• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    इरान र कतारबीच हर्मुजबारे वार्ता

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म

by
२३ असार २०८१,
0
दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उनी भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त छन् ।

श्रीकृष्ण हस्तकला उद्योगको नाउँमा दर्ता भएको त्यही टहरोमा बनेका ससाना ठेकी, रक्सी राखिने कप, कप, कचौरा, थालदेखि करुवासम्मका सामग्रीहरु निर्माण हुने गर्दछन् । ३७ वर्षीय राजेन्द्र विकले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता मात्र दिनु भएको छैन, व्यावसायिक रुपमा दारका सामग्री बनाई राम्रो आम्दानी पनि गरेका छन् ।

जङ्गलमा प्रशस्त पाइने दारको काठबाट बनाइने ठेकी किन्न पहिलेदेखि मानिसहरु दोर्दी पुग्ने गर्दथे । हातले काटेर बनाइएका ठेकी लिएर गाउँघरमा बेच्दै आउनेहरुले शुरुको समयमा अन्नसँग साटेर र पछि नगदमा बिक्री गर्दथे ।

परम्परागत रुपमा निर्माण गरिंदै आएको घरासयी प्रयोजनमा आउने दारका विभिन्न सामग्रीहरुलाई उनले सायानुकूल परिमार्जन गर्दै लैजानु भएको छ । प्रविधिसँगै सामानहरुका आकार प्रकार र बनोट पनि परिस्कृत बन्दै गएका छन् । सानो आकारमा उत्पादन गरिएका ठेकी, रक्सी पिउने कप र करुवा बनाउन राजेन्द्र विकलाई विद्युत्बाट चल्ने मेशिनले सजिलो बनाएको उनले बताए ।

राजेन्द्रका बाबुले ठेकी बनाउँदा छालाको प्रयोग गरी दुईजनाले चलाउने घुर्रा हुन्थ्यो, यसैलाई दुईतिरबाट तानेर घुम्दै गरेको तिखो औजारबाट काठलाई छेडेर ठेकी तयार हुन्थ्यो । उनका दाजुले त्यसलाई अलि परिमार्जन गरी पानीको धाराबाट मदानी घुमाएर काम गर्न थाले । राजेन्द्रले दाजुको पछिपछि लागेर ठेकी बनाउन सिक्नु भएको थियो ।

सुरु्आती समयमा पुख्र्यौली पेसा अँगालेका विकले ठेकी उत्पादन गरेर गाउँगाउँसम्म पु¥याएको उनी स्मरण गर्छन् । ठेकी बेचेर मात्र आफ्नो परिवार पाल्न कठिन भएपछि राजेन्द्र यसैमा अडिन सक्नु भएन । परिवार पाल्नकै लागि विदेश हानिनुभयो तर विदेशमा कमाई चित्तबुझ्दो भएन ।

विदेशमा बस्दा उनले काठबाट विभिन्न किसिमका सामग्री बनाएको भिडियोहरु देखेपछि आफ्नो पुख्र्यौली पेसालाई परिमार्जन गरी व्यावसायिक रुपमा उत्पादन गर्न सकिएमा विदेशभन्दा घरमै राम्रो आम्दानी गर्न सकिने सोच आयो । झण्डै १० वर्षको विदेश बसाईपछि उनले घरमै आएर दारका आधुनिक सामग्री बनाउने उद्योग स्थापना गरे ।

सुरुआती दिनमा दारबाट बनाएका सामान बेच्दै गर्जो टार्ने गरे पनि विस्तारै उनका सामग्रीको माग बढन थालेको छ । उनी भन्छन्, ‘अहिले यसरी घरघरमा पुगेर बेच्नु पर्ने अवस्था छैन । आफ्नो घरमै आएर किनेर लैजान्छन् ।’ जिल्ला बाहिरसमेत दारको सामग्री चिनाउन सकेमा आफ्नो व्यवसायले ठूलै फड्को मार्ने विश्वास राजेन्द्रलाई छ । दोर्दीको वनमा पाइने दारलाई सदुपयोग गर्दे सामान बनाउने हो भने मासिक चार/पाँच लाखसम्मको सामान उत्पादन गर्न सकिने उनले बताए ।

दारको काठबाट निर्माण भएका सामग्रीलाई उपहारको रुपमा दिने क्रम बढेसँगै उनलाई विभिन्न सामग्रीहरुको माग पूरा गर्न भ्याइनभ्याइ भएको हो । शुरुमा दोर्दी गाउँपालिकाले घरेलु सामग्री प्रबद्र्धनको लागि आफ्नै पालिकामा उत्पादन भएका सामग्रीलाई उपहार र मायाँको चिनोको रुपमा प्रयोग गर्न थालेपछि यहाँका दारबाट बनेका सामानहरु विस्तारै प्रख्यात हुन थालेका छन् ।

पालिकाको चिनारी समेत हुने भएपछि गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी आफू जहाँ पुग्यो, तिनै सामान उपहारको लागि लिएर जाने गर्छन् । केही समयअघि आफू चीन भ्रमणमा जाँदा समेत यिनै सामग्री लिएर गएको बताउँदै अध्यक्ष अधिकारीले भने, ‘त्यहाँ नेपाली उत्पादनलाई धेरैले निकै मन पराए ।’

गाउँपालिकामा पनि सबैजसो टेबलमा दारबाट बनेका सामग्री राखिएको छ । त्यहाँ पुग्ने जो कोहीले त्यसबारेमा सोधखोज गर्दछन् । एकाध व्यक्तिबाहेक सबैले खोज्दै आएर वा फोन सम्पर्क गरेर सामग्री मगाउने राजेन्द्र बताउछन् । सामान खोज्दै ग्राहक आफ्नै दैलोमा आईपुग्दा राजेन्द्र हौसिने गर्छन् ।

दारको काठको बारेमा धेरैलाई जानकारी नहुँदा भने व्यवसायमा समस्या रहेको बताउँदै उनी भन्छन्, ‘दारबाट सामान बनाउनको लागि मेहनत र लागत बढी पर्दछ, सोही अनुसार जिल्लाको बजार पुग्दैन, बाहिरी जिल्लामा लैजाँदा मानिसहरुले सामान चिन्न सक्दैनन्, अन्य काठबाट बनेका उस्तै सामान सस्तोमा पाइन्छ, तर सस्तोमा दिन सकिँदैन ।’

Previous Post

५२ ओटा रोग सङक्रामकको सूचीमा

Next Post

अस्ट्रेलियाले भेडा निर्यात गर्न लगायो रोक

सम्बन्धित खबर

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार
आर्थिक

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

१२ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
Load More
Next Post
अस्ट्रेलियाले भेडा निर्यात गर्न लगायो रोक

अस्ट्रेलियाले भेडा निर्यात गर्न लगायो रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In