• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ता गठबन्धनमा ‘शङ्कैशङ्का’ को वातावरण किन बन्यो

by
१९ जेष्ठ २०८१,
0
सत्ता गठबन्धनमा ‘शङ्कैशङ्का’ को वातावरण किन बन्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।सत्ता साझेदारी गरिरहेका दलहरूबीच प्रदेश सरकारको विषयलाई लिएर आशङ्का उब्जिएको नेताहरूले बताएका छन्।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितको गठबन्धनको एक प्रमुख दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विपक्षी गठबन्धनसँग बैठक गरेको भोलिपल्ट शुक्रवार तीन पार्टीका प्रमुखहरूबीच भेट भएको थियो।

सिंहदरबारमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भएको छलफलको विस्तृत विवरण बाहिर आएका छैनन्।

बैठकपछि एमाले अध्यक्ष ओलीले “समसामयिक परिस्थितिबारे छलफल” भएको छोटो टिप्पणी गरे।एमाले नेताहरू एकीकृत समाजवादीका अध्यक्ष नेपालले पछिल्लो समय गरिरहेका भेटघाट र सरकारबारे गरेका टिप्पणीका कारण आशङ्का उब्जिएको बताउँछन्।

अर्कोतर्फ एकीकृत समाजवादीका एक जना उपाध्यक्षले गठबन्धनमा एमाले र माओवादीका कारण शङ्का र अविश्वास बढेको टिप्पणी गरेका छन्।

प्रदेश सरकारले जन्माएको अविश्वास

अहिले सत्ताधारी गठबन्धनको चौथो ठूलो साझेदार दल एकीकृत समाजवादी सङ्घीय सरकारभन्दा प्रादेशिक सरकारहरूको भविष्यमा निर्णायक देखिएको छ।

यो दलले गठबन्धनमा आशङ्का पुग्ने गरी मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई समर्थन दिइरहेको छ जब कि जसपा नेपाल नेतृत्वको सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएर सङ्घीय सरकारमा हातेमालो गरिरहेका दलहरू सीके राउत नेतृत्वको जनमत पार्टीलाई यो प्रदेश सरकारको नेतृत्वमा सघाउने तयारीमा छन्।

प्रदेश सरकारबाट एमाले र माओवादीको समर्थन गुमाएको जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवलाई आफ्नो सरकार टिकाउन जेठ ३० भित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ। उनले विश्वासको मत नपाए अर्को सरकार गठनको बाटो खुल्छ।

तर एकीकृत समाजवादीले जसपा नेपाल नेतृत्वको सरकारलाई साथ दिइरहेको अवस्थामा यो प्रदेशको सरकार परिवर्तन गर्ने माओवादी र एमालेको प्रयास असफल हुने राजनीतिका जानकारहरू बताउँछन्।

त्यसैले गठबन्धनभित्र यो दलबारे चर्को असन्तुष्टि रहेको बताइन्छ।अर्कोतर्फ सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिए पनि एमाले र माओवादीले आफ्ना मन्त्री पठाएका छैनन्।

गठबन्धनका दुई ठूला दलको यो व्यवहारले आफूहरूमा अविश्वास जन्माएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।“कुरा के हो भनेदेखि सुदूरपश्चिम प्रदेश सरकारमा एमाले र माओवादीले अहिलेसम्म मन्त्री दिएका छैनन्। विश्वासको मत दिए तर मन्त्री दिएका छैनन्। त्यसकारण यो अलिकति शङ्कैशङ्काको वातावरण छ,” उनले भने।

“हामीलाई विश्वासको मत दिने अनि मन्त्री नपठाउने के गर्‍या त्यो? कोशी प्रदेशमा हामीले विश्वासको मत दियौँ। हाम्रो पहिलेदेखि हुँदै आएको मन्त्री थिए, हामीलाई खोजी नै गरिएन,” गठबन्धनप्रति आफ्नो दलको असन्तुष्टिबारे पाण्डेले भने।

समाजवादी गठबन्धनबाट बाहिरिन लागेको हो?

उपाध्यक्ष पाण्डेले एकीकृत समाजवादी तत्कालै सङ्घीय सरकारको गठबन्धनबाट बाहिरिने सम्भावना नरहेको बताए।तर आफूहरू अफ्ठ्यारो बाटोबाट हिँडिरहेको उनको भनाइ छ।गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिने पो हो कि भन्ने आशङ्काबारे सोधिएको प्रश्नमा पाण्डेले भने, “यो छानाबाट हाम फाल्ने मान्छेले अर्को छानामा पुग्ने टुङ्गो नभएसम्म हाम फाल्दैन के।”

“अहिले जाँदैनौँ। कहिले जान्छौँ भन्ने गएको दिन तपाईँले थाहा पाइहाल्नुहुन्छ।”विकसित देशहरूमा गठबन्धन सञ्चालन गर्नेबारे राम्रो ज्ञान र सीप भएका नेताहरू हुने भए पनि नेपालमा गठबन्धनको संस्कृति राम्रोसँग पालना गर्ने र चलाउने क्षमता भएका नेताहरूको विकास नभएको पाण्डेले बताए।

उनले मधेश प्रदेशको सरकारबाट पनि आफ्नो दल तत्कालै नबाहिरिने टिप्पणी गरे।“अहिले पनि हाम्रो दुई जना साथी मन्त्री छन् त्यो सरकारमा। अर्को सल्लाह नभएकोले हाम्रा साथीलाई मन्त्री नै राखिरहेका छौँ,” उनले भने।

एमालेको बुझाइ

उता एमाले सचेतक सुनिता बरालले एकीकृत समाजवादीका अध्यक्ष नेपाल विपक्षी गठबन्धनमा सहभागी भएको कारण मात्र नभई उनका पछिल्ला अभिव्यक्तिका कारण पनि गठबन्धनमा शङ्का जन्मिएको बताइन्।

“अहिले गठबन्धनमा रहेर दिइएका अभिव्यक्ति र गरिएका व्यवहारले शङ्का गर्ने आधार बनाएको र कहीँ न कहीँ त्यसको प्रभाव अन्य पार्टीमा पनि परेको कुरा साँचो हो,” बरालले भनिन्।

सुदूरपश्चिममा मन्त्री नपठाएको विषयमा एमाले नेताहरूको भने अलग दाबी छ।“एउटा विश्वसनीय वातावरणमा नपुग्दासम्म फेरि किन अस्थिरताका लागि जग थप्ने भन्ने नै अहिलेको विषय हो,” उनले भनिन्।

सङ्घमा एकीकृत समाजवादीसँग समझदारी भएपछि मात्रै प्रदेशमा मन्त्री पठाउने विषय टुङ्गो लाग्ने उनको भनाइ छ।“माथि (सङ्घमा) एउटा स्थिर वातावरण बनाउनेसम्म कहिले जाने र को जाने भन्ने टुङ्गो लाग्दैनजस्तो मलाई लाग्छ,” बरालले भनिन्।

प्रधानमन्त्रीले पार्टीमा के भने

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार माओवादी संसदीय दलको बैठकमा समाजवादीका अध्यक्ष नेपाल आफूसँग सल्लाह गरेरै देउवालाई भेट्न गएको जानकारी गराएको नेताहरूले बताए।

केही दिन अघि प्रधानमन्त्री आफैँले पनि देउवासँग भेट गरेको प्रसङ्ग उल्लेख गर्दै माओवादी सचिव देवेन्द्र पौडेलले राजनीतिमा भेटघाट हुनु कुनै अस्वाभाविक नभएको बताए।

“यसले केही प्रभाव पर्दैन। सङ्घको सरकार यथावत् नै रहन्छ,” उनले भने।“सरकारमा रहेका दलहरूले सकेसम्म प्रदेश सरकारहरूको सन्तुलनलाई पनि कायम राख्ने गरी छलफल चल्दै छ। भेटघाटहरूले सङ्घको सरकार र प्रदेशको समीकरणलाई प्रभाव पार्दैन।”

गठबन्धन देखिएका समस्या सुल्झाउनेतर्फ पहल भइरहेको र छिट्टै समझदारी बन्ने उनले दाबी गरे।बीबीसी

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

दरबार हत्याकाण्डको २२ बर्षः जेठ १९ को त्यो रात कालो कि ऐतिहासिक ?

सम्बन्धित खबर

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत
समाचार

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

११ बैशाख २०८३,
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
फिचर-ब्यानर

डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

११ बैशाख २०८३,
सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?
फिचर-ब्यानर

सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

११ बैशाख २०८३,
Load More
Next Post
दरबार हत्याकाण्डको २२ बर्षः जेठ १९ को त्यो रात कालो कि ऐतिहासिक ?

दरबार हत्याकाण्डको २२ बर्षः जेठ १९ को त्यो रात कालो कि ऐतिहासिक ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In