• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फेवातालको बीचमा अवस्थित वाराही मन्दिर पुनःनिर्माण गरिँदै

by
२५ मंसिर २०७९,
0
फेवातालको बीचमा अवस्थित वाराही मन्दिर पुनःनिर्माण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २५ मंसिर । विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनहरुको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ ।

पोखराकै प्रसिद्ध मानिने वाराहीदेवीको मन्दिर वि.स.२०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि वढाइएको छ । फेवातालको बीचभाग अर्थात पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्कदा झनै जोखिम देखिएको छ । जोखिम वढ्दै गएपछि ढल्किएको मन्दिर पुनःनिर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनः निर्माणका लागि काम अगाडि वढाइसकेको जानकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले दिनुभयो । भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ति कोठा भत्काएर हटाइ सकिएको छ ।

वि.सं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गर्नुभएको थियो । पुरातत्व विभागको प्रत्यक्ष सम्लग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिर पुन ःनिर्माण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ लाग्ने जानकारी अध्यक्ष कुँवरले दिनुभयो । प्यागोडा शैलीमै कालीगढहरु मगाएर वर्तमान स्वरुपमै मन्दिर पुनःनिर्माण गरिने जानकारी अध्यक्ष कुँवरले दिनुभयो ।

मन्दिर पुनःनिर्माण गर्नका लागि पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ता भित्र सम्झौता गरिने जानकारी अध्यक्ष कुँवरले दिनुभयो । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख रुपैयाँ र वाराही मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख रुपैयाँ जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणको लागि आवश्यक पर्ने रकम मध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रुपैयाँ रहेको र अपुग रकम पोखरा महानगरपालिका र अन्य सहयोगदातासँग संकलन गरिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिर पाँच महिना भित्र नै पुनः निर्माण गरिसकन्ने बताइएको छ ।

कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको थियो । यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि कायम रही आएको छ । कतैकतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहींँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको जानकारी मन्दिरका पुजारी परशुराम पहारीले सुनाउनुभयो । सबै धर्मका व्यत्तिले मन्दिरमा प्रवेश पाउछन् ।

पर्यटकीय सुन्दर नगरी पोखरा स्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने ठाउँहरूको सूचीमा अग्र पंक्तिमा आउँछ जसका कारण मन्दिरमा पर्यटकहरूको घुइँचो लागिरहन्छ । माछापुच्छ्र«े हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ । कोजाग्रत पूर्णिमा लगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ । पहिले पानि ले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो ।
तालवाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीय ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पूर्खाहरुको भनाई अनुसार परापूर्व कालमा फेवाताल भएको ठाउँमा बस्ती थियो । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकोमा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते ।

घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने– ‘यो गाउँ चाडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाडै जानु ।’ जोगी हिँडेको केही समय लगत्तै स्वाँ… आवाज आयो । स्वाँ… सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाह अनुसार वृद्धा अग्लो ठाउँमा गएर बाचिन ।

फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । उनले सपना अनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाए । र, क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालवाराही देविको शिलाराखि पुजिदै आएको किबदन्ती छ ।

फेवाताल आफैमा गन्तव्य हो । २३.३० मिटर गहिराई र ४.४६ किलोमिटर लम्बाइ तथा २ किलोमिटर चौडाइको नेपालको पर्यटकीय ताल हो फेवाताल । त्यही तालको एक धेरै पुरानो मन्दिर हो ताल बाराही भगवतीको मन्दिर । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ बाट नृत्य पूजाआजा सुरु भएको हो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा सुरु गर्नुभएको थियो विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।
मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ सालमा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कूल ३ रोपनी ८ आना २ दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको

संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ ।

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताउनुभयो । तालमा देखिने माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङ्कोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले सुनाउनुभयो । मन्दिर गुठिका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

डुङ्गा र तालबाराही मन्दिरको लागि प्रसिद्ध फेवा ताल
पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । ’फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। ’वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यसको बीचमा ’बराही मन्दिर’को अबस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सफल भएको छ । यो तालमा माछापुछ्रे« र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यी दृश्यहरूले सबैको मनलाई आनन्द र हर्स प्रदान गर्दछ। घाम झुल्किदा र अस्ताउदाको दृश्य पनि एकदमै हर्सलाग्दो र मनलाई प्रफुल्लीत बनाउने गर्छ ।
यो नेपालको दोश्रो सबैभन्दा ठूलो ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ । यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ । यस तालको उत्तर दिशामा अन्नपूर्णा हिम श्रृंखला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ«े ,अन्नपूर्णा र धौलागीरि तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।अहिले तालमा जलकुम्बी झार र विभिन्न ठाउँबाट बगाएर ल्याएका मुढा, दाउरा, कागज आदि देख्न सकिन्छ। पोखराका विभिन्न ठाउँबाट लेकसाइड जाने गाडीहरु पाइन्छ । लेकसाइडको तालबाराही चोकबाट ५० मिटर भित्र गएपछि साना ठूला डुंगाहरु पाइन्छ र तिनै डुंगामा सयर गर्दै मन्दिर परिक्रमा गर्न सकिन्छ ।

पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटकले पनि यहाँको अवलोकन गर्न र देवीको दर्शन गर्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही देवीको मन्दिर । चारैतिर पानीले घेरिएका कारण मन्दिर पुग्न नाउ खियाउनु पर्छ । एकातर्फ साहसिक यात्रा । अर्कोतर्फ धार्मिक उद्देश्य । माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडाशैलीको मन्दिर रहेका कारण यसको सौन्दर्य अत्यन्त मनमोहक छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये एक हो ।

 

Previous Post

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली

Next Post

अन्नपूर्णको छोम्रोङमा ‘सेन्चुरी ल्होसार मेला’

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
अन्नपूर्णको छोम्रोङमा ‘सेन्चुरी ल्होसार मेला’

अन्नपूर्णको छोम्रोङमा ‘सेन्चुरी ल्होसार मेला’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In