• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम

by
३ असार २०८१,
0
नेपाली नर्सको नयाँ गन्तव्य खाडी

intern nurse holding a clipboard

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको घोडाघोडी नगरपालिका– १० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षकजस्तै नियमित विद्यालय जान्छिन्।

सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रमअन्तर्गत उनी सोही वडामा रहेको कान्ति राज्यलक्ष्मी माविमा कार्यरत छिन्। यहाँ विद्यार्थीको नियमित स्वास्थ्य जाँचसँगै प्राथमिक उपचार गरेर उनको दैनिकी बित्छ। यसका साथै उनले विद्यार्थीलाई व्यक्तिगत तथा वातावरण सरसफाइ, किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन शिक्षा, लागुपदार्थ दुर्व्यसनीलगायत विषयमा जानकारी तथा परामर्शसमेत दिन्छिन्।

सङ्घीय सरकारले महत्वका साथ सुरूआत गरेको उक्त कार्यक्रमअन्तर्गत उनले २०७९ भदौदेखि उनले यस्तै सेवा दिइरहेकी छन्। खड्काले सुरूमा पालिकामा रहेका धेरै विद्यालयमा सेवा दिनुपरेकाले सेवा प्रभावकारिताबारे गुनासो आएपछि हाल एउटा विद्यालयमा केन्द्रीत हुनुपरको बताइन्।

‘पालिकाभित्र ५१ वटा सामूदायिक विद्यालय छन्। पहिले धेरै विद्यालयमा गएर सेवा दिनुपर्थ्याे तर अहिले एउटा विद्यालयमा केन्द्रीत भएर काम गरिहेकी छु। विद्यार्थीले घरपरिवार तथा शिक्षकसँग खुलेर भन्न नसकेका समस्या पनि मलाई भन्ने गरेका छन्’, खड्का भन्छिन, ‘किशोरीले विशेष गरी महिनावारी तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा खुलेर भन्ने गरेका छन्। उनीहरुको समस्या समाधान गर्न सहज भएको छ।’

प्रधानाध्यापक उमाकान्त मिश्रले विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीका समस्या समाधान गर्न सहज भएको बताए। ‘विद्यालय समयमा विद्यार्थीमा केही स्वास्थ्य समस्या आएमा तत्काल प्राथमिक उपचार पाउने भएकाले पठनपाठन पनि प्रभावकारी भएको छ। विद्यार्थीसमेत व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका सम्बन्धमा सजग भएका छन्’, उनले भने।

घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह पनि विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी भएको बताउँछन्। उनले हाल पालिकामा रहेका विद्यालयमा सेवाका लागि एकजना मात्रै नर्स भएकाले सबै ठाउँमा सेवा दिन असहज भएको बताए।

‘सुरुमा उहाँले नै यहाँका धेरै विद्यालयमा सेवा दिनुहुन्थ्यो, त्यो प्रभावकारी नभएपछि एउटा विद्यालयमा केन्द्रीत गरेका छौँ तर आवश्यकतामा अन्य विद्यालयमा पनि सेवा दिइरहनुभएको छ’, सिंहले भने, ‘अब अन्य विद्यालयमा पनि विद्यालय नर्सको व्यवस्था गर्न अपरिहार्य छ। यस विषयमा सरोकार भएकाहरूको ध्यानाकर्षण गराइरहेका छौँ।’

स्वास्थ्य कार्यालय कैलालीका सिनियर अनमी रमा गिरीले यो कार्यक्रम जिल्लाका चारवटा स्थानीय तहका छ विद्यालयमा लागू गरिएको जानकारी दिए। उनकाअनुसार धनगढी उपमहानगरपालिकाको त्रिनगर र चैतन्य मावि, भजनी नगरपालिकाको महुन्याल मावि, घोडाघोडी नगरपालिकाको  कान्ति राज्यलक्ष्मी मावि र जानकी गाउँपालिकाको सरस्वती र महेन्द्र शिशु मा.वि.मा यो कार्यक्रम लागू छ।

सोही कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले यो कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थी र विशेष गरी किशोरीको स्वास्थ्य समस्या समाधान तथा सरसफाइमा राम्रो प्रभाव परेको प्रतिक्रिया आएको बताए। आगामी आर्थिक वर्षमा थप दुई विद्यालयमा कार्यक्रम विस्तार गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा अभ्यस्त गराउन, वातावरण तथा व्यक्तिगत सरसफाइमा सुधार ल्याउन, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार, महिनावारी व्यवस्थित गरी विद्यालय जाने वातावरण सिर्जना गर्न र जटिल प्रकारका स्वास्थ्य समस्या समयमै समाधानका लागि पहल गर्न ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६’ नेपाल सरकारले जारी गरेको छ।

निर्देशिकामा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि प्रत्येक विद्यालयमा एक जना नर्स राख्ने व्यवस्था गरिएको छ।

Previous Post

बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम रोकिएन

Next Post

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

सम्बन्धित खबर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
आर्थिक

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

१३ बैशाख २०८३,
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
आर्थिक

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

१३ बैशाख २०८३,
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
आर्थिक

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

१३ बैशाख २०८३,
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
आर्थिक

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

१३ बैशाख २०८३,
१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
Load More
Next Post
बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In