघिपनि एक अन्दाजी ९ वर्षीय श्रमिक बालिका पूर्वमन्त्री श्रेष्ठको घरमा थिइन् । जसको नाम पनि वरपरका कसैलाई थाहा भएन । उनी कसकी छोरी थिइन् र उनको घर कहाँ थियो भन्ने पनि उनको परिवारका सदस्य बाहेक कसैलाई ज्ञात भएन । घरको बाउण्ड्री भित्र बालिकाको जीवन कैद थियो । बाहिरबाट आउने जानेसँग भेट हुन दिइँदैनथ्यो । ती श्रमिक बालिकाको मुख्य काम थियो पूर्वमन्त्री श्रेष्ठको जुत्ता पालिस गर्ने, भाँडा माझ्ने, डब्बुको स्याहार सुसार गर्ने र राति डब्बुसँगै सुत्ने ।

पुष–माघको जाडोमा वरण्डामा एउटा पातलो कम्बल ओढेर ती श्रमिक बालिका डब्बुसँग रात काटाउँथिन् । एकाबिहानै उठेदेखि राति १० बजे सुत्नु अघिसम्म डब्बुको दिसा सोहोर्ने, नुहाइदिने, खुवाउने, बोक्ने बाहेक घरको भाँडा मस्काउने, कुचो लगाउने र लुगा धुने काम पनि गर्थिन् । निर्वाचनताका मन्त्री श्रेष्ठको घरमा आउने जाने कार्यकर्ताहरुले बालश्रमिक राखिएको र कठोर तथा अमानवीय काम गराइएकोमा प्रश्न उठाएका थिए । त्यसपछि मन्त्री श्रेष्ठले सिरहाको चोहर्वास्थित घरबाट ती बालिकालाई काठमाडौंस्थित निवासमा ल्याएका थिए ।

यस विषयमा स्थानीय रामचन्द्र सिंह भन्छन्, ‘त्यतिबेला पार्टी एकीकृत थियो । चुनावका कारण हामी लीलानाथ श्रेष्ठको घर जाने आउने गर्थ्यौँ। त्यहाँ ती श्रमिक बालिकालाई कठोर श्रम गराएको देखेर हामीले त्यस्तो गर्न नहुने दवाव पनि दियौं ।

कस्तो सामन्ती चरित्र हो ? अर्काको बच्चा ल्याएर कुकुरसँग सुताउने ? मानवता नामको चिज रत्तिभर नभएका हुन् श्रेष्ठ ।’ अहिले घरमा बालश्रमिकको रुपमा राखिएकी बालिकाको मुख्य काम कुकुरको स्याहार गर्ने नै रहेको स्थानीय पत्रकार बीरेन्द्र यादव सुनाउँछन् ।

‘
मैले बालिकाको परिवारबाट जानेबुझेसम्म ललिताको मुख्य काम कुकुरको स्याहार गर्नु नै हो । काम गरे बापत कति ज्याला पाउने हो श्रमिक ललितालाई थाहा छैन तर बालिका ललिताले भनिन् मलाई वर्थडे मनाउन माल्किनीले एक हजार दिनुभयो । मैले बुझेको यत्ति हो ।’

सांसद श्रेष्ठको कारखानामा पनि उस्तै शोषण, सरकारी ज्याला समेत दिँदैनन् भन्ने समाचार पनि नआएको होइन । सरकारले एक जनाको दैनिक ज्याला ६ सय २० रुपैयाँ तोकेको भएपनि सांसद श्रेष्ठले भने दैनिक २ सय ५० मात्र दिएर मजदुरहरूको शोषण गरिरहेका छन् ।

सिराहाका ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा लीलानाथको बिँडी कारखानामा काम गर्दै आएका छन् । उनीहरूले कारखानामा काम गर्न थालेको १२ वर्ष नाघिसक्यो । यी दुई दलित मुसहर मजदुर दम्पतीको दैनिक ज्याला कानुनले तोकेभन्दा निकै कम छ । रामपृतले दैनिक २ सय ५० रुपैयाँ र र बौकीले जम्मा दुई सय ज्याला पाउँछिन् ।

बौकीको जिम्मेवारी बिँडी कारखानामा दैनिक सुर्ती कुट्ने र धूल्याउने काम हो । उनी थप घरको भाँडा माझ्ने, सरसफाइ गर्ने र बगैँचा गोडमेल गर्ने काम पनि गर्छिन् । रामपृतले बिँडी कारखानाका मजदुरहरूलाई चाहिने दाउरा चिर्न बन्चरो चलाउँछन् । उनी सुर्ती कुट्छन् । उनीहरू बिहान ८ बजेदेखि साँझ ६–७ बजेसम्म काम गर्छन् । तर दिनभरि काम गरेको ज्याला दुईजनाको गरी जम्मा ४ सय ५० मात्र पाउँछन् ।

पूर्व मन्त्रीले ‘लीला बिँडी कारखाना’ चलाउने गरेका छन् । सो कारखानामा काम गर्ने कामदारहरूले सरकारले तोकेको दैनिक ज्याला ६ सय २० रुपैयाँ पाउने गरेका छैनन् भन्ने पनि हामीले समाचारमा पटक पटक अपडेट गरेका छौँ ।

सरकारी नियम अनुसार रामपृत दम्पतीले दैनिक १२ सय ४० ज्याला पाउनुपर्ने हो । तर मात्र ४ सय ५० दिइन्छ । दलित मुसहर दम्पतीले पूर्व मन्त्रीको कारखानामा दिन भरि घोटिएर काम गरे वापत सरकारले तोकेको ज्याला पाउनुको सट्टा उल्टै दैनिक ७ सय ९० रुपैयाँ ठगिने गरेका छन् ।नेपाल न्युज बैंक

Previous Post

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्विप

Next Post

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

सम्बन्धित खबर

रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
Load More
Next Post
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In