• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

by
१८ असार २०८१,
0
कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोरङ। कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कूल चार हजार छ सय ६४ किलोमिटर सडक मर्मत, ग्राभेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गर्ने गरेको उक्त मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर आयुष जोशीले जानकारी दिए ।

मन्त्रालयका अनुसार आव २०७५/७६ मा छ सय एक, आव २०७६/७७ मा ६१ दशमलव ५४, आव २०७७/७८ मा ५१ दशमलव १३, आव २०७८/७९ मा एक सय छ दशमलव १६ र आव २०७९/८० मा दुई सय चार दशमलव ११ र आव २०८०/८१ को चैतमसान्तसम्म १६ दशमलव तीन गरी एक हजार ४० दशमलव २४ किलोमिटर सडक मर्मत गरिएको छ।

मन्त्रालयका अनुसार आव २०७५/७६ मा एक सय २८ दशमलव नौ, आव २०७६/७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७/ ७८ मा एक सय ७५ दशमलव ३१, आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९/८० मा दुई सय ५९ दशमलव ३९, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय दुई दशमलव ३६ गरी एक हजार दुई सय ५७ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।

आव २०७५/७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६/७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७/७८ मा एक सय नौ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा एक सय ४१ दशमलव ५५, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय एक दशमलव ४६ गरी जम्मा एक हजार एक सय दुई दशमलव ३८ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ ।

सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६/७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४० दशमलव ६१, आव २०७८/७९ मा ९८ दशमलव ७२, र आव २०७९/८० मा २०६ दशमलव ४८, आव २०८०/८१ को चैतमसान्तसम्म १०३ दशमलव ७१ गरी ५२७ दशमलव ९२ किलोमिटर निर्माण सम्पत्र गरिएको छ ।

सोही अवधिमा ढलान सडकतर्फ १७ दशमलव २८ , सोलिङ्ग सडकतर्फ ४७ दशमलव ८४ किलोमिटर कार्य सम्पत्र गरी ३७२ दशमलव ९३ किलोमिटर सडकको ट्रयाक खुला गरिएको अधिकारी जोशीले जानकारी दिए ।

मन्त्रालयले आव २०७५/७६ मा मोटरेवल पुल १०, आव २०७६/७७ मा १२, आव २०७७/७८ मा आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा १९, आव २०८०/८१ मा छ गरी जम्मा ८० बटा निर्माण सम्पत्रसँगै एक सय ८४ बटा झोलुङ्गले पुल र वहुबर्षीय सडकअन्तर्गत २२ वटा निर्माण सम्पत्र भएको छ ।

प्रदेशको सोलुखुम्बुको खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका र सङ्खुवासभाको भेटखोला गाउँपालिका बाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच पुगेको छ ।

मन्त्रालयले हालसम्म ३३ वटा सरकारी भवन निर्माण, एक सय पाँच वटा सामुदायिक भवन निर्माण, ११ वटा भ्यू टावर, १८ वडा वस पार्क निर्माण, ४६ वटा पार्क निर्माण र ५४ वटा एकीकृत वस्तीे विकासको कामसँग कोशी प्रदेशसभा हल पनि निर्माण गरेको छ ।

जनता आवास कार्यक्रमवाट आर्थिक रुपले विपत्र तथा लोमोन्मुख समुदायका पाँच हजार नौ सय १० परिवारको आवास निर्माण सम्पत्र भएको छ ।

मन्त्रालयले प्रदेशतर्फबाट बहुवर्षीय सडकपुल निर्माणका लागि आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को चैतमसान्तसम्मा दुधकोशी नदी पुल चुहार उदयपुर र भोजपुर सीमा, तामोर नदी पुल, तेह्रथुम र पाँचथरको प्रगति अवस्थामा क्रमशः १२ र २२ दशमलव ६२ प्रतिशत प्रगति भएको छ ।

सोलुखुम्वु जिल्लामा दुधकोशी नदी पुल, वातिम जुजवादेको सोही अवधिमा प्रगति ४५ प्रतिशत प्रगति भएको छ भने ताप्लेजुङ्गको तमोर नदी पुल लिग्खिम खिजेनिम सम्पत्र भएको छ।

सुनसरीमा देवीगाउँ सिरान लेदुवा मोटरपुल धरान–५ को प्रगति ६० प्रतिशत रहेको छ भने सुनसरीको दत्तकिच्चा खोला पुल रामधुन–९को प्रगति ९५ प्रतिशतले भएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका १ मा पर्ने गौतमपुर जाने बाटोमा महिमा खोला पुलको ९० प्रतिशत र मोरङको विराटनरस्थित परोपकारघाटस्थित सिङ्घिया खोलामा निर्माण गरिएको पक्की पुलको ५१ प्रतिशत प्रगति भएको छ । सिङ्घिया खोला देखि मोरङको विराट चोकसम्म जाने जीर्णबाटोलाई गौरवको योजनामा राखि चार लेनको बाटो लगभग पूरा हुने अवस्थामा छ । प्रदेश सरकारको यो पहिलो गौरबको योजना हो ।

मोरङ खदम खोलाको पुल ३९ प्रतिशत र मोरङको सुन्दर हरैँचामा मदा खोलाको पक्कि पुलको ४८ प्रतिशत प्रगति भएको छ । तेह्रमथुम जिल्लाको पीङ्गगुवा खोलामा निर्माणाधीन माटेरेवल पुल ४० प्रतिशत,संखुवासभाको रातमाटे फेदी पिलुवा खोला सडक पुलको २० प्रतिशत, सोही जिल्लाको तुम्लिङटार एयरपोर्ट– होक्से पाँचखपन जोड्ने सभाखोलामा सडक पुलको ७५ प्रतिशत, सोही जिल्लाको भोटे खोला सडक पुल सभापोखर–को ८० प्रतिशत प्रगति भएको छ ।

यस्तै भोजपुरको याकुवाखेलाको मोटरेवल पुल ९५ प्रतिशत,सोही जिल्लाको तामुटार मोटरेवल पुल ६५ प्रतिशत,सोही जिल्लाको एखुवाखोला सडक पुलको ५० प्रतिशत,भोजपुरको षडानन्द नगरपालिका –९ श्यामखोला पक्की पुलको ८० प्रतिशत,चिर्खुवा खोला भोजपुरको छिन्ताङ षडानन्द नपा ५ र १ जोड्ने सडक पुलको ३० प्रतिशत, टयाम्के मैयु कोट गोगने लेखर्क साउटे खोला सडक पुल भोजपुरको ८०, लेगुवा खोला धनकुटाको मोटरेवल पुल ८० प्रतिशत प्रगति भएको छ ।

यसैगरी उदयपुर जिल्ला मदनभण्डारी राजमार्गदेखि तोरीबारी जोड्ने त्रियुगा खेलाको सडकपुल ७५ प्रतिशत र खोटाङको कात्तिके रतन्छा मखुवा खोला पक्की पुल ८० प्रतिशत प्रगति भएको छ ।

ओखलढुङ्गगा अन्तर्गतको पिखु खोला पुल ७५ प्रतिशत,पोकली खोला सडक पुल ४० प्रतिशत,पुत्तिम खोला पुल ५६ प्रतिशत, सिस्ने खा्ला मोटरेवल पुल ५० प्रतिशत , सोलखुम्वु जिल्लाको खहरेखोला सडकपुल ६४ प्रतिशत प्रगति भएको मन्त्रालयले उपलव्ध गराएको तथ्याङकमा उल्लेख गरिएको छ ।

मन्त्रालयले बहुबर्षीय सडकहरु अन्तर्गत विभित्र जिल्लामा निर्माण सुरु गरेको छ । बहुवर्षिय सडकअन्तर्गत मोरङमा केशलिया करिडोर–दुहवी– विराटनगर,– रानी ,सोलुखुम्वुमा फाप्लु रिङमु– तान्सिन्दु–नुनथाला हुँदै खुम्वु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक कालोपत्र समेत,सुनसरीको राधाकृष्ण मन्दिर–बुद्धदेव मण्डल–सिद्धार्थ प्रावि –रामधुनी सडकको कालोपत्रे, पाँचथरमा फिदिम फलोट सडक कालोपत्र समेत, भोजपुरमा दुधकोशी गोरेटो सडकको कालोपत्रे ओखलढुङ्गामा रामपुर–भूसीडगा सडकको कालोपत्रे सडकहरु निर्माण सुरु गरिएको छ ।

झापाको भद्रपुर,फडानिपुल–इट्टाभट्टा, बौध मोड–सलकपुर–इलाम सडक, अमरपथ सडक कन्काई नं ३ सुरुङ्गादेखि भारतीय सीमासम्म, गौरादह स्कूल–चौन–गौरिया सडक छन् । अन्य सडकमा इलाममा फिक्कल जोगमाई, रक्से ग्रागे भन्ज्याङ–जीतपुर–बेलासे–सोत्तिम सडक, देउराली फलाटे–राँके गैडे सडक प्याकेज एक र प्याकेज २, इलाम बजार– सन्दुपुर पर्यटकीय सडक प्याकेज–१ छन् ।

झापा जिल्ला अन्तर्गत मेची राजमार्ग–बाहुनडाँगी–उत्तर सितागढी–बालुवाडी हल्दीवारी विर्तामोड सडक, सहिद मेम मगरमार्ग हल्दीवारी, भद्रपुर ज्यामिरगढी धुलावारी –गुज्रा वस्ती मागुर्माडी शान्तिनगर हुँदै इरौटार (धुलावारी इरौटार खण्ड), कन्काई नगरपालिका –८ लक्ष्मीपुर चोकवाट घाघ्रा खोला सीमाना गोकुलमार्ग–हुलाकीमार्ग लक्डीगढी हुँदै सितल चोक विरिङ पुलसम्मको सडक, शनिश्चरे–खुदुनावारी सडकका लागि बजेट विनियोजन भएको छ ।

झापा जिल्ला अन्तर्गतका अन्य सडकमा धरमपुर–९ राना मिल इन्द्रेणी चोक कुन्जवारी सडक, सहिद राममार्ग (हर्कलाल मार्ग), मोरङ जिल्लामा घिनाघाट (पुष्पलाल चोक) विराट चोकसम्म, ववियाविर्ता–रञ्जनी–काजिमानचोक–फर्सदंगी–दोभानघाट–गान्धी आश्रम–दोवरिया थान–सुनवर्सी सडक, राम लक्ष्मणमार्ग विराट नगर–१८ जहदा बोर्डरसम्म, कटहरी गााउँपालिका –५ रिङरोड पश्चिम– खोरिया– महेशपुर, कृषि बजारसम्म, पथरी जाने–ज्यामिरे सडक, विराटनगर ५, ६, ११, १२ हुदै जोगबनी सीमा जोडने सडकका लागि पनि सरकारले बजेटको व्यवस्था गरेको छ ।

मोरङका अन्य सडकमा मोतिपुर–शुक्रबारे हटिया– गिदनिया खोलासम्म, बुढीगङ्गा –१ पुष्पलाल चोक–नवज्योति मार्ग खद्रा टोल पूर्व नगर– मनमोहन पोलिटेक्नीकसम्म, डम्रभिट्टा–उल्लुभु–सुवेदी चोक–कटनु–झुनावारी सडक, किसान चोक –टाँडी–आइतवारे– रवि सडक, मोरङका अन्य सडकहरुमा दर्वेशादेखि धनपाल–५ फुटानी चोक–गढीभट्टासम्म मोटरवाटो (धनपाल गाउँपालिका ५ र ६, जीपी मार्ग)झपरतल्ला, वरडङ्गा बोर्डरदेखि हुलाकी मार्गसम्म, भाउन्ने –आमतोला सडक, लेटाङ–६ नं बुधवारे सडक निर्माण गर्न बजेटको व्यवस्था भएको छ ।

आमनागरिकलाई प्रदेश सरकारको अनुभूति दिलाउन सरकारले सुनसरी जिल्लामा शिवचोक–भारतीय सीमा वीरपुर सडक निर्माण कोशी गाउँपालिका वडा नं ४, इटहरी–५ मितेरीपुलदेखि मदनमार्ग, धरान १५ निरज बस्ती हुँदै हर्दिया पेलपुर डाँडे कन्यापोखरी सडक, धरान –१, ५ र ४, इनरुवा नगरपालिका ५ र ६ हुँदै रामधुनी नगरपालिका १ सैनिकमैत्री सडकका लागि पनि बजेट विनियोजन भएको छ ।

सुनसरीमा निर्माणका लागि बजेट छुट्याएका अन्य सडकहरुमा इटहरी उपमहानगरपालिका –१४ ढोकापुल, शुक्रबारे हाट हुँदै गढी गाउँपालिका –१ धनपुरी, दुहवी इनरुवा सडक, महेन्द्रनगर वाँगेवाट हल्दिया कालाबन्जर तिनकुने भलुवा चौरी हुँदै धरान जाने सडक, बर्जु–४ छरहदीदेखि– ५ हुँदै ६ इलाका प्रहरी कार्यालय गढी गाउँपालिका इटहरी,देवानगंज देवनारायण मेहताको घर हुँदै ७ नं इट्टा भट्टा, वसन्तपुर नहरदेखि भुटाहा बजार सडकका लागि सरकारले प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ ।

भोजपुर जिल्लामा भोजपुर टक्सार–भानेभन्जाङ्ग, वैकुटे– वासिखोरा –वलंखा–रानीटारी सडक प्याकज १, सोहीको प्याकेज २, षडानन्द –१२ युर्के पुल झ्यौपोखरी–सान्गपाँग– फदिदोबाटो सडक, भोजपुर–दिंगला सडक (भोजपुर तीनतले खण्ड), भोजपुर दिंगला सडक (तेलतले दिंगला खण्ड) एवं धनकुटा जिल्लामा गुटीटार–बाघखोर–छिदी सडक कालोपत्र, धनकुटा नगरपालिका बिहीबारे हटियाा–कर्मिटार–बन्चरे–तान्खुवा–तेलिया–परेवादिन–शुक्रबारे तेह्रथुम सडक, हिले उत्तरपानी छिन्तांग–अखुवा–त्रिवेण्ी सडकका लागि पनि बजेट व्यवस्था भएको छ ।

उदयपुरमा अमिनीखर्क–हडिया–ज्यामिरे–सातघारे–बेल्टार–साउने–धाप्लांग सडक, देउरी श्रीपुर दमौली बुर्जाकान्ला–लालपत्ता–पात्ले धनचके सडक, मैनामैनी– हसनपुर– चुहार सडक उदयपुर भोजपुर, दिपुटोल उत्तर भोट खोला पानी टङ्कीखाट मन्दिर झोरा बागल टोल देउरी श्रीपुर पानी टङ्की पुष्प वाटिका लाइन टोल हुँदै राष्ट्रिय मावि राई टोल बगाहा चोक सडक, त्रियुगा नगरपालिका ८, ९ ,६, ५ र ४ उदयपुर (बहुबर्षिय सडक) जस्तै खोटाङ्ग जिल्लामा दिक्तेल–साप्सु खोला–मात्तिम–मानेभन्ज्यांग–पाँचधारे सडक, उदयपुर– गाईघाट– रसुवाघाट–पाँच पान्धारे सडक, खोटाङ ( वहुवपर्षिय) योजनामा रकमको व्यवस्था सरकारले गरेको छ ।

पाँचथर जिल्ला अन्तर्गत सरखण्डे – यासोक सडक,शिव दोभान, लुम्फावजुङ– नवमीडांडा ,सप्तमी– दशमी ओखरबोटे मौवा आंग्ना– लखुवादोभान सडक निर्माण, पाँचथर (बहुवर्षीय),वरडांडा, – साव्लाखु– लिम्वुदीन– मेहेले– सुरुमखिम– कंचनजंघा सडक पाँचथर र ताप्लेजुङ (वहुवर्षिय सडक), तृतीया–थाङ्गनापा– खुलाशङ्गटार– मगर चेम्पा– डाँडा गाउँ आँसु भन्जाङ्ग पापुडेन मछेवुङ थोक लिम्वा फालेलुङ गाउँपालिका जाने सडक, र फिदिम– शिवालय नाइलपा– फजाङ्ग– छिन्तापु सडक स्त्तरोत्रतिका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

यस्तै ताप्लेजुङ्ग जिल्लामा गुफाभुज –देउराली–गोरजा–चाँगे–दोभान सडक,फुङलिग नगरपापालिका–नाइखोल्यंग–कामी डाँडा– चेचम्वु–चाक्सीबोटे– थुम्बेदीन– हेलुम्वा – खाम्देम्वे–तेल्लोक– ममंखे– याम्फुदे– कंचनजंगा बेस क्याम्प सडक जस्तै सोलुखुम्व जिल्लामा नेलेचारघरे– मुक्ली– थलुंगु– दुधकोशी सडक सोलुखुम्वु (वहुवर्षिय सडक) ,तामाखानी साृलुदुधकुण्ड नगरपालिका –५ सल्लेरी– जस्मानेभन्ज्याङ– गुम्वा गोलु लिखुपिके– काफ्लेचौर– भण्डार र नेले– खुम्से– कागेलटार– वाचिम– जभुे– खनिया खर्क– येसेलुखर्क जोडने सडकका लागि पनि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ ।

ओखलढुंगा जिल्लामा मानेभन्ज्याङ– माधवपुर– ठाडखोला– सिस्नेरी– बलखु– सिन्धुली खान्गसाइग सडक कालोपत्र गर्ने कार्य, निर्वाचन क्षेत्र नं १ रिङरोड (रुम्जाटार– जन्तरखानी– रावादलु– खिजिफलाटे– हर्कपुर– रातमाटेमाभ्खा) सडक बाटोलाई निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

Previous Post

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

Next Post

पोखरा महानगरपालिकामा अख्तियारले हान्यो छापा

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
पोखरा महानगरपालिकामा अख्तियारले हान्यो छापा

पोखरा महानगरपालिकामा अख्तियारले हान्यो छापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In