• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मधेस जनमतको कमान्डमा, प्रादेशिक संरचनापछि जसपा पहिलोपटक सत्ताच्युत

by
२६ जेष्ठ २०८१,
0
मधेस जनमतको कमान्डमा, प्रादेशिक संरचनापछि जसपा पहिलोपटक सत्ताच्युत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मधेस प्रदेशको कमान्ड गत संसदीय निर्वाचनबाट उदाएको चन्द्रकान्त ९सिके० राउत नेतृत्वको जनमत पार्टीको हातमा पुगेको छ । साढे ६ वर्ष मधेसको नेतृत्व गरेको जनता समाजवादी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेसँगै जनमतले मधेसको नेतृत्व गर्ने अवसर पाएको हो ।

मधेस प्रदेशसभाको बुधवार बसेको बैठकमा जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो ।

विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाएका थिए भने विपक्षमा ५३ मत परेको थियो । गठबन्धन फेरबदल हुँदा पनि यसअघि चार पटक विश्वासको मत पाएका यादवले पाँचै पटकमा भने मत पाउन सकेनन् ।

योसँगै जसपा नेपालले प्रादेशिक संरचना लागू भएपश्चात् पहिलो पटक सत्ता गुमायो । जसपा नेतृत्वको सरकार ढलेपछि जनमतका सांसद सतिशकुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

जनमतलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थन रहेको छ । १३ सिटसहित मधेसमा जनमत चौथो शक्ति हो ।

जनमतलाई २५ सिटको एमाले, ९ सिटको माओवादी, ७ सिटको एकीकृत समाजवादी तथा एक सिटका नाउपा र संघीय समाजवादी पार्टीले समर्थन गरेका छन् । अहिले काँग्रेस जसपा नेपाल, लोसपा र राप्रपा प्रतिपक्षमा रहेका छन् ।

संघीयता कार्यान्वयनदेखि नै मधेस सरकारको नेतृत्व गर्ने अवसर पाएको जसपा नेपाल शक्तिबाहिर हुँदा मधेस राजनीतिको एक प्रमुख खेलाडी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ ।

सुरुमा जसपाले राजपासँग गठबन्धन गरेर सरकार चलाएको थियो, पछि पार्टी एकीकरण भएपछि एकल सरकार बन्यो  । तर, २०७६ मा नेकपा विभाजनको असर स्वरूप जसपा पनि विभाजन भएपछि भने जसपा, काँग्रेस र माओवादीको संयुक्त सरकार चलेको थियो  ।

६ प्रदेशमा सत्ता हलचल हुँदा मधेसमा जसपाले पूरै कार्यकाल सरकार चलाएको थियो । तर, यस पटक सरोजकुमार यादवले डेढ वर्षमै सत्ता गुमाउनु प¥यो ।

सिके राउत मधेसमा उपेन्द्रलाई कमजोर बनाएर आफ्नो पार्टी संगठन विस्तार र बलियो गर्ने रणनीतिमा छन् । उनीहरूबिच अघोषित शीतयुद्ध छ  । २०७९ को निर्वाचनमा राउतले सप्तरी–२ मा उपेन्द्रलाई हराएका थिए  ।

उपेन्द्र उपनिर्वाचनमार्फत बारा–२ बाट सांसद बनेका थिए । २०७९ को निर्वाचनमा उपेन्द्रलाई हराएर संघीय संसद् प्रवेश गरेका जनमतका अध्यक्ष सिके राउतको पहिलेदेखिकै जोड मधेसमा मुख्यमन्त्री थियो  ।

यसैमा जसपा विभाजन, प्रधानमन्त्री प्रचण्डले स्पष्ट बहुमत जुटाइराख्न केन्द्रमा ६ सिट रहेको जनमत र चार सिट रहेको नागरिक उन्मुक्तिको साथ खोजेपछि मधेस सरकार परिवर्तन भएको हो  ।

केन्द्रमा १२ सिट हुँदा पनि उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री पाएको जसपा नेपाले मधेसमा मुख्यमन्त्री पाएको थियो । एमाले–माओवादी गठबन्धनमै रहेर पनि नेपाली काँग्रेससँग मिलेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री बन्ने दाउमा थिए ।

तर, प्रधानमन्त्री बन्ने दाउ कुरेर बसेका उन्पेन्द्र अहिले सत्ता राजनीतिबाटै किनाराकृत भएका छन् । मधेस आन्दोलनपछि चम्किएका उपेन्द्र अहिले राजनीतिक जीवनकै कठिन मोडमा पुगेका छन् ।

उपेन्द्रले मधेसको राजनीतिमा कुनै समय एकलौटी राज गरेका थिए । पार्टी विभाजनपछि उपेन्द्र एकपछि अर्को गर्दै एक्लिने र सत्ताविहीन बनेका छन् । २०६२–६३ को आन्दोलनपछि तराई–मधेसमा दुईवटा ठूला आन्दोलन भए । दुवै आन्दोलनका नायक उपेन्द्र नै थियो । पहिलो मधेस आन्दोलनपछि उनको लोकप्रियता ह्वात्तै बढेको थियो ।

उनी मधेस आन्दोलनका ‘मसिहा’ भनेर चिनिएका थिए । तर, उनको त्यो लोकप्रियता धेरै लामो समयसम्म टिक्न सकेन । दुई दशकै उनी सत्ता राजनीतिबाटै किनाराकृत बन्न पुगेका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता एवं किसानका समस्यालाई मूल मुद्दा उठाउँदै आएका छन् ।

सुशासन र स्वायत्तताको मुद्दालाई पनि प्राथमिकताका साथ उठाउँदै आएको जनमतले भ्रस्टाचार, ढिलासुस्ती र कर्मचारीतन्त्रको अन्त्य गर्ने पनि बताउँदै आएको छ । यी मुद्दा सम्बन्धी समस्या सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेर निर्वाचनमा होमिएको जनमतले अनपेक्षित नजिता पनि निकाल्यो ।

Previous Post

पत्रकार महासंघको चुनाव अनिश्चितकालसम्मका लागि स्थगित

Next Post

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

सम्बन्धित खबर

चिप अभावले महँगिँदै मोबाइल
फिचर-ब्यानर

चिप अभावले महँगिँदै मोबाइल

१६ अशोज २०८३,
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
फिचर-ब्यानर

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

१६ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
Load More
Next Post
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In