• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देउवानिकट कांग्रेस नेताको नजरमा ओलीलाई रोक्ने प्रचण्डको रणनीति किन ‘विफल’ हुन्छ

by
२५ असार २०८१,
0
देउवानिकट कांग्रेस नेताको नजरमा ओलीलाई रोक्ने प्रचण्डको रणनीति किन ‘विफल’ हुन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माओवादीका नेताहरूले भावी सरकारको गठन प्रक्रिया ‘राष्ट्रपतिको स्वविवेकमा भर पर्ने बताइरहेका बेला कांग्रेस र एमालेका नेताहरूले दुई वा दुईभन्दा बढी दलहरूबीचको सहमतिमा सरकार बन्ने सम्भावना रहुन्जेल त्यस्तो अधिकार प्रयोग गर्ने छुट राष्ट्रपति रामचन्द्र पौडेललाई नरहेको बताएका छन्।

माओवादी केन्द्रका नेताहरूले अहिलेका प्रधानमन्त्री प्रचण्ड संविधानको धारा ७२(२) अनुसार प्रधानमन्त्री बनेको र उनले संसद्‌मा विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा संविधानको धारणा ७२(३) अनुसार सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार निर्माण गर्ने प्रक्रिया राष्ट्रपतिले अघि बढाउनुपर्ने बताइरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।तर त्यसअघि उनले कांग्रेस र एमालेबीच भएको सहमतिका आधारमा प्रधानमन्त्री बन्ने निश्चित भएका भनिएका एमाले अध्यक्ष केपी ओलीको सम्भावित सत्तारोहण रोक्ने प्रयासमा कांग्रेसका कतिपय नेताहरूसँग छलफल अघि बढाएका बताइएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले दुई ठूला दलबीच भएको सहमति कार्यान्वयन भएरै छाड्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन विफल भएसँगै ओली नेतृत्वको सरकार बन्ने बीबीसीलाई बताएका छन्।

संविधानको धाराबारे किन विवाद?
पछिल्लो पटक भएको संसदीय चुनावमा कुनै पनि दलको बहुमत नआएपछि संविधानको धारा ७६ (२) अनुसार विभिन्न दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री चुनिएका थिए।

सुरुमा एमाले, त्यसपछि कांग्रेस हुँदै फेरि एमालेसँग गरेर तीनवटा सत्ता गठबन्धन तय गर्दै उनले झन्डै साढे १७ महिना सरकारको नेतृत्व गरिसकेका छन्।

गत साता प्रतिनिधिसभाको पहिलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले सत्ता साझेदारीबारे सहमति गरेसँगै उनको सरकार अल्पमतमा परेको छ।एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट आगामी शुक्रवार विश्वासको मत लिन लागेका छन्।

जम्मा ३२ सीट भएको दलको नेतृत्व गरिरहेका उनले सत्ताको नेतृत्व गुमाउने निश्चित देखिँदा भावी सरकार गठन गर्दा संविधानको कुन धारा आकर्षित हुन्छ भन्ने विषयलाई लिएर केही मतभेद देखिएको छ।माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानको धारा ७६(२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसके राष्ट्रपतिले कानुनविद्हरूसँग सल्लाह गरेर निर्णय गर्ने अपेक्षा गरे।

उनी भन्छन्, “संविधानमा ७६(२) को सरकार विफल भएपछि ७६(३) अनुसार सरकार बन्ने छ भनेर लेखेको छ, तर सर्वोच्च अदालतका व्याख्याहरूमा सरकार दिन सक्ने सम्भावना रहेका बेलासम्म संसद् विघटन हुन पाउँदैन भन्ने सैद्धान्तिक मान्यता छ। अहिले संसद् विघटनभन्दा पनि कुन दफा अनुसारको सरकार बनाउने भन्ने अवस्था हो। यदि सरकारले विश्वासको मत पाएन भने, राष्ट्रपतिले कानुनी सल्लाहकारहरूसँग छलफल गरेर के गर्ने भन्ने निर्णय गर्नुहोला।”

प्रधानमन्त्री प्रचण्डसहित माओवादीका कतिपय शीर्ष नेताहरूले कांग्रेसका केही नेताहरूसँग दुई दलबीच बहुमत जुट्ननसक्ने परिस्थितिमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताले सरकारको नेतृत्व गर्ने विषयमा छलफल गरेको विवरण आएका छन्।

खबरहरूमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका संस्थापन इतर नेता शेखर कोइरालासँग छलफल गरेका विवरण आएका छन्।माओवादी नेता देव गुरुङ लोकतन्त्रमा यस्तो अन्तरक्रिया सामान्य भएको भन्दै ‘संविधानले भनेको र सांसदले गरेको निर्णयका आधार’ मा प्रक्रिया अघि बढ्ने बताए।

संविधानको धारा ७६ (३) अनुसारको प्रक्रियामा गए सोझै कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्न पाउने कतिपय माओवादी नेताहरूले औँल्याइरहँदा कांग्रेसका नेताहरूले एमालेसँगको सत्ता साझेदारीबारेको सहमतिबाट आफूहरू पछि नहट्ने जबाफ बालुवाटारलाई दिइसकेको उनीहरू बताउँछन्।

शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको विपक्षमा विश्वासको मत दिने निर्णय गर्दै आलोपालो प्रणाली अन्तर्गत राष्ट्रिय सहमतिको सरकार पहिले एमाले अध्यक्ष ओलीले र दोस्रो पटक कांग्रेस सभापति देउवाले गर्ने गरी भएको सहमति अनुमोदन गरिएको जनाएको थियो।

भावी प्रधानमन्त्री चयन प्रक्रियाबारे कांग्रेस र एमाले नेताहरू के भन्छन्
कांग्रेस नेता मीन विश्वकर्मा संविधान अनुसार ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने सम्भावना नरहेको खण्डमा मात्रै अर्को धारा आकर्षित हुने भन्दै अहिले सो व्यवस्था अनुसार नै सरकार गठन गरिने बताउँछन्।

उनले भने, “एमाले र कांग्रेस मिल्दा दुई वा दुईभन्दा बढी सरकार बन्ने सम्भावना अझै रहेकाले अहिले उपधारा ३ मा जाँदैन उपधारा २ मा नै रहन्छ।”

विश्वकर्माका अनुसार संसद्‌बाट विश्वासको मत प्राप्त नगरेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनेछन्।त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्भावना छ कि छैन भनेर निश्चित समय दिएर प्रतिनिधिसभालाई पत्र पठाउनुपर्ने विश्वकर्मा बताउँछन्।

कांग्रेस र एमाले मिल्दा प्रतिनिधिसभामा १६६ सीट पुग्छ। त्यस्तो पत्र सदनमा पुगे लगत्तै एमाले अध्यक्ष ओली आफूलाई कम्तीमा १६६ सांसदको समर्थन रहेको जिकिर गर्दै सरकारको नेतृत्व दाबी गर्न शीतल निवास पुग्ने नेताहरू बताउँछन्।

सोमवार प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले विश्वासको मत प्राप्त नगरेको खण्डमा संविधानको स्वाभाविक प्रक्रिया अन्तर्गत नै नयाँ सरकार बन्ने बताएका थिए।

उनको भनाइ छ, “तथ्यलाई बङ्ग्याउने प्रयत्न पनि गरिएको छ, यहाँ संसद् र बालुवाटारबाट पनि भ्रम छर्ने प्रयास भइरहेको छ। उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूले सरकार बनाउने प्रावधान छ। प्रधानमन्त्रीले ७६ (२) बमोजिम विश्वासको मत प्राप्त नगरेको खण्डमा उक्त प्रावधान अनुसार सामान्य प्रक्रियाबाटै सरकार बन्छ।”

प्रतिनिधिसभालाई पठाएको पत्रमा प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनुपर्ने व्यवस्थालाई उद्धृत गरेका छन्।सो उपधारामा प्रधानमन्त्रीलाई समर्थन दिने कुनै एक दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

के राष्ट्रपतिसँग ‘निर्णायक अधिकार’ हुन्छ?
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सरकारको खोजी हुँदा संविधानको धारा ७६ को उपधारा ३ मा जाने दृष्टिकोण पनि रहेको भन्दै त्यो राष्ट्रपतिको ‘तजबिज’ भएको बताएका थिए।तर कांग्रेसका नेता मीन विश्वकर्मा त्यस्तो सम्भावना देख्दैनन्।

उनले भने, “जुन कुरा कानुनमा लेखिएको छैन, त्यसमा न्यायाधीश वा सबैभन्दा माथिल्लो निकायले विवेक प्रयोग गर्ने हो। २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बन्ने सम्भावना अहिले छ। कुनै एउटा धारा एक पटक मात्रै प्रयोग हुन्छ भनेर संविधानमा कहीँ पनि लेखिएको छैन। यस्तो हुँदा हुँदै उपधारा ३ मा जाने छुट राष्ट्रपतिलाई पनि छैन।

नेपालको संविधानले कार्यकारिणी अधिकार संविधान र कानुन बमोजिम मन्त्रिपरिषद्‌मा रहने व्यवस्था गरेको छ। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई शपथग्रहण गराउनेछन्।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्ने संविधानमा उल्लेख छ। तर राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालन र संरक्षण गर्नु पर्ने कर्तव्य भएका राष्ट्रपतिले संविधान र कानुनमा किटान भएका बाहेक जुनसुकै काम मन्त्रिपरिषद्को सिफारिसमा गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

कांग्रेस एमाले सहमतिको भविष्य के?
हालसम्म एमाले र कांग्रेसबीच भएको सहमति सार्वजनिक गरिएको छैन तर दुवै दलले त्यसलाई अनुमोदन गरिसकेका छन्।कांग्रेसका नेता विश्वकर्माले माओवादीले जुनसुकै प्रस्ताव राखेपनि अब दुई दल आफूहरूबीच भएको सहमतिबाट पछि नहट्ने बताउँछन्।

उनले भने, “धेरै चुलबुल गरेर उहाँ (प्रचण्ड) डुब्नुभयो। उहाँले नदीसँग खेल्नुभयो, आगोसँग खेल्नुभयो। ज्यादै खेलिसकेपछि दुईटा दल आजित भएर एक ठाउँमा बसे। त्यही भएर अहिलेको एकता मजबुत अवस्थामा छ।”

एमालेले समर्थन फिर्ता लिने सङ्केत दिएपछि प्रधानमन्त्री प्रचण्डले ओलीकै नेतृत्वमा वामपन्थी गठबन्धन कायम रहने गरी सत्तालाई निरन्तरता दिन प्रस्ताव राखेका विवरण आएका थिए।साथसाथै उनले देउवालाई पनि आफ्नो दलको समर्थनमा सरकारको नेतृत्व गर्न सन्देशहरू पठाएका जनाइएको छ।

कांग्रेस नेता विश्वकर्मा थप्छन्, “उहाँले हाम्रा सभापतिलाई तपाईँसँग सम्बन्ध तोड्नु गल्ती भयो। अब उपधारा ३ अनुसारको सरकारको नेतृत्व गर्नुस्, म समर्थन गर्छु पनि भन्नुभयो। यो एमाले र कांग्रेसबीच कतै फाटो ल्याउन सकिन्छ कि भन्ने उहाँको सानो दुष्प्रयास मात्रै हो, त्यो सम्भव छैन।”

बीबीसी

Previous Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post

युक्रेनमा रूसको मिसाइल आक्रमण, कम्तिमा ४१ जनाको मृत्यु, १७० बढी घाइते

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
युक्रेनमा रूसको मिसाइल आक्रमण, कम्तिमा ४१ जनाको मृत्यु, १७० बढी घाइते

युक्रेनमा रूसको मिसाइल आक्रमण, कम्तिमा ४१ जनाको मृत्यु, १७० बढी घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In