• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ?

by
२१ जेष्ठ २०८१,
0
सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा। जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो। तत्कालिन समयमा भारतमा सखुवाको काठ लगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो।

कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारो गेजमै। सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो। विगत दुई वर्षयता भने जनकपुरमा ब्रोडगेजमा रेल सेवा सञ्चालन भइरहेको छ।

नेपालमा छुक्छुके रेल इतिहासमा सीमित हुँदा भारतको दार्जिलिङ भने अहिले पनि सो रेल चलिरहेकै छ। त्यहाँ यात्रु ओसार्न वा मालवाहकका रूपमा प्रयोग नभए पनि पर्यटकलाई लोभ्याउने उद्देश्यले रेल सञ्चालनमा रहेको भन्ने गरिएको छ। यता धनुषाको खजुरीमा थन्क्याइएर राखिएको ९० वर्ष पुरानो रेललाई भने किन नचलाइएको होला भनि धेरैले प्रश्न गर्ने गर्छन्। कोइलाबाट सञ्चालन हुने त्यस बेलाको रेलका इन्जिन र बोगी थन्क्याएर खिया लागेको देख्दा त धेरैको मन खिन्न हुन्छ।

अत्याधुनिक सुविधासहितको नेपाल रेल्वे सेवा यतिबेला भङ्गहा-जनकपुरधाम-जयनगरसम्म सञ्चालनमा छ। नेपालको एकमात्र रेल सेवा दोस्रो चरणमा न्यारोगेजबाट ब्रोडगेजमा परिणत भई सुचारु भइरहेको छ तर तत्कालिन समयमा जयनगर-जनकपुरधाम-बिजलपुरासम्म कोइलाबाट चल्ने निकै दुर्लभ मानिएको बहुमूल्य स्टिम इन्जिनहरू भने अलपत्र छन्। ‘विश्वका अन्य देशमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता ऐतिहासिक वस्तुलाई जोगाउन सरकार अग्रसर भइरहेका हुन्छन्।

दार्जिलिङ्गको त्यो कोइला रेल पनि यसकै उदाहरण हो। त्यहाँ अहिले पनि कोइलाबाट चल्ने ‘इन्जिन टोइट्रेन’ नामक रेलसेवा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकबाट राम्रै आम्दानी गरिरहेको बुझ्न सकिन्छ,’ स्थानीय विनोद मण्डलले भने, ‘नेपालमा भने लामो इतिहास बोकेका कोइलाबाट चल्ने इन्जिन संरक्षणको अभावमा माटोमा बिलिन हुँदै गएको छ। इन्जिन खुल्ला आकाशमुनि माटोले खाएर बिग्रिने मात्रै होइन। दिनदिनै बहुमूल्य पार्टपूर्जाहरू चोरी पनि भइरहेको छ। यसको संरक्षण र सम्वर्द्धन गर्न न स्थानीय तह न त प्रदेश र सङ्घीय सरकारको चासो देखिन्छ। यो दुःखद हो।’

जनकनन्दनी गाउँपालिका-४ स्थित खजुरीमा अलपत्र अवस्थामा रहेको ती इन्जिनसँगै कारखाना पनि खण्डहरमा परिणत हुँदै गएको छ। यहाँ रेलको कारखाना क्षेत्रभरीलाई घेराबेरा गर्न केही निर्माणकार्यको थालनी गरिएको देखिन्छ। त्यो पनि अधुरै छ। आन्तरिक पर्यटकको आकर्षणका रुपमा रहेको ऐतिहासिक रेलका ईन्जिन र बोगीमा सीता-राम, गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएका छन् तर तिनैमा खिया लागेर माटोमा बिलिन हुँदै गएका छन्। विसं १९९४ सालमा तत्कालीन बेलायती शासकले महोत्तरी जङ्गलबाट सालको गोलिया काठ ओसार्न रेल सञ्चालन गरेको भन्ने गरिएको रेल महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो। केही वर्षपछि जनकपुर जयनगर मात्रै चल्न थालेको थियो।

सरोकार भएकाहरूको बेवास्ताका कारण खजुरीमा रहेको रेलको मुख्य कारखाना खण्डहरमा र इन्जिन खिया लागेर माटोमा बिलिन भइरहेको जनकनन्दनी गाउँपालिका-३ उदहाका मण्डल बताउँछन्। उनी भन्छन्, ‘रेलका पुराना इन्जिनलाई सङ्ग्रहालय बनाएर राखियो भने यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बन्नसक्छ। साथै यी बहुमूल्य वस्तुको संरक्षण पनि हुने थियो।’ चार सिलिन्डरको कोइलाबाट चल्ने रेलका इन्जिन नेपालमा मात्र उपलब्ध रहेकोले पनि यी दुलर्भ चिजलाई संरक्षण गर्नुपर्ने मण्डलको भनाइ छ।

जनकनन्दनी गाउँपालिका-४ खजुरीका ललित कामत ऐतिहासिक सम्पदाको संरक्षण गर्न प्रदेश तथा स्थानीय सरकारले चासो राख्नुपर्ने बताउँछन्। ‘नेपालको छुक्छुके रेलका यी इन्जिन नेपालका इतिहास पनि हुन्, जुन अहिले कवाडीको हिसाबमा राखिएको छ,’ उनले भने, ‘यसलाई सङ्ग्रहालय बनाएर राख्न र संरक्षण गर्न अब स्थानीय, प्रदेश र सङ्घ सरकार गम्भीर बन्नुपर्छ।’

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खजुरीमा रहेको सो कारखानाको निरीक्षण गरी चालु आर्थिक वर्षमै सङ्ग्रहालय बनाउन पहल गर्ने बताएका थिए तर हालसम्म त्यससम्बन्धी कुनै काम अगाडि बढ्न सकेको छैन।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले बजेटको अभावका कारण खजुरीस्थित रेल कारखानालाई सङ्ग्रहालय बनाउन ढिलाइ भएको बताए। उनले ऐतिहासिक रेलका इन्जिनको संरक्षण गर्न आफूले पनि प्रयास गरिरहेको बताए। ‘हामीले रेल सञ्चालनको काम मात्रै गर्छौँ, निर्माणकार्य रेल विभागले हेर्ने हो। यद्यपि हामीले खजुरीमा रेल सङ्ग्राहालय बनाउन प्रत्येक आर्थिक वर्षमा लिखित रूपमै आग्रह गरिरहेका छौँ तर अर्थ मन्त्रालयबाट बजेट प्राप्त नभएपछि पुराना रेलका इन्जिनमा खिया लाग्दैछ,’ उनले भने।

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले ऐतिहासिक रेलको कारखानालाई सङ्ग्रहालय बनाएर पुराना स्टिम इन्जिनलाई संरक्षण गर्न गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर रेल्वेलाई दिएप नि हालसम्म निर्माणकार्य सुरु नभएको बताए। उनले भने, ‘सीमित स्रोतसाधन भएको हाम्रो पालिकाले सङ्ग्रहालय बनाउनको निम्ति डिपिआर बनाएर दिएको छ तर निर्माणकार्य सुरु भएको छैन। रेल्वे सेवा सङ्घ सरकारको मातहतमा रहेकोले यसमा उनहरू गम्भीर हुनुपर्छ।’ यहाँ रहेको रेल्वेको १० विघाभन्दा बढी जग्गा सदुपयोग र रेल्वेको संरक्षण गरी पर्यटन प्रवर्द्धन पनि गर्न सकिने उनको भनाइ छ।

Previous Post

प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

Next Post

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

१७ जेष्ठ २०८३,
परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
Load More
Next Post
हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In