• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सको आम निर्वाचनमा बामपन्थी गठबन्धनको अग्रता, मिलीजुली सरकार बन्ने सम्भावना

by
२४ असार २०८१,
0
फ्रान्सको आम निर्वाचनमा बामपन्थी गठबन्धनको अग्रता, मिलीजुली सरकार बन्ने सम्भावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस। फ्रान्सको संसदीय चुनावमा बामपन्थीहरूले अग्रता लिइरहेको प्रारम्भिक मतगणनाले देखाएको छ । सबै अपेक्षाविपरीत पेरिसमा बामपन्थी कार्यकर्ताहरूको ठूलो भीड भेला भई मतगणनाको अन्तिम परिणामको पर्खाइमा रहेको छ ।

प्रारम्भिक अनुमानअनुसार वाम गठबन्धनले १७७ देखि १९८ सिट अग्रता लिएको छ भने राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी गठबन्धन १५२ देखि १६९ सिट र आरएनको १३५ देखि १४५ सिटमा अगाडि छ ।

राजधानीको स्टालिनग्राद स्क्वायरमा वामपन्थी फ्रान्स अनबोड (एलएफआई) पार्टीको भेलामा सहभागी दर्शनशास्त्रकी छात्रा मेरी डेलिलले भन्नुभयो, “म साँच्चै खुसी छु, यहाँ अकल्पनीय ऊर्जा मिलेको छ र मेरो मन चिसो भइरहेको छ ।”

“प्रारम्भिक नतिजा राम्रो भएको महसुस भइरहेको छ तर हामी अझै पनि अन्तिम नतिजाको पर्खाइमा छौं,” उहाँले भन्नुभयो ।

धेरै फ्रान्सेली मतदाताहरूले आप्रवासन विरोधी, यूरोपेली सङ्घप्रति आलोचनात्मक धारणा राख्ने (युरोसेप्टिक) नेशनल ¥याली (आरएन) पार्टीले संसदको सबैभन्दा ठूलो भाग कब्जा गर्ने डर व्यक्त गरेका थिए ।

यातायात क्षेत्रमा काम गर्ने एलएफआईका कार्यकर्ता दलिल डियाबले भन्नुभयो, “हामी राहत महसुस गरिरहेका छौँ । बामपन्थी गठबन्धनको जीत र फ्रान्सको भविष्यको लागि धेरै आशा पलाएको छ ।”

इतिहासका विद्यार्थी ह्युगो चेभ्याली आरएनले प्राप्त गरेको सीटको ठूलो हिस्सालाई सङ्केत गर्दै र आफ्नो उत्साहलाई व्यक्त गर्दै भन्नुभयो, “यो एक जीत हो, तर यो सापेक्ष विजय हो ।”

हामीले निरन्तर सङ्घर्ष जारी राख्नुपर्छ । यो समाप्त भएको छैन । तर यो नतिजाले अलिकति राहत मिलेको छ । केही दिन पहिलेसम्म हामीले यस्तो अपेक्षा गरेका थिएनौँ ।

बामपन्थी न्यू पपुलर फ्रन्टका सयौं समर्थकहरु पनि राजधानीको रिपब्लिक स्क्वायरमा उत्सव मनाउन भेला भएका थिए ।

“हामीले जितेका छौं । यो हाम्रो जीत हो,” भीडका सदस्यहरूले निलो, सेतो र रातो फ्रान्सको झण्डा बोकेर ‘फ्रान्स आप्रबासनबाट विकसित भएको हो’ लेखिएको नारा लगाएका थिए ।

एक सहभागीले बोकेका प्लेकार्डमा बामपन्थीको बहुमतलाई सङ्केत गर्दै लेखिएको थियो, “यो जीत आरएनको होइन, , म्याक्रोँको पनि होइन ।”

गत जुन ९ मा भएको युरोपेली चुनावमा आरएनले आफ्नो मध्यमार्गी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोँले निर्वाचन घोषणा गर्दै राजनीतिक जोखिम मोल्नुभएको थियो ।

तीन पटक राष्ट्रपति पदका उम्मेदवार बनेका मारिन ले पेनले आफ्नो आरएन पार्टीले राष्ट्रिय चुनावमा पूर्ण बहुमत हासिल गर्ने र सरकार समेत बनाउने आशा व्यक्त गर्नुभएको थियो, तर अधिकांश जिल्लामा आरएन विरोधी एक जना मात्र उम्मेदवार भएको सुनिश्चित गर्न वाम र केन्द्र एकसाथ भेला भएपछि त्यो सपना चकनाचुर भयो ।

पेरिसको अर्को एक चोकमा आरएनको लागि वातावरण निराशपूर्ण देखिन्थ्यो । त्यहाँ भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता जोर्डन बर्डेलाले राष्ट्रपतिको पार्टीलाई ‘निर्वाचन प्रणालीलाई’ गलहत्ताएर अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो ।

–आरएन समर्थकको आक्रोस–

समूहमा रहेका ६४ वर्षीया नर्स ओलिभर मोन्डेट यति धेरै मानिसहरूले अति दक्षिणपन्थी समूह (आरएन) को विरुद्धमा मतदान गरेपछि आक्रोस पोख्दै भन्नुभयो, “उनीहरूले फ्रान्सेली जनतालाई पूरानो कुरा लुकाएका छन् तिनीहरूले यो सबै बिर्सिएका छन् ।

त्यसैगरी, ३२ वर्षीया सेसिलिया जेन्नाडले परिणमबाट आफू निराश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसहरूले वर्षौंदेखि आरएनलाई खलनायकको रूपमा प्रस्तुत गर्दै आएका छन् । आगामी दिनमा बामपन्थी ‘अतिवादी’ ले जनताको डरमाथि खेल्नेछ ।” तर अब आफ्नो ध्यान सन् २०२६ मा हुने स्थानीय तहको निर्वाचनको प्रतिक्षामा हुने उहाँले बताउनुभयो । हामी हार मान्ने छैनौँ । निरन्तर देश र राष्ट्रियताको लागि सङ्घर्ष गर्नेछौ ।”

कार्यक्रमका लागि सुट र टाईमा सजिएका युवा पार्टी अनुयायीहरूमध्ये इतिहासका विद्यार्थी नोआ लुडोन पनि यो निर्वाचनमा जे भए पनि नतिजा राम्रो हुनेमा आशावादी देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो, “आरएन एक उच्च गतिको रेल हो । हाम्रा मतदाता बढ्दै गएका छन् । अगामी दिनमा बिजय सुनिश्चित छ ।”

Previous Post

युक्रेनमा विद्युत संकट, जेनेरेटरहरूमा बढी निर्भर हुँदै युक्रेनी जनता

Next Post

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In