• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

by
२८ जेष्ठ २०८१,
0
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरी पालन गरिरहेका छन् ।

नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरी पालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले बताए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उनले जानकारी दिए। स्थानीय बजारमा मह प्रतिकेजी एक हजार पाँच सयमा बिक्री हुने उनको भनाइ छ ।

‘मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रूपमा मौरी पालन गरिरहेका छौँ ।’

नागी क्षेत्रबाट एक वर्षमा रु एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताए । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ । भौगोलिक रूपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पु¥याउने लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए ।

‘हाम्रो क्षेत्रमा मौरीपालनबाट रु एक करोड बढी भित्रिएको अवस्था छ’, वडाध्यक्ष राईले भने, ‘यहाँका अधिकांश किसानले मौरी पालन गरिरहेका छन् । मौरी पालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरी पालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।’

व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब रु सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

‘मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ’, पौडेलले भने, ‘यो वर्ष करिब रु सात लाख ७० हजार बराबरको आधुनिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।’

पराम्परागत रूपमा मौरी पालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आधुनिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताए । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उनको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उनको भनाइ छ ।स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिए ।

‘हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ’, उनले भने, ‘आफ्नै लगानीमा मौरी पालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।’ गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

किसानलाई व्यावसायिक बनाउन उनीहरूको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताए ।

‘गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ’, उपाध्यक्ष राईले भने, ‘यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।’

Previous Post

ढोरपाटनको पाखुट्टेदेखि बायखोला–झिम्पा जोड्ने सडक स्तरोन्नति

Next Post

मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

सम्बन्धित खबर

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या
समाचार

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

१३ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

कस्तो रहला आजको मौसम ?

१३ अशोज २०८३,
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
समाचार

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

१३ अशोज २०८३,
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
फिचर-ब्यानर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

१३ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

१३ अशोज २०८३,
थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले
फिचर-ब्यानर

थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

१३ अशोज २०८३,
Load More
Next Post
मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In