विशेषज्ञ चिकित्सकहरुको निस्कर्ष साथै आयुर्वेदिक मान्यताअनुसार पानी पिउन नहुने अवस्थाहरु—
१) अति नै थाकेको वेला, श्रम, व्यायाम, दौड या मैथुन कार्य गर्नेबित्तिकै तुरुन्त पानी नपिउनु,
२) अति नै भोक लागेको वेलामा पानी नपिउनु ।
३) शरीर असजिलो अवस्था या आसनमा छ भने साथै सुतेको अवस्थामा ।
४) खाना खानु तुरुन्तअगाडि र तुरुन्तपछाडि ।
५) अति तातो चिज खानेबित्तिकै पानी पिउन वर्जित छ ।
६) पानी पिएलगत्तै सुत्नु अहितकर मानिन्छ ।
७) फलफूल, सुर्तीचुरोटको धुवाँ तथा खैनी, गुट्खा (सुपारी) सँगसँगै पानी पिउनु हरदृष्टिले रोगकारक हुन्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













