• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण, पर्यटनको लागि अर्को गन्तव्य

by
९ असार २०८१,
0
बन्दीपुरको चुनपहरामा चट्टान आरोहण, पर्यटनको लागि अर्को गन्तव्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रूपमा विकास हुँदै गएको छ । पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ ।

प्रमाणित पर्वतीय पथप्रदर्शक उत्पादनका लागि चुनपहरा चट्टान राष्ट्रियस्तरको ‘सर्टिफाइड कम्पोनेन्ट–२’ अन्तर्गतको तालिममा सहभागीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए । उनका अनुसार चरणबद्ध रूपमा दिइने तालिममध्ये चट्टान आरोहणको पथप्रदर्शक (गाइड) बन्न उक्त तालिम प्रमाणित गरिएको छ ।

शेर्पाले भने, ‘शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि ‘आइस क्लाइम्बिङ’ गराएर मात्रै तालिम प्राप्त पथप्रदर्शक बनेको भनेर प्रमाणपत्र दिने गरिन्छ ।’ पन्ध्र प्रशिक्षार्थीलाई चट्टान आरोहण तालिम दिइरहेको उनले जानकारी दिए ।

गाइडले मौसमको आभास गर्नुपर्ने भएकाले सिद्धगुफाको चट्टान उपयुक्त रहेको प्रशिक्षक शेर्पाले बताए । उनले भने, ‘दक्ष गाइड उत्पादनका लागि उनीहरूले मौसमको अनुभव गर्नुपर्ने हुन्छ । कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम प्रदान गर्दा विमलनगरको मौसमका साथै ठाउँ पनि उपयुक्त छ । यसले गर्दा प्रशिक्षणका लागि यहाँ ल्याउने गरेका छौँ ।’

विदेशबाट नेपालका हिमाल आरोहणका लागि आउने गरेका पर्यटकका लागि सहज रूपमा सुरक्षित पथप्रदर्शन गर्न सक्ने गरी कम्पनीले गाइड उत्पादन गरिरहेको शेर्पाले बताए । उनका अनुसार माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षणका साथै आइस क्लाइम्बिङ (पहिलो चरण)को तालिम प्रदान गरिसकिएको छ ।

चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रूपमा २० दिनको प्रयोगात्मक परीक्षण सकिएपछि दक्ष गाइडको प्रमाणपत्र प्रदान गरिने जनाउँदै प्रमाणपत्र प्राप्त गरेकाले गाइडका रूपमा काम गर्न सक्ने शेर्पाको भनाइ छ । मौसम, जोखिम अनुसारको सुरक्षित गाइड गर्न सक्ने गरी पर्वतीय गाइड उत्पादन हुने गर्दछ ।

काभ्रेपलाञ्चोककी लक्ष्मी तामाङ ‘कम्पोनेन्ट–२’ अन्तरगत ‘एस्पेरेन्ट गाइड’को तालिम लिइरहेको बताइन् । देशैभरमा दक्ष तथा अनुभवी महिला गाइड सङ्ख्यात्मक रूपमा कम रहेकाले आफूले उक्त तालिम लिएको उनीको भनाइ छ ।

तामाङले भनिन्, ‘यहाँको चट्टान आरोहण गर्दा अझै सहज हुने अपेक्षा गरेको छु । तालिमका लागि यहाँको चट्टान आरोहण उपयुक्त र सजिलो छ । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न सकिने अपेक्षा छ ।’

पृथ्वी राजमार्गसँगै जोडिएको यो ठाउँमा विदेशी तथा स्वदेशी साहसिक खेलाडी समयसमयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । हालसम्म कम्पनीले करिब एक सय भन्दबढी दक्ष तथा अनुभवी गाइड उत्पादन गरिसकेको जनाएको छ । साहसिक खेलको प्रशिक्षणको केन्द्र बन्दै गएको विमलनगर चुनपहरा रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले बताए । साहसिक खेलका रूपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै आयआर्जनसँग जोड्न लागिपरेको उनको भनाइ छ ।

वि.सं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रूपमा यहाँ सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढाउँदै गएका संस्थापक अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार पथप्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाका रूपमा प्रशिक्षण लिन विमलनगर आउने गर्दछन् ।

‘केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । विमलनगरमा चट्टान आरोहणको गतिविधि बिस्तारै बाक्लो बन्दै गएको छ । यसले विमलनगरको साहसिक पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुगेको छ’, अध्यक्ष श्रेष्ठले भने । यसको प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आयआर्जनसँग जोड्न तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए

Previous Post

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा पर्यटकको घुइँचो

Next Post

सामान्य ज्ञानः पढौँ र जानौँ

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
सामान्य ज्ञानः पढौँ र जानौँ

सामान्य ज्ञानः पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In