आजको व्यस्ततम जीवनशैलीमा योग व्यायामका लागि केही मिनेट निकाल्न नसक्दा मान्छेभित्र थरीथरीका रोग्याधि बढिरहेका दृश्य कसैका लागि नौलो होइन, तर एकथरी त्यस्तो जमात पनि छ, जसले बिहान सबेरै उठ्ने र केही समय योग–व्यायाम, मर्निङ वाक गर्दा पनि दुसाध्य मानिने योगहरु समेत निको भएर गएका छन् ।
हाम्रो शास्त्रले योगविधालाई सम्पूर्ण भवतारुपी रोगव्याधिहरुको निर्विकल्प उपचार भनेको छ । जे होस्, शारीरिक श्रम र मिहिनेतलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति बढ्दै गएको आजको समयमा यदि तपाईं योगव्यायम, खेलकूद या दौडजस्ता अभ्यास गर्नुहुन्न भने खाएको आहार नपच्ने मात्र होइन, एक दिन तपाईंको भोक नै गायब हुने स्थिति पनि आउन सक्छ ।
अतः २४ घण्टाको दिनमा आफ्ना लागि कमसेकम ३० मिनेट निकालेर योगव्यायाम गर्न अति आवश्यक छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













