१. आत्माको शक्तिलाई चिन्नै नै आत्मज्ञान हो । आत्माले बसीबसी संसारलाई हल्लाउन सक्छ ।
२. पृथ्वीले हर व्यक्तिको आवश्यकता पूरा गर्न सक्छिन् तर कुनै एकको पनि लोभलाई पूरा गर्न सक्दिनन् ।
३. बडप्पन उमेरमा मात्र छैन, उमेरका कारण मिलेको ज्ञान, अनुभव र चतुराईमा पनि छ । जहाँ यी तीन कुरा हुँदैनन्, त्यहाँ उमेरको बडप्पन त रहन्छ नै तर मात्र उमेरको पूजा कोही गर्दैन ।
४. जसरी मलाई खाने पिउने अधिकार छ, त्यसैगरी आफ्नो काम आफ्नै ढङ्गले गर्ने अधिकार छ त्यही स्वराज्य हो ।
५. स्वराज्यको भारतका सातलाख गाउँका जनताको सर्वतोमुखी जीवन विकास हो ।
६. कसैको अनुग्रहको याचना गर्नु आफ्नो स्वतन्त्रताको हत्या गर्नु हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













