• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल बनेन

by
९ असार २०८१,
0
राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल बनेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिमकोट (हुम्ला)। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन ।

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो ।

पुलको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षदेखि निर्माण गर्न नसक्दा सिमकोटलाई सडक सञ्चालसँग जोडिएको छैन भने उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन र स्थानीयलाई सास्ती हुँदै आएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एकमात्र जिल्ला हुम्ला हो ।

हिउँदयाममा पानी कम हुँदा कर्णाली नदी पार गरेर ट्रयाक्टर, स्काभेटर, डोजर, बोलेरोलगायत सवारी जोखिम मोलेर वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ ।

दोजाम कर्णाली नदीमाथि पुल नबन्दा सडकसँग अझै जोडिन नसकेको स्थानीय पूर्ण भण्डारीले बताए । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नलाई सम्बन्धित निकाय र ठेकेदार कम्पनीले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । पक्की पुल निर्माण सुरु भएको एक वर्ष हुँदा पनि निर्माण कम्पनीले ढिला गरेकाले सडकसँग जोडिन नसकेको उनले उल्लेख गरे ।

पुल नबनेपछि खोला तार्दै स्थानीय

कर्णाली करिडोरअन्तर्गत सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुदोभानमा पुल नबन्दा यस क्षेत्रका नागरिकले सामान खोला तार्ने काम गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

खार्पुनाथ–५ मा पर्ने खार्पु र दोभान कर्णाली नदीमा बेलिब्रिज निर्माण नहुँदा करिडोरको बाटो भएर ढुवानी भएका सामान यहाँ रहेको झोलुङे्ग पुल तार्ने काम गरी यस क्षेत्रका नागरिकले मनग्य आम्दानी गर्दै आएका हुन् ।

सुर्खेत, नेपालगञ्जबाट मालवाहक ट्रकले झोलुङ्गे पुल खार्पुदोभान पारिपट्टिसम्म विभिन्न विकास निर्माण, दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्छ । सवारी गुड्ने पक्की बेलिब्रिज नबन्दा छिप्रा, माजा, नल्ला, याङ्चु, खर्पेलगाउँलगायत आसपासका महिलाले पुलबाट ढुवानी गर्ने काम गरिरहेका छन् ।

पारिबाट ल्याइएका सामान ढुवानी गरेबापत एकजना महिलाले दैनिक एक हजार पाँच सयसम्म कमाउने गरेको खार्पुनाथ–४ छिप्रागाउँका महिला बताउँछन् । उनीहरु बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म भारी बोक्ने काम गर्दछन् ।

दैनिक एक हजार पाँच सयसम्म कमाई हुँदा घर खर्च सहजै निस्कने गरेको बाँचु दमाईंले बताए । उनले भने, “घरमा नुन, तेल, बेसार, साबुनदेखि लिएर बालबालिकाको कापीकलम किन्नसमेत आजकल सहज भएको छ ।” आफूमात्रै नभएर गाउँका अरू महिला पनि काममा खटिएर राम्रो आम्दानी गर्ने गरेका उनले बताए ।

यो वर्ष पानी नपरेर खडेरी पर्दा यस क्षेत्रका किसानलाई के खाने भन्ने चिन्ता भएका बेला भारी बोक्ने काम पनि रोजगारीजस्तै भएको बाँचुले बताए । “हिउँदमा हिउँ नपर्दा जेठासी बाली राम्रो भएन, उवाँ, गहुँ र जौ खेतमै सुके, असारमा पानी पर्ने समय पानी नपर्दा थप समस्या निम्तिएको छ”, उनले भने ।

खडेरीको चिन्तामा किसान

तीन वर्षयतादेखि जिल्लामा हिउँदमा हिमपात नहुँदा र वर्षामा पानी नपर्दा समस्या बनाएको खापुनाथ–५ ताक्लाका ६२ वर्षीय कन्न कामीले बताए । बर्सेनि हिउँदमा हिउँ नपर्दा, वर्षामा पानी नपर्दा खेतीपातीको भरमा जीविकोर्पाजन गर्दै आएका किसानलाई हातमुख जोड्न समस्या हुने गरेको उनको गुनासो छ ।

कामीले भने, “जेठासी बाली छरेका खेतमा पानी नपर्दा खेत सुकेका छन् । अब कात्तिके बाली कसरी लगाउने भनेर चिन्ताले छोएको छ । सिँचाइ गरुँ भने खेत नजिक भएका तीन पानीका मुहानमध्ये एक मुहानबाट पानी आउँछ अरू मुहान सुकेका छन् ।” असारमा पानी नपरे समस्या हुने उनको गुनासो छ । साउन पानी पर्दा बाढी पहिरो गएर झन् क्षति बनाएर अर्को समस्या हुने उनको भनाइ छ ।

Previous Post

संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्यमा जोड

Next Post

यो साता एसईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

सम्बन्धित खबर

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

१८ चैत्र २०८२,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आर्थिक

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

१८ चैत्र २०८२,
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
Load More
Next Post
यो साता एसईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

यो साता एसईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In