ताइपेई, नोभेम्बर- चिनियाँ अधिकारीहरूले सुरक्षा कानूनको कथित उल्लङ्घनको आरोपमा अगस्टमा एक ताइवानी नागरिकलाई चीनमा हिरासतमा लिएपछि ताइपेईका अधिकारीहरूले बेइजिङलाई सन्देश पठाएका हुन्।
ताइवान सरकारको चीन नीतिसँग परिचित रहेका एकजना ताइपेईमा आधारित व्यक्तिका अनुसार ताइवानको मेनल्याण्ड अफेयर्स काउन्सिलले विगत छ वर्षमा बेइजिङको ताइवान मामिला कार्यालयमा पठाएको, धेरै फ्याक्सहरू पठाएको तर ति सबै मेसेजहरु चीन पक्षद्धारा अनुत्तरित छन्। उनीहरूले हामीलाई बेवास्ता गरे क्त ताइवानी व्यक्तिले बताए ।
बेइजिङले पृथकतावादी मान्ने साई इङ्ग(वेनलाई यस टापुका मतदाताहरूले राष्ट्रपतिमा निर्वाचित गरेपछि चीनले सन् २०१६ मा ताइवान सरकारसँग औपचारिक उच्चस्तरीय सञ्चार समाप्त गरेको थियो। तर अगस्टमा अमेरिकी सभाकी अध्यक्ष न्यान्सी पेलोसीले यस टापुको भ्रमण गरेदेखि ताइवानको वरिपरि लगभग दैनिक युद्धाभ्यासहरू भइरहेका छन् ।
यसकारणले पनि केही सुरक्षा विज्ञहरूबीच चिन्ता बढ्दै गएको छ कि दुई सेनाहरू बारम्बार आमनेसामने भइरहँदा दुई देश विचको आधिकारिक मौनताले जोखिम निम्त्याउने प्रवल संभावना छ ।













