• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टाकुरामा टावर बनाएर बढ्दैन पोखरामा पर्यटन

by
१७ जेष्ठ २०८१,
0
टाकुरामा टावर बनाएर बढ्दैन पोखरामा पर्यटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ, यसलाई स्वस्थ, सुरक्षित र धुलोरहित सहरका रुपमा विकास गर्नु आवश्यक छ।’ पोखरा महानगरपालिका सहरी योजना आयोगद्वारा आयोजित पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना निर्माणसम्बन्धी परामर्श बैठकमा रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीले भने ।

‘युएसएआइडी’को प्राविधिक सहयोगमा महानगरपालिकाले तयार गरिरहेको रणनीतिक कार्ययोजनाका सम्बन्धमा आयोजित परामर्श कार्यक्रममा सरोकारभएका क्षेत्रका प्रतिनिधिले अधिकारीजस्तै पोखरालाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन आआफ्ना तर्फबाट विभिन्न सुझाव दिएका थिए।

तालैतालको सहरको उपमा पाएको पोखराका तालबाट रु ३० करोड बराबरको स्वस्थवर्द्धक माछा उत्पादन गर्न सकिने अधिकारीले बताए । पर्यापर्यटनका लागि पोखरा उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उहाँले ठूलो सङ्ख्याका विदेशी चराहरू रुपातालमा आउने विषयलाई पर्यटनसँग जोड्न सकिने धारणा राख्नुभयो। पर्यटन राजधानी पोखराको रणनीतिक कार्ययोजनामा प्राविधिकको रुपमा काम गरिरहनुभएका डा प्रनिल नेपाल उपाध्यायको प्रस्तुतिपश्चात् छलफलमा अधिकांश सहभागीले पोखराको प्राकृतिक सुन्दरता नबिगार्ने गरी पर्यटनका दीर्घकालीन योजना तयार गर्न सुझाएका थिए।

कार्यक्रमका सहभागीले पोखरा आसपासका भरतपोखरीको मल्लकालीन कोट भैरव मन्दिर, फोक्सिङकोट, ठूलाकोट, बेगनास कोट, कास्कीकोटलगायतका स्थानको प्रवर्द्धन र पर्यटकीय उपयोग हुनुपर्नेमा जोड दिएका थिए। उक्त अवसरमा पछिल्लो समयमा आएका पोखरा प्रवेशद्वार तल्लो गगनगौडास्थित हेल्मेट डाँडा, कालिका मन्दिरलगायतको पर्यटकीय उपयोगमा जोड दिइएको थियो।

पोखरा पर्यटन परिषद्का सदस्य जीवनराज सापकोटाले पोखरा प्राकृतिक सहर भएका कारण आसपासका टाकुरामा टावरजस्ता संरचना निर्माण गर्न नहुने बताए । निर्माणाधीन तालबाराही मन्दिरलाई चाँडो सम्पन्न गर्नुपर्ने र पोखरा क्षेत्रका पुराना चौतारा तथा कुवाको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो। फेवातालको किनारामा रहेको माछापुच्छ्रे विम्ब पार्कलाई राम्रो र व्यवस्थित बनाउनुपर्ने सुझाव दिनुहुँदै सापकोटाले केआइसिंह पुल आसपासका क्षेत्रमा सेती नदीमा ठाउँ ठाउँमा ढल मिसाइएकोप्रति ध्यानाकर्षण गराए ।

मैदी ताल मत्स्य तथा कृषि पर्यटन सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद तिवारीले पोखरामा रहेका तालको आआफ्नै महत्व रहेकाले यी तालको संरक्षणका लागि बहुवर्षीय योजना ल्याउनु आवश्यक रहेको बताए । “संसारभरका चराहरू आएर बस्ने ठाउँ मैदी ताल हो, पोखरा उपत्यकाभरिका कुइरे बकुल्ला बस्ने ठाउँ पनि यही हो”, उनले भने, “यहाँका विविधता र महत्वलाई हामीले पर्यटनसँग जोड्नु आवश्यक छ।” सिमसार क्षेत्र र चराको बासस्थान नबिगार्ने गरी यहाँको समग्र पर्यटकीय विकास गर्नु अपरिहार्य भएको उनले बताए ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ०का पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले ग्रामीण घरवास ९होमस्टे० गण्डकीबाट सुरु भएको बताउँदै गाउँ पर्यटनलाई समेटेर पर्यटकीय विकास गर्नुपर्ने बताउनुभयो। पछिल्ला समयमा पदयात्रा मार्ग मासिँदै गएकोप्रति गम्भीर बन्नुपर्ने उनको सुझाव थियो।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले सरकारले १६ लाख विदेशी पर्यटक नेपाल भित्रने कुरा गरिरहेका अवस्थामा पोखरामा शतप्रतिशत आउने वातावरण तयार गर्न आवश्यक रहेको बताए । पर्यटकलाई लक्षित गरी पोखरामा पर्यटन गतिविधि विस्तारसँगै वातावरणीय स्वच्छता कायम गर्ने किसिमका गतिवधि बढाउन उहाँले जोड दिए ।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले स्थानीय उत्पादनमा जोड दिँदै गाउँ र सहरको साझेदारी हुने तवरले दिगो पर्यटनमा जोड दिनुपर्ने धारणा राखे । गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले पोखरा महानगरभित्रका २४ वटा भन्दा बढी वडाहरू डाँडैडाँडा भएको बताउँदै प्रत्येक वडाको विशिष्टता समेटेर प्रोफाइल तयार गरी पर्यटन विकासको योजना बनाउनु जरुरी रहेको धारणा राखे।

पर्यटनविज्ञ प्रा डा इन्द्रप्रसाद तिवारीले प्रशासनिक ढिलासुस्ती समस्याका रुपमा रहेको बताउँदै लक्षित योजनाको कार्यन्वयन पक्ष सबल बनाउनुपर्ने सुझाव दिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हिप्पी पर्यटनको आगमनसँगै अघि बढेको पोखराको पर्यटन विगतमा स्वतस्फूर्तरुपमा बढेको भए पनि आगामी दिनमा त्यसलाई व्यवस्थित गरेर लैजानु जरुरी रहेको बताए । वर्षौँदेखि चर्चामा रहेपनि घोषणा हुन नसेको पर्यटनको राजधानी घोषणा गर्न सफल भइएको बताउँदै उनले घोषणासँगै विभिन्न सम्भावना बढेर गएको जानकारी गराए ।

पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, महानगरपालिकाका पर्यटन महाशाखा प्रमुख भरतराज पौडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिघकारी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, रामजी शमालगायतले पर्यटन राजधानी घोषणासँगै गर्नुपर्ने कामकाबारेमा सुझाव दिएका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Previous Post

सिरोहियालाई नागरिकता दिने सिडिओसहित दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

Next Post

ऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
ऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान

ऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In