निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचनमा ५ दशमलव सुन्य ६ प्रतिशत मत बदर भएको बताएको छ ।
निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनमा कुल खसेको मतको ५ दशमलव सुन्य ६ प्रतिशत मत बदर भएको बताउनुभएको हो ।
निर्वाचन आयोगका अनुसार प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बढी ६ दशमलव पाँच पाँच प्रतिशत बदर भएको छ । प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको छ ।
उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत तथा सबैभन्दा कम वागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ ।
आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ
समग्र ६१.४१ प्रतिशत मतदान भएको जानकारी दिंदै उपसचिव भट्राइले सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको बताउनु भयो ।













