• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

by
११ असार २०८१,
0
तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुङ्गालाई नदी वारपार गराई प्रथम हुन सफल भएका हुन् ।

यसैगरी तीन मिनेट १२ सेकेण्डमा ओखलढुङ्गाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेण्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । ‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेण्डमा रामेछाप राताटारको समूह द्वितीय , दुई मिनेट ५१ सेकेण्डमा ओखलढुङ्गाले तृतीय र सुनसरी ‘ए’ ले दुई मिनेट ५३ सेकेण्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेको थियो ।

उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधामा दुईजना र ‘डबल’ विधामा चारजनाको समूह रहेका थिए । प्रतियोगितामा रामेछाप सिन्धुली, दोलखा, सुनसरी र ओखलढुङ्गा जिल्लाका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा पाँच जिल्लाका डबल विधातर्फ २९ समूह र सिङ्गल विधातर्फ २६ समूहको सहभागिता रहेको कार्यक्रम संयोजक नवराज माझीले जानकारी दिए । विजयी प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त खेलअन्तर्गत खेलाडीले प्रतिस्पर्धाका आधारमा डुङ्गालाई सेलेघाटस्थित तीन नदीको सङ्गम त्रिवेणीको वारि किनारबाट पारि पुर्याई पुनः वारी नै ल्याउनुपर्ने प्रावधान रहेको थियो । माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुङ्गा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतियोगिताको शुभारम्भ बागमती प्रदेशका खेलकुदमन्त्री रमा आलेले गरेकी थिइन् ।

Previous Post

पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह

Next Post

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

सम्बन्धित खबर

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
Load More
Next Post
वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In