• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलौरीका बाढी प्रभावित परिवार घर फर्कँदै

by
२६ असार २०८१,
0
बेलौरीका बाढी प्रभावित परिवार घर फर्कँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापनमा परेका परिवार मौसममा क्रमिक रूपमा सुधार आएपछि घर फर्कन सुरु गरेका छन् । डुबानबाट विस्थापनमा परेका एक हजार पाँच सय परिवारमध्ये दुई सय परिवार घर फर्केका छन् ।

बस्तीमा अझै डुबानकै अवस्था रहँदा एक हजार तीन सय परिवार विद्यालय, सामुदायिक भवन, धार्मिक भवनलगायत सुरक्षित स्थानमा बसेका छन् । विस्थापनमा परेका परिवारलाई नगरपालिकाले खाद्यन्न राहतका रूपमा उपलब्ध गराएको छ ।

विस्थापित भई सुरक्षित स्थानमा बसेका परिवार बसेको ठाउँमा पुगेर राहत वितरण सुरु गरिएको नगर उपप्रमुख जोगराम चौधरीले बताए । “डुबान अझै रहेकाले हिँडेर विस्थापित परिवारसम्म पुग्न सकिने अवस्था छैन”, उनले भने, “ट्रयाक्टर मार्फत विस्थापित परिवारसम्म पुगेर राहत वितरण जारी राखेका छौँ ।”

बेलडाँडीको इमलियास्थित निर्माण गरिएको माटोको बाँध भत्केर चौधर नदी नगरपालिकाको वडा नं १० को कुण्डा, बन्दाजाला, भुडा, भुडागौँडी, सडकघाट, शिवनगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा पसेको थियो । वडा नं ७ का १० घर र वडा नं २ का सात घर डुबानमा परेका थिए ।

यसैगरी, वडा नं ५ को रामनगरमा दोदा नदीको बाढीको पानी पस्दा स्थानीय बासिन्दा डुबानमा परेका थिए । बाढी अझै नघटेकाले धेरै विस्थापित परिवार सुरक्षित स्थानमा बसिरहेका छन् । घरभित्र अन्न भण्डारणका लागि राखेका माटोका भकारी (डेहरी) बाढीको पानीले भिजाउँदा फुटेका छन् । भकारी फुट्दा पूरै अन्न भिजेर कामै नलाग्ने भएको नगरउपप्रमुख चौधरीले बताए ।

“भकारी फुट्दा केही अन्न भिजेर उम्रिने अवस्थामा पुगेको छ भने केही अन्न बाढीको पानीले बगाएको छ”, उनले भने । यसबाट आदिवासी जनजाति थारू समुदाय बढी प्रभावित भएका छन् । वर्षभरिका लागि खान राखेको अन्न पूरै बाढीको पानीमै विलिन भएपछि भोकमरीको अवस्था सृजना भएको उनले बताए ।

धान, गहुँ, मकै, तोरी, केराउ, मुसुरो, चनालगायत अन्नसँगै घरभित्र दैनिक खानका लागि राखिएको चामल, पिठोलगायत बाढीको पानीले भिजाउँदा कामै नलाग्ने भएको छ । डुबान क्षेत्रमा सरुवा रोगको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी दातृ सङ्घसंस्थासँग मद्दतका लाग गुहार मागिएको उपप्रमुख चौधरीले बताए ।

स्वास्थ्य शाखाबाट पनि स्वास्थ्यकर्मीको टोलीलाई सतर्क अवस्थमा राखिएको छ । बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका बाढी प्रभावित परिवार पनि मौसममा सुधार हुन थालेपछि घर फर्कन थालेको बताइएको छ ।

Previous Post

आज सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

Next Post

कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार

कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In