• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुधकोशी आयोजनामा डुब्न लागेको ३३ करोड जोगियो

by
८ असार २०८१,
0
दुधकोशी आयोजनामा डुब्न लागेको ३३ करोड जोगियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मुलुकको विकासमा महत्त्वपूर्ण मानिएको ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणले गति लिन थालेको छ। आयोजना संञ्चालनका लागि महत्त्वपूर्ण कोशे ढुङ्गा मानिएको १ सय ५० मिटर लामो “भोजे पक्की पुल“ निर्माणका लागि फेवा कन्स्ट्रक्सन–सुन्दर जेभीसँग रु. २२ करोड ८३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

आयोजना प्रमुख विमल गुरुङका अनुसार यसको निर्माण अवधि डिजाइन र वातावरणीय अध्ययनसहित ३ वर्षको हुने छ । आयोजनाको मुख्य बाँध निर्माणको लागि अपरिहार्य मानिएको यो पुल रबुवा बजारभन्दा दक्षिणमा आयोजनाको प्रस्तावित मुख्य बाँधभन्दा करिब साँढे दुइ किलोमिटर दक्षिणमा पर्दछ ।

२०७४ सालमा निर्माण सम्पन्न भएको जयरामबाट पुलभन्दा उत्तर दुधकोशी नदीमा अर्को पक्की पुल निर्माण नभएको अवस्थामा बन्न लागेको बोझे पुल भविष्यमा मध्य पहाडी राजमार्गको हिस्सा समेत बन्ने छ ।

यस पुलले दुइटा जिल्लाहरू ओखलढुङ्गा र खोटाङलाई मात्र होइन, सभ्यता, वातावरण र संस्कृतिलाई समेत जोड्नेछ । यस पुलको निर्माणबाट खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजार र ओखलढुङ्गा जिल्लाको सदरमुकाम ओखलढुङ्गा बजार बिचको वर्तमान सडक दूरीलाई करिब ३३ कि.मि. ले छोट्याउनेछ ।

आयोजना प्रमुखमा गुरुङ आउनु अघि यही स्थानमा करिब ५६ करोड रुपैयाँ रकम लागतको ३ सय ६० मिटर लामो पुल डिजाइन गरिएको थियो। गुरुङको सक्रियतामा आधा मूल्य भन्दा कम लागतमा पुल निर्माण हुन लागेको हो । यसले नेपालका आयोजनाहरूमा गहन अध्ययन विना डिजाइन हुने गरेको समेत देखिएको छ। यसबारेमा गुरुङले चार वर्ष अघिको त्यो डिजाइन हेरेर आफू समेत छक्क परेको बताउनुभयो ।

‘आजभन्दा ४ वर्ष अघिको लागत अनुमान) को पुलको डिजाइन गरिएको रहेछ । म त छक्क परेँ! त्यति लामो पुल त तराईमा मात्र चाहिन्छ । मैले यसो हेर्दै जाँदा १५०÷१६० मिटरभन्दा त लामो हुने देख्दै देख्दिनँ’ उहाँको भनाई छ ।

उहाँले भन्नुभयो परामर्शदाता कम्पनी चेस्को मार्फत यसको डिजाइन गरायौ । अन्तिममा १सय ५० मिटरको पुल भए पुग्ने देखियो । २०८०÷८१ को मूल्यअनुसार करिब २५ करोडको लागत अनुमान निस्क्यो’ ।

उहाँका अनुसार प्रतिस्पर्धात्मक बोलपत्रमा करिब ९% घट्दा आजको मूल्यमा यो पुल करिब २३ करोडमा बन्ने देखिएको छ । ४ वर्षअघिको ५६ करोडको पुल अहिले २३ करोडमा सम्झौता गरिएको छ गुरुङले बताउनुभयो ।

त्यस्तै, लामिडाँडामा आयोजनाको कार्यालय भवन र कर्मचारीहरू बस्न आवासहरूको निर्माणको लागि अर्को निर्माण व्यवसायी पी.एस.÷महावीर÷योजन–जे.भि सँग पनि रु. २ करोड ११ लाखमा ९ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

दुधकोशी आयोजनामा मुआब्जाको बिषय भने टुंगो लाग्न सकेको छैन। यस अघिको नेतृत्वले समय नभईकन जग्गा रोक्का राख्ने निर्णय गरेको तथ्य अहिले आएर खुल्दै गएको छ। गर्नुपर्ने काम नगर्ने र गर्नुपर्ने काम हतारमा गरेकाले पनि कतिपय अवस्थामा समस्या देखिएको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

अवैध रुपमा सुनको कारोबार गर्ने तीन जना पक्राउ

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
अवैध रुपमा सुनको कारोबार गर्ने तीन जना पक्राउ

अवैध रुपमा सुनको कारोबार गर्ने तीन जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In