• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी

by
३ असार २०८१,
0
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङका भिर मौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

सिरिजङ्गा गाउँपापिलका—८ याम्फुदीनका सन्तोष राईले गत जेठ पहिलो साता चार पोला भिरको मह काटे । राईले चार पोला भिर मह काढ्दा दुई सय बोतलभन्दा बढी मह जम्मा गरे । गाउँघरमा प्रतिबोतल दुई हजार खरिद बिक्री हँदै आएको छ । राई एक याममा चार लाखभन्दा बढी कमाउन सफल भएका छन् । राईका अनुसार वर्षमा दुई याम भिर मौरीको महको सिकार गरिन्छ । वर्षमा करिब पाँचदेखि सात लाख भिर मौरीबाट आम्दानी गर्दै आएको राईको भनाइ छ ।

उनले घर मौरीसमेत पालन गरेका छन् । उनले आनुधिक प्रविधिका ३० घारमा मौरी पालन गरेका छन् । उनले वर्षमा घर मौरीबाट चार सय ५० बोतल उत्पादन गर्दै आएका छन् । राईका अनुसार गाउँ घरमा घर मौरीबाट करिब छ लाख आम्दानी हुन्छ ।

भिर मौरी सिकार गर्नका लागि प्रतिघार रु दुई हजार सामुदायिक वनलाई रोयल्टी बुझाएर मात्र भिर मौरीको सिकार गर्न पाइने राईले बताए । याम्फुदिन क्षेत्रमा जेठ महिनामा २५ पोला भिर मौरीको मह सिकार भएको सिरिजङ्घा गाउँपालिका–८ स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदीन कार्यालय प्रमुख सूर्यमान राईले बताए ।

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेप्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकाल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ ।

प¥याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । याम्फुदिनका दर्जन बढी भिरमा वर्षौंदेखि भिर मौरी बस्ने गरेको पाइएको छ ।

भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने बताइन्छ । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए ।

उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र फुङ्लिङ बजार हो । फुङ्लिङमा सञ्चालित ताप्लेजुङको कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार ताप्लेजुङ कोसेली घरबाट वर्षमा दुई सयदेखि तीन सय बोतलसम्म बिक्री हुँदै आएको छ ।

गुरुङको कोसेली घरमा प्रायः फक्ताङलुङ–६ लेलेपदेखि भिर मौरीको मह आउने गरेको छ । कोसेली घरमा प्रतिबोतल तीन हजारदेखि तीन हजार पाँच सयसम्म खरिद बिक्री हुँदै आएको छ । डिभिजन वन कार्यालयका अनुसार गत २०७९÷८० को आवमा पाँच हजार किलो भिर मह सङ्कलन भएको तथ्याङ्क रहेको छ । सो बराबर मह सङ्कलन हुँदा रु दुई हजार रोयल्टी जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

ताप्लेजुङमा उत्पादन भएको मह झापा, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको गुरुङले बताए । पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण ताप्लेजुङमा भिर मौरी मासिँदै गएको फक्ताङलुङ–६ का स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्य केरसिंङ लिम्बूले बताए ।

“पहिले पहिले एउटै भिरमा नौ÷दश पोला मैरी हुन्थ्यो”, उनले भने, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” पछिल्लो समयमा सडक तथा पूर्वाधार विकास निर्माण प्रयोग हुने मेसिनले भिर पहरा प्रत्यक्ष तथा अप्रत्यक्ष असर हुने भएकाले समेत भिर मौरी सङ्कटमा पर्दै गएको लिम्बूको भनाइ छ ।

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेकाले समेत अझ सङ्कटमा पर्न पुगेको स्थानीयको भनाइ छ । उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँधौलीको समयमा जेठ–असार गरी दुई पटक भिर मौरीको मह सिकार गर्ने गरिँदै आएको छ ।

Previous Post

काठमाडौँमा आजैबाट पेट्रोल पम्प खुल्ने

Next Post

च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

सम्बन्धित खबर

गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

५ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
Load More
Next Post
च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In