• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको

by
१३ जेष्ठ २०८१,
0
दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको कूल भूभागको ६९.७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुकमध्ये भुटानपछि नेपालको ४५.३१ प्रतिशत, श्रीलङ्काको ३४.१ प्रतिशत, भारतको २१.७१ प्रतिशत, बङ्गलादेशको १२.८ प्रतिशत, पाकिस्तानको ४.८ र मालदिभ्सको २.७ वन क्षेत्र रहेको छ ।

विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वको कूल भूभागको ३१.० प्रतिशत बन क्षेत्रले ओगटेको छ । जम्मा वन क्षेत्रको करिब ५४.० प्रतिशत वन ब्राजिल, क्यानडा, चीन, रसिया र अमेरिकामा रहेको छ । छिमेकी राष्ट्र चीनको कूल भू–भागको २२.९६ प्रतिशत वन क्षेत्र रहेको छ ।

नेपालमा वन क्षेत्रले ६१ लाख ६६ हजार सात सय ६६ हेक्टर र झाडी बुट्यान क्षेत्रले पाँच लाख ३५ हजार एक सय ७९ हेक्टर भूभाग आटेको छ । नेपालमा प्रति व्यक्ति ०.२ हेक्टर वन क्षेत्र पर्दछ । नेपालका भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र चुरेमा र सबैभन्दा कम वन क्षेत्र तराईमा रहेको छ ।

सरकारको आर्थिक सर्वक्षणअनुसार विसं २०८० फागुनसम्म १२ राष्ट्र निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र गरी २० संरक्षित क्षेत्र रहेका छन् । कूल भू–भागमध्ये २३.४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रको रूपमा रहेको छ । हालसम्म वन संरक्षण क्षेत्र अन्तर्गत एक लाख ९४ हजार एक सय ५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

त्यस्तै २०८० फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा एक हजार ६७ सामुदायिक वन समूह गठन भएका छन् । यस्तो क्षेत्रले करिब दुई लाख ४० हजार आठ सय ७० हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी, ८८ मध्यवर्ती कबुलियति वनमार्फत पाँच सय ४८.७ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ । संरक्षित क्षेत्र व्यवस्थापनबाट मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रमा बस्ने ११ लाख ४२ हजार पाँच सय ९९ जनसङ्ख्या लाभान्वित भएका छन् ।

सो अवधिमा २३ हजार छ सय एक सामुदायिक वन उपभोक्तामार्फत २५ लाख आठ हजार तीन सय २६ हेक्टर वन क्षेत्रको व्यवस्थापन गरिएको छ । गरिबीको रेखामनि रहेका समुदायको जीविकोपार्जनको सुधार र संरक्षणमा टेवा पुर्‍याउन सात हजार सात सय ३१ कबुलियती वन समूहलाई १४ हजार तीन सय ९९ हेक्टर वन कबुलियती वनको रूपमा हस्तान्तरण भएको छ ।

यसैगरी चालु आवको फागुनसम्म दुई करोड ४७ लाख घनफिट काठ उत्पादन भएको छ । गत आव निजी र राष्ट्रिय वन गरी कूल तीन करोड १८ लाख घनफिट गोलिया काठ उत्पादन भएको थियो । चालु आवको फागुनसम्म ७७ हजार दुई सय पाँच चट्टा दाउरा उत्पादन भएको छ भने गत आव राष्ट्रिय वनबाट ४१ हजार ९९८ चट्टा दाउरा उत्पादन भएको थियो ।

Previous Post

नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम

Next Post

यस्ता छन् हाँस्नुकाे फाइदा !

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
यस्ता छन् हाँस्नुकाे फाइदा !

यस्ता छन् हाँस्नुकाे फाइदा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In