• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दरबार हत्याकाण्डको २२ बर्षः जेठ १९ को त्यो रात कालो कि ऐतिहासिक ?

by
१९ जेष्ठ २०८१,
0
दरबार हत्याकाण्डको २२ बर्षः जेठ १९ को त्यो रात कालो कि ऐतिहासिक ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। ०४७ चैत ५ मा काठमाडौँमा आयोजित एमालेको चुनावी सभामा खचाखच सहभातिा थियो। घाम निकै चर्केको थियो।घण्टौ लगाएर काठमाडौँमा जननेता मदन भण्डारीको भाषण सुन्न आएका हजारौँले चर्को घामाको समेत पर्बाह गरेनन् ।

त्यो दिनको भण्डारीको मन्तव्य अहिले पनि सबैभन्दा चर्चित छ । यहीँबाट उहाँले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लडेर राजनीतिमा आउन चुनौती चुनौती दिनुभयो । जब उहाँले राजालाई चुनौती दिन थाल्नु हुन्थ्यो सभामा ताली त बज्थ्यो नै धेरै सहभागीहरू दायाँ बायाँ पनि हेर्थे । कारण राजालाई जनस्तरबाट ललकारिएको यो नै पहिलो भाषण थियो। त्यसैले सभामा वरिपरि कतै सेनाले घेरा हाल्छ कि भन्ने मनोविज्ञानले काम गरेको थियो।

उहाँको यो भाषण पछि तत्कालीन राजा वीरेन्द्रले भेट्नु भएको थियो। त्यसपछि दरबार जहिले पनि मदनसँग सजग र सचेत हुन थाल्यो। तत्कालीन राजा वीरेन्द्र मदनको त्यो भाषणबाट आक्रोशित बन्नु भएन। मदनको त्यो भाषणलाई सुझावको रूपमा ग्रहण गरेर अगाडि बढ्ने प्रयास गर्नुभयो। यो कुरा दरबारमा भाइ भारदारलाई सह्य थिएन। त्यसैले दरबार हत्याकाण्डको श्रृङ्खलामा परिणत भयो।

आज भन्दा ठिक २२ वर्ष अगाडि अर्थात् २०५८ जेठ १९ गते नेपालले नयाँ कोतपर्व व्यहो¥यो । त्यो दिन शुक्रवार साँझ ९ बजे तिरको दरबारभित्रको घटना राती ११ बजेपछि सनसनी फैलियो । न त्यति बेला फेसबुक थियो न त मोबाइल टेलिफोनको नै पर्याप्तता । ल्याण्डलाईन टेलिफोनले मान्छेका नीद खलबल्याउन थालेका थिए । न कसैले सोचेको न त अनुमान गर्न नै सक्ने ।

मानव अधिकारवादी, बहुदलवादी र राष्ट्रवादी छवि बनाएको भनिएका राजा विरेन्द्रको हत्या गरिएको खबर विदेश बस्ने नेपालीहरूबाट बढी हल्ला भयो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले घटनालाई सम्प्रेषण गरेपछि विदेश बसेका नेपालीले पुष्टि गरेंझै गरी फोन गरी रहँदा पनि धेरै उपत्यकावासीलाई पत्यार लागेको थिएन । दरबारमा त्यस्तो ठुलो घटना घटेपछि रातिको समयमा बाहिर निक्लने आँट धेरैलाई कम थियो । रातभरि साउती गरेर बस्नुभन्दा उपत्यकावासीलाई सू–सूचित हुने अरु खासै मौका मिलेन ।

जेठ २० गते शनिवार बिहानको नेपाल टेलिभिजनले लगातार शोक धुन बजाउन थाल्यो। भरखरै खुलेका एफएममा बिहान कुनै प्रसारण थिएन। विरक्त लाग्दो धुन बजिरहेको थियो । त्यसपछि पुष्टि भयो राजदरबारमा ठुलै काण्ड भयो। बिहानको समयमा क्रमशः ः मानिसहरू गल्ली, चोक, टोलमा जम्मा हुने क्रम सुरु भयो । त्यसपछि राजा वीरेन्द्रको वंश नास भएको खबर सनसनी फैलियो ।

करिब २ हजार बढी सुरक्षाकर्मीको कडा सैन्य सुरक्षाभित्र रहेको नारायणहिटी दरबारभित्र अकल्पनीय, अप्रत्याशित, बीभत्स र दुःखद घटना भएपछि राजदरबार हत्याकाण्डका बारेमा नेपाल र संसार भरी धेरै प्रतिक्रियाहरू आए । गिरिजा कोइराला नेतृत्वको सरकारमा गृहसहित उपप्रधानमन्त्री सम्हालेका रामचन्द्र पौडेलले युवराज दीपेन्द्रबाट गोली चलाएको भनी विदेशी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएपछि राजा वीरेन्द्रका शुभचिन्तकहरू गिरिजा र रामचन्द्र विरुद्धमा उत्तेजक बनेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको संयोजकत्वमा तत्कालीन सभामुख तारानाथ रानाभाट र एमाले महासचिव माधव कुमार नेपाल लगायतको जाँचबुझ कमिटी बनाएर घटनाको छानबिन गर्ने बत्ताइएपछि स्थिति क्रमशः तनावमुक्त हुँदै गयो ।

दरबार हत्याकाण्ड भएको खबर पुष्टि भएपछि धेरैले त्यो बेला कपाल मण्डन गरेका थिए। उपत्यकाका अधिकांश सैलुनहरूले मण्डन गर्न चाहनेका लागि निःशुल्कको समेत व्यवस्था गरे ।

सर्बसाधरणले भने वीरेन्द्रका भाइ ज्ञानेन्द्र र उनका छारा पारस शाहको विरोधमा नारा लगाइरहे । ले ले जनता खुकुरी ले , …….. छप्काइ दे । राजा तिम्रो छातीमा , गोली हान्यो रातीमा जस्ता नारा लगातार सडकमा लागि रहे।

नेपालमा दरबार हत्याकाण्डले एउटा असल हुन खोज्दै गरेको राजाको परिवारको वंश विनाश भयो । मानवीय हिसाबमा पनि यो कालो रात थियो। किन व्यक्ति हत्या आफैमा भयावह घटना हो। फेरि लोकतन्त्र प्रति आस्थामा फर्कँदै गरेको राजपरिवारको वंश विनाश ठुलो हानी थियो। त्यसले सँग सँगै एउटा ऐतिहासिक गणतन्त्रको ब्यबाहरिक रूपमा बिउ रोपेर गयो । जसको छहारीमा अहिले नेपाल छ।

Previous Post

सत्ता गठबन्धनमा ‘शङ्कैशङ्का’ को वातावरण किन बन्यो

Next Post

थाहा पाउनुहोस् आजको मौसम पूर्वानुमान

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?
फिचर-ब्यानर

अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

७ असार २०८३,
पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण
आवाज

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

७ असार २०८३,
धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच
आवाज

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

७ असार २०८३,
बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य
फिचर-ब्यानर

बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

७ असार २०८३,
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
फिचर-ब्यानर

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

७ असार २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

थाहा पाउनुहोस् आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In