• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एक खर्ब ११ अर्बको सुन तस्करी, अधिकांश सुन त्रिभुवन विमानस्थलबाटै भित्रियो

by
१७ असार २०८१,
0
सुनसहित विमानस्थलबाट चार जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६०.७१६ केजी सुन तस्करीसँग सम्बद्ध गिरोहले ९६ अर्ब रुपैयाँ भुक्तानी गरेको भौचर नै फेला परेको छ । उनीहरूले उक्त रकम ‘पे–वेल’ र ‘सजिलो–पे’को ‘गेट–वे’मार्फत भुक्तानी गरेका थिए ।

अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार पे–वेलबाट ८७ अर्ब १७ करोड र ‘सजिलो–पे’बाट ३६ अर्ब ९४ करोड रुपैयाँ गरी एक खर्ब २४ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको छ । उक्त रकममध्ये ९० प्रतिशत तस्करीको सुनका लागि भएकाले दुई ‘गेट–वे’मार्फत तस्करीको सुनका लागि मात्रै एक खर्ब ११ अर्ब ६९ करोड भुक्तानी भएको सिआइबीको निष्कर्ष छ । भुक्तानी लिने सबै चिनियाँ नागरिक र उनीहरू आबद्ध कम्पनी छन् ।

‘तस्करले सुनको मूल्य भुक्तानी गर्न पे–वेल र सजिलो–पे प्रयोग गरेको देखिन्छ । वर्ष दिनमा पे–वेलबाट ८७ अर्ब १७ करोड र ‘सजिलो–पे’बाट ३६ अर्ब ९४ करोड रुपैयाँ गरी एक खर्ब २४ अर्बको भुक्तानी भएको देखिन्छ । त्यसको ९० प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ६९ तस्करीको सुनका लागि भुक्तानी भएको अनुसन्धानले देखाएको छ । जसमध्ये ९६ अर्बको त भौचर नै फेला परेको छ,’ सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले भने ।

भुक्तानी भएकोमध्ये ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार दुई सय ७२ रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर भई आएको सुनको हो । सिआइबीका अनुसार विमानस्थलस्थित भन्सार कार्यालयबाट मात्रै वर्ष दिनमा ३१९४.६६८ केजी सुन तस्करी भई आएको थियो । उक्त सुन तस्करीमा प्रयोग भएको झन्डै तीन ट्रक इलेक्ट्रोनिक्सका विभिन्न डिभाइस प्रहरीले बरामद गरेको छ । विशेष गरी स्मार्ट वाच, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका इलेक्ट्रोनिक डिभाइसभित्र लुकाई उक्त सुन ल्याएका थिए ।

सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले इलेक्ट्रोनिक डिभाइसभित्र लुकाएर ल्याइएको सबै सुन विमानस्थलस्थित भन्सार कार्यालयबाट पास भएर आएको हो । उनले भने, ‘६० केजी सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धानमा प्रहरी छ । यस क्रममा सुन ल्याउन तस्करले प्रयोग गरेका विभिन्न इलेक्ट्रोनिक डिभाइस बरामद भएका छन् । उक्त डिभाइसभित्र लुकाएर मात्रै तस्करले ३१९४.६६८ किलो सुन तस्करी गरेको खुलेको छ । बरामद भएका यी सबै विमानस्थलस्थित भन्सार कार्यालयबाट छिरेका हुन् ।’

सिआइबीले अनुसन्धानका क्रममा हालसम्म २० अभियुक्त पक्राउ गरेको छ । उनीहरूकै सूचनाका आधारमा तस्करीका लागि प्रयोग गरिएका स्मार्ट वाच, मोबाइल, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका विभिन्न इलेक्ट्रोनिक डिभाइस बरामद गरेको छ । बरामदमध्ये सबैभन्दा धेरै परिमाण स्मार्ट वाचको छ । तस्करले प्रयोग गरेको उक्त सामग्री परीक्षणका लागि सिआइबीले त्रिभुवन विश्वविद्यालयस्थित भौतिक शास्त्र विभाग र विद्युतीय प्राविधिक समाजमा लगेको थियो । विभाग र समाजले गरेको प्राविधिक परीक्षणपछि उक्त डिभाइसमा लुकाएर ३१९४.६६८ किलो सुन तस्करी भएको पुष्टि भएको थियो । विमानस्थलबाहेकका सीमाबाट भएको सुन तस्करी भने यसमा जोडिएको छैन ।

तस्करीका मुख्य नाइके चिनियाँ नागरिक हुन् । उनीहरूले सुन तस्करी गर्नकै लागि नेपाली नागरिकको नाममा दर्जनभन्दा धेरै कम्पनी खडा गरेका छन् । सोही कम्पनीको नाममा उनीहरूले स्मार्ट वाच, मोबाइल, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका विभिन्न इलेक्ट्रोनिक डिभाइस विमानस्थल हुँदै नेपाल भिœयाउँथे । काठमाडौंमा गोप्य रूपमा खोलिएको सेफ हाउसमा जम्मा गर्थे । डिभाइसबाट सुन निकाल्थे । अत्याधुनिक मेसिन प्रयोग गरी गाल्थे, आवश्यक आकारमा ढाल्थे र तस्करी गर्थे ।

प्रहरीले सुन गाल्ने मेसिन, जोख्ने तराजुसमेत बरामद गरेको छ । उक्त सुन भारतीय बजारको अलावा नेपाली बजारमा समेत बिक्री हुने गरेको अनुसन्धानबाट खुलेको छ । धन्दामा चिनियाँ नागरिकका अलावा भारतीय नागरिक पनि संलग्न रहेको खुलेको छ । विशेष गरी अनमोल कटप्पा, बम्बइया, रकेश सिंह, सन्दीप, विस्लेरिवाला, पिन्टुलगायतका भारतीय नागरिक संलग्न छन् । उनीहरूमध्ये केहीको पहिचान खुलेको, केही पक्राउ परेको र केही अझै फरार रहेको प्रहरीको भनाइ छ ।

सिआइबीले सुन तस्करीमा संलग्न बैजनाथ महादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजवलकार, सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, दिनेश भनिने धीरज दिनेश बैटे, राजु खत्री, कान्छा लामा, प्रज्ज्वल आचार्य, सुरजशम्शेर जबरा, भीमप्रसाद तिमिल्सिना, सुशील जाकिबन्जार, कश्यप मानन्धर, लालबहादुर कुँवर, अरुणकुमार यादव, मनोजराज श्रेष्ठ र रूपक भण्डारी, कुङ्गा टासी शेर्पा भनिने गेङ्गा सासी, सेरब ग्याल्मालगायतलाई पक्राउ गरिसकेको छ ।

उनीहरूविरुद्ध सोमबार(आज) अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा पेस गरिने सिआइबी प्रवक्ता  एसपी बोगटीले बताए । उनले भने, ‘सिआइबी सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धानमा छ ।अनुसन्धान करिब–करिब पूरा भएको छ । प्रतिवेदन आजै(सोमबार) सरकारी वकिलको कार्यालयमा पेस हुनेछ ।

२० जना पक्राउ परेका छन्, बाँकी अभियुक्त फरार छन् ।’ गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘बे्रक सु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो । उक्त सुन तस्करीको अनुसन्धान पछि सिआइबीले गरेको थियो । २९ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दा अहिले पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

सिआइबीका अनुसार हङकङबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक वाङ डाओजिन हुन् । सिचुवान प्रान्तका उनी कारोबारका लागि पटक–पटक नेपाल आउने/जाने गर्थे । ६०.७१६ किलो सुन बरामद हुनु केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । कारोबारका लागि उनी हङकङ बस्ने गर्छन् । उनको कारोबारमा जेनपेङ योङ्छिन, झोङ जिङ्गछुन,  लिन र लीसहित अन्य तीनजना साझेदार छन् । उनीहरू पनि हङकङमै बस्छन् । याो समाचार नयाँपत्रिका दैनिकमा छ ।

Previous Post

मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीको भनाइ

Next Post

सुनको मुल्यमा सामान्य वृद्धि

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

सुनको मुल्यमा सामान्य वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In