• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ परियोजना ‘दमक क्लिन इन्डस्ट्रियल पार्क’मा भू–माफियाको विगविगी, स्थानियको उठिबास !

by
३० जेष्ठ २०८१,
0
चिनियाँ परियोजना ‘दमक क्लिन इन्डस्ट्रियल पार्क’मा भू–माफियाको विगविगी, स्थानियको उठिबास !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – संसारभर तीव्र रुपमा ब्यापारको साम्राज्य विस्तार गरिरहेको चिनियाँ लगानीबाट नेपाल पनि अछुतो छैन । देशका ठूल–ठूला आयोजनाहरु एकपछि अर्को गर्दै चिनियाँ कम्पनीहरुको हातमा पुगिरहेका छन् । सडक, विमानस्थल, जलविद्युत आयोजना, औद्योगिक क्षेत्र लगायतमा चिनियाँ कम्पनीहरुको दबदबा बढ्दो छ ।

यस्तै मध्येको एउटा परियोजना हो, झापाको दमकस्थित ‘दमक क्लिन इन्डस्ट्रियल पार्क’ । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको दुई हजार एक सय बिघा क्षेत्रफलमा पार्क बनाउने चिनियाँ टोलीको महत्वकांक्षी परियोजनाको प्रस्ताव तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका हुन् । तर ओलीकै गृहजिल्लामा घोषणा गरिएको यो महत्वाकांक्षी परियोजना समृद्धिभन्दा गरिबी बढाउने चिन्ता थपिएको छ । योजना कार्यान्वयन भएमा वर्षौं सम्म यसमा चिनियाँ व्यापारीको आधिपत्य रहनेछ । परियोजनाबाट चिनियाँ कम्पनीहरुले त फाइदा लिनेछन् तर स्थानीय सुकुम्बासी बन्नेछन् ।

परियोजनाका लागि जग्गा अधिग्रहण र पार्क निर्माणपछिको सम्झौतालाई लिएर स्थानीयबासीले विरोध गरिरहेका छन् । सम्झौताअनुसार दश वर्ष पार्क निमाणको अवधि हुनेछ भने थप ४० वर्ष चिनियाँ पक्षले नै पार्क सञ्चालन गर्नेछ । अर्थात ५० वर्ष यो परियोजना चिनियाँको हैकममा चल्ने सम्झौता भएको छ ।

हुनपनि पनि यो पार्क अहिले स्थानिय बासिन्दाहरुको निम्ति पीडाको कारक तत्व बन्न पुगेको छ । जबरजस्ती रुपमा स्थानियको जग्गा कब्जा गरिएको घटनालगायत मुआब्जाबाट बञ्चित हुन परेको कैयन समाचारहरु सार्वजनिक भइरहेका छन् । पार्क अधिग्रहणका क्रममा यस क्षेत्रका जग्गा धनीले आफ्नो अर्वौं रुपैयाँ मुल्य बराबरको जग्गा कौडीको भाउमा दिन नसकिने भन्दै सरकारी निकायसँग उचित मुआब्जाको माग गर्दा पनि सरकारी निकाय कानमा तेल हालेर बसको छ ।

चिनियाँ परियोजनाले लगायो उठिबास !
स्थानियबासीका अनुसार यही पार्कका कारण कमल गाउँपालिकादेखि लखनपुर, बालुबथानसम्म गरेर ३५ भन्दा बढी स्थानमा धिमाल आदिवासीको उठीबास नै भइसकेको छ । न्यूनतम मुआब्जा रकमका भरमा उठीबास भएपछि धेरैजसो संघर्ष समिति बनाएर आन्दोलनमै लागेका छन् । पार्क क्षेत्रमा १ सयभन्दा बढी ठूला औद्योगिक कम्पनी स्थापना हुने, स्थानीयले रोजगारी पाउने, जल–जमिनको यथोचित अनुपात मिलाइनेसहितका सपना बाँडेर स्थानीयवासीलाई उठीबास लगाइएपनि त्यसको न्यूनतम प्रबन्धसमेत हुन नसकेको स्थानियबासीको आरोप छ ।

नेपाली काँग्रेसका स्थानिय नेतृ एवं समाज सेवक धर्मेन्द्र सेढाईंसँग सरकारले ४ विघा जग्गा हडपिएको थियो । तर उनलाई केवल २.५ विघाको मात्र मू–आब्जा प्रदान गरियो । उक्त मुआब्जा रकम पनि अति न्युन मुल्यमा रहेको छ । त्यसैगरी एमालेका पूर्वसदस्य विष्णु निरौलाले पनि सहमति अनुसार प्रति विघा रु. ८ लाखका दरले मू–आब्जा रकम पाउनु पर्ने भएपनि अहिले सम्म कति पनि रकम पाउन सकेका छैनन् । अर्का स्थानिय दिल्लीराम सिवाकोटीबाट विघाको २ लाख गरी जग्गा हत्याएर विघाको ४० लाख गरेर विक्री गरेको घटनाले यस क्षेत्रमा भू–माफियाको ठूलो दवदवा रहेको प्रष्ट हुन्छ ।

यस्तै घटना अर्का स्थानिय बुद्धिप्रसाद सिटौलासँग घट्न गएको छ । उनिहरुबाट प्रति विघा रु. २ लाखको दरले जग्गा अघिग्रहण गरेपश्चात भूमाफियाले रु ४० लाखको दरले बेचेको तथ्य समेत खुलेको छ । यसमा सरकारी निकायका सिमित व्यक्तिहरु, केही राजनैतिक दलका नेता तथा कार्यकर्ताका साथै चीनसँग नजिकको सम्बन्ध भएका व्यापारिक समुदाय र ठेकेदारहरुको संलग्नता रहेको स्पष्ट रुपमा देखिएको छ । यिनीहरुको मिलीभगतले दमक औधोगिक उद्यानलाई भ्रष्टाचारको मुख्य अड्डा बनाएका छन् । यहाँ जनता सामान्य मुआब्जाबाट बञ्चित हुनुका साथै आफ्ना पिता पुर्खाले जोहो गरेको जमिन गुमाउनु परेको बाध्यता छ ।

यी सबै विषयहरुको विरोध गर्दै स्थानिय जनताले विभिन्न कार्यक्रम आयोजता गरेतापनि सरकार कानमा तेल हालेर बसेको छ । पीडितले न्यायको ढोका ढकढक्याउँदा पनि उचित न्याय पाउन सकेका छैनन् । दमकको पार्कको भू–माफिया प्रकरणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत कैयन स्थानिय नेताहरु संलग्न रहेको तथ्य बाहिरिएको छ । ती मध्य गोविन्द थापा (युवासंघ नेतृ), होम थापा, बलबहादुर थापा, रोमनाथ ओली, बेनु सिवाकोटी , मेनुका काफ्ले, दिपेन्द्र दाहाललगायत छन् ।

भारतीय सीमा नजिक चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण गर्ने कुरा सामरिक हिसाबले पनि उपयुक्त नभएको जानकारहरु बताउँछन् । व्यापारमार्फत चीनले नेपालमा रणनीतिक उपस्थिति बढाउन खोजिरहेको विश्लेषण पनि भइरहेको छ । त्यसो त नेपालमा जलविद्युत देखि सडक तथा रेलमार्ग सम्म चिनियाँ लगानी बढिरहेको छ । चीनले पछिल्लो समय अनुदान भन्दा बढी ऋण दिन बढी जोड दिइरहेको छ । तर चीनले नेपालमा गरेको लगानीको नतिजा भने विगतमा त्यति राम्रो छैन । प्रायः चीनको लगानीमा तयार भएका उद्योग र आयोजना नेपालमा निकम्मा बनेका छन् । नेपालमा चीनसँग जोडिएका उद्योग, कलकारखाना, सेवा र व्यवसाय धमाधम बन्द समेत भएका छन् ।

Previous Post

खाँदबारी-नुम सडकमा वर्षाले पुर्‍यायो क्षति

Next Post

यूएईमा कम्पनी छाडेर अवैधानिक बन्दै नेपाली, अलपत्र परेपछि दूतावासको शरणमा

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
यूएईमा कम्पनी छाडेर अवैधानिक बन्दै नेपाली, अलपत्र परेपछि दूतावासको शरणमा

यूएईमा कम्पनी छाडेर अवैधानिक बन्दै नेपाली, अलपत्र परेपछि दूतावासको शरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In