१) जसले तिम्रो सुन्छ, उसले मेरो सुन्छ, जसले तिम्रो तिरस्कार गर्छ उसले मेरो तिरस्कार गर्दछ र जसले मेरो तिरस्कार गर्दछ उसको तिरस्कार तिनले गर्दछन् जसले मलाई पठाएका छन् ।
२) कृपा र सत्य तिमीबाट छुट्टिन नपाऊन् बरु तिनलाई आफ्नो घाँटीको हार बनाउनू र आफ्नो हृदयरुपी पाटीमा लेख्नू । यसो गर्दा तिमीले परमेश्वर र मानिस दुवैको अनुग्रह प्राप्त गर्नेछौ । तिमी ज्यादै बुद्धिमान बन्नेछौ ।
३) तिम्रो कम्मर बलियो रहोस्, तिम्रो बत्ती बलिरहोस् र तिमी ती मानिस जस्तै बन जो आफ्ना मालिकको बाटो हेर्दछन् कि उनी विवाहबाट कतिखेर फर्केलान्, आएर द्वार ढक्टक्याउनेछन् अनि तुरुन्त ढोका खोलिदिनेछन् ।
४) जो तिमीलाई अपनाउँछ, ऊ मलाई अपनाउँदछ र जो मलाई अपनाउँदछ ऊ मलाई खटाउनेलाई अपनाउँदछ । जो मालिकलाई मालिककै रुपमा ग्रहण गर्दछ ऊ मालिकको पुरस्कार पाउनेछ । जो धार्मिक व्यक्तिलाई ग्रहण गर्दछ जसले धार्मिक व्यक्तिको पुरस्कार पाउनेछ ।
५) आफ्नो अन्तर्हृदयबाट उपवास गर्दै, रुँदै र शोक गर्दै ममा मन लगाऊ, आफ्नो पोषाक होइन हृदयलाई सुधार र आफूलाई आफ्ना प्रभु आफ्नै परमात्मा तर्फ मोड, किनकि ती कृपालु, दयालु र करुणाले भरिएका छन् । जसले उनलाई यस रुपमा चिन्दछ र पापको प्रायश्चितका लागि तम्तयार छ, ऊ सुध्रन्छ र क्षमा पाउँछ ।
६) त्यो मानिस नै धन्य छ । जसले बुद्धि र विवेक प्राप्त गर्दछ । उसको यो लाभ सुन लाभ भन्दा उत्तम हो । जति वस्तुको तिमी लालसा राख्दछौ तीमध्ये कुनैसँग पनि त्यसको तुलना हुन सक्दैन ।
७) त्यस दिन तिमी मेरो नामबाट माग्नेछौ र मैले भन्दिन कि मैले तिम्रा लागि पितासँग विन्ती गर्नेछु किनकि स्वयम् पिता तिमीसँग प्रेम गर्दछन् । त्यसैले तिमीले मसँग प्रीति ग¥यौ र यो बुझ्यौ कि म पिता कहाँबाट आएको हुँ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













