• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायतको सबैभन्दा धनी परिवारको तस्करी मुद्दामा स्विस फैसला आउँदै

by
८ असार २०८१,
0
बेलायतको सबैभन्दा धनी परिवारको तस्करी मुद्दामा स्विस फैसला आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभामा आफ्नो बङ्गलामा मानव तस्करी र कर्मचारीहरूको शोषण गरेको आरोपमा बेलायतका सबैभन्दा धनी परिवारका चार सदस्यको भाग्यको फैसला स्विस अदालतमा हुने भएको छ ।

अभियोजकहरूका अनुसार हिन्दुजाहरूले आफ्ना सेवकहरूको तुलनामा आफ्ना कुकरमाथि धेरै पैसा खर्च गरेका छन् । हिन्दुजाहरूको सम्पत्ति सन्डे टाइम्सले ३७ अर्ब पाउन्ड (४७ अर्ब डलर) रहेको अनुमान गरेको छ ।

यो आरोप आफ्नो जन्मभूमि भारतबाट सेवकहरू आयात गर्ने परिवारको अभ्यासबाट आएको हो । फैसला स्थानीय समयानुसार दिउँसो ४ बजे आउने अपेक्षा गरिएको छ ।

प्रकाश र कमल हिन्दुजा, उहाँहरूका छोरा अजय र उहाँकी श्रीमती नम्रतामाथि स्विट्जरल्यान्ड गएपछि आफ्ना सेवकहरूको राहदानी जफत गरेको आरोप लगाइएको छ ।

हिन्दुजाहरूले आफ्ना कर्मचारीहरूलाई सामान्य तलब दिएको र सेवकहरूलाई घर छाड्न अत्यन्त कम स्वतन्त्रता दिएको अभियोजकहरूको आरोप छ ।

परिवारले आरोपलाई अस्वीकार गर्दै अभियोजकहरूले ‘हिन्दुजाहरूमा केही गर्न’ चाहेको दाबी गरेको छ । हिन्दुजा परिवारले आफूहरूमाथि आरोप लगाउने तीन कर्मचारीसँग अदालतबाहिर गोप्य सम्झौता गरेको छ ।

यसका बाबजुद अभियोजन पक्षले आरोपहरूको गम्भीरताका कारण मुद्दालाई अगाडि बढाउने फैसला गरेको छ ।

जेनेभाका पहिलो अभियोजक इवेस बर्टोसाले प्रकाश र कमल हिन्दुजालाई साढे पाँच वर्षको हिरासतमा राख्न अनुरोध गर्नुभएको छ । अठहत्तर वर्षीय प्रकाश र ७५ वर्षीया कमल दुवै स्वास्थ्य अवस्थाका कारणले ट्रायल सुरु भएदेखि अनुपस्थित हुनुहुन्थ्यो ।

आफ्नो समापन सम्बोधनमा अभियोजकले परिवारमाथि पैसा बचाउनका लागि शक्तिशाली रोजगारदाता र कमजोर कर्मचारीबीच ‘विषम अवस्था’ को दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

घरेलु कर्मचारीहरूलाई प्रतिमहिना दुई सय २० देखि चार सय फ्रेङक (दुई सय ५० देखि चार सय ५० डलर) को बीचमा तलब दिइन्थ्यो । यो स्विट्जरल्यान्डमा उनीहरूको कमाउनसक्ने अपेक्षाभन्दा धेरै कम थियो ।

“उनीहरूले संसारको दुःखबाट फाइदा उठाइरहेका छन्”, बर्टोसाले अदालतमा भन्नुभयो ।

तर हिन्दुजा परिवारको बचाउ पक्षका वकिलहरूले तीनै जना वादीहरूले पर्याप्त फाइदा पाइरहेको, अलग्गै नराखिएको र भिल्ला छाड्नका लागि स्वतन्त्र थिए भनी तर्क दिएका छन् ।

“हामी दुर्व्यवहार गरिएका दासहरूसँग व्यवहार गरिरहेका छैनौँ”, वकिल निकोलस जिनडिनले अदालतलाई भन्नुभयो ।

“वास्तवमा कर्मचारीहरू आफूलाई राम्रो जीवन दिएकामा हिन्दुजा परिवारप्रति आभारी थिए”, अर्का वकिल रोबर्ट असेलले तर्क दिनुभयो ।

अजय हिन्दुजाको प्रतिनिधित्व गर्दै वकिल येन हयातले ‘अत्यधिक’ अभियोगको आलोचना गर्दै मुद्दा ‘सामाजिक न्यायको नभई न्यायको सवाल हुनुपर्ने’ बताउनुभयो ।

उहाँकी श्रीमती नम्रताका वकिल रोमेन जोर्डनले पनि उहाँलाई सफाइ दिन आग्रह गर्दै अभियोजकहरूले परिवारलाई उदाहरण दिन खोजेको दाबी गर्नुभयो ।

अभियोजन पक्षले कर्मचारीहरूलाई नगद तलबबाहेक गरिएका अन्य भुक्तानी उल्लेख गर्न असफल भएको उहाँले बताउनुभयो ।

“कुनै पनि कर्मचारीलाई तलबबाट धोका दिइएको छैन”, असेलले भन्नुभयो । केही कर्मचारीले तलब वृद्धिको माग गर्दा पूरा भएको छ ।

तेल र ग्यास, बैंकिङ र स्वास्थ्य सेवामा रुचि राख्ने हिन्दुजा समूह ३८ मुलुकमा अवस्थित छ र करिब दुई लाखलाई रोजगारी दिएको छ ।

Previous Post

नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते

Next Post

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In