• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परम्परागत जातका धानको बीउ किसानलाई ‘पैँचो’

by
१५ जेष्ठ २०८१,
0
परम्परागत जातका धानको बीउ किसानलाई ‘पैँचो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ । परम्परागत जातका धान जोगाउनका लागि सहकारीले किसानलाई पैँचोका रूपमा बीउ उपलब्ध गराउन थालेको हो । किसानलाई एकदेखि दुई किलोसम्म धानको बीउ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

“किसानलाई उपलब्ध गराइएको बीउ पछि फिर्ता हुने गरी पैँचोका रूपमा दिएका हौँ”, सहकारीका अध्यक्ष भीमराज अवस्थीले भने, “फिर्ता भएको बीउ अर्को वर्ष अरु किसानलाई दिन्छौँ, किसानले उत्पादन गरेको परम्परागत जातको बीउबाहेकको धान प्रतिकिलो रु ४० देखि ५० का दरले गुणस्तरका आधारमा खरिद गर्ने व्यवस्था गरेका छौँ ।”

उनका अनुसार सहकारीमा आबद्ध ५० जना किसानले परम्परागत जातका धानको बीउ पैँचोका रूपमा लगेका छन् । बीउ लगेकाहरूले एक कठ्ठादेखि पाँच कठ्ठा खेतमा धान रोप्ने उनले उल्लेख गरे। हालसम्म सहकारीबाट परम्परागत जातका लालचन्द, अन्जना, वामान चिनी, सेतो अन्ती, रातो अन्ती, ध्यूपुरी, सौँठारी, राइमुनुवा, बगटी, बन्दनालगायत २३ प्रजातिको दुई क्विन्टल जति धान बीउ वितरण गरिएको छ । यससँगै सहकारीले भुरा, गुडरा, गुर्रा, तिल्कीलगायतका बीउ पनि वितरण गरेको छ । परम्परागत जातको धानबीउको माग किसानले गर्दै आएकाले पुर्‍याउनै धौधौ रहेको अध्यक्ष अवस्थीले जानकारी दिए ।

परम्परागत जातका धानमा सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने उनको भनाइ छ । “परम्परागत जातका धान अहिले गाउँघरतिर पाउनै मुस्किल छ”, उनले भने, “कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन् ।”

उन्नत जातभन्दा कम फल्ने हुँदा किसानले परम्परागत जातका धान खेतमा लगाउन छाड्दै गएको उनले बताए । बढी उत्पादन दिने, आम्दानी हुने धानखेतीप्रति किसानको मोह बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् ।

“धानका विकासे जातको तुलनामा रोग कीराको समस्या कम हुन्छ, कम मलजलमै फल्छ”, सहकारीका अध्यक्ष अवस्थीले भने, “उन्नत जातका धान लगाउँदा नफल्ने समस्या पनि छ, विकासे र उन्नतको तुलनामा स्थानीय जातका धान कम फले पनि किसानले निराश हुनु पर्दैन ।”

परम्परागत जातका धानसँगै किसानको मागअनुसार सहकारीले उन्नत जातका धान बीउ पनि ढुवानी भाडा जोडेर नाफा नराखी किसानलाई बिक्री वितरण गर्दै आएको छ । पहाडी क्षेत्रमा उत्पादन हुने कोदो प्रवर्द्धन गरी सहकारीले गत वर्षदेखि नै बेच्दै आएको छ ।

विभिन्न कृषि मेला, प्रदर्शनी, दिवसलगायतका अवसरमा परम्परागत प्रजातिका अन्नका परिकार बनाई सहकारीले प्रदर्शन गर्ने कार्यसँगै सहभागीलाई स्वाद लिनका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गर्दै आएको छ । वडाध्यक्ष लालबहादुर ऐरले सहकारीले स्थानीय प्रजातिका धानलगायतका अन्न जोगाउने अभियानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । परम्परागत प्रजातिका धानलगायतका अन्नबालीप्रति किसानलाई सचेत पार्ने कामसँगै सहकारीले जोगाउनमा योगदान दिँदै आएको उनले बताए ।

Previous Post

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

Next Post

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In