काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ । केहीबेरअघि सिंहदरबारस्थि प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायकी वरिष्ठतम् सचिव लिला गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन् । सोमवार बसेको क्याबिनेट बैठकमा उनी मुख्य सचिव बस्ने स्थानमा बसेकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायरसँगै उनी स्वतः निलम्बित भएका छन् । अर्याल स्वतः निलम्बनमा परेपछि गड्तौलाले निमित्त मुख्य सचिवको भूमिका निर्वाह गरेकी हुन् । मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।













