१) जीवनको ऐश्वर्य, हाम्रो अस्तित्वको सौन्दर्य, हाम्रो संघर्ष एवम् दुःख, हाम्रो अट्टहास एवम् आँसु यी सबै बुझ्न र आफ्नो मनलाई सरल, सहज राख्नका लागि विपुल ज्ञान र अनन्त अनुभूति सँगाल्नु आवश्यक छ । यो एक महान् कला हो । हाम्रो मन तब मात्र सरल हुन सक्छ जब हामीले प्रेमलाई चिन्न सक्छौँ ।
२) स्वयम्लाई परिवर्तन गर्ने इच्छाले ईष्र्या र द्वेष जन्मिन्छ जबकि स्वयम्लाई बुझ्न सके तपाईं जे हुनुहुन्छ त्यसमा आमूल परिवर्तन हुनेछ ।
३) तपाईं ईष्र्यालु नहुनको निम्ति संघर्ष गर्नुहुन्छ तर संघर्ष स्वयम् एक ईष्र्या हो । किनभने तपाईं केही भिन्न हुन चाहनुहुन्छ ।
४) ठूला मानिस देखेर हामीलाई हीनताबोध हुन्छ कि यो कति महत्वपूर्ण व्यक्ति छ र म कति तुच्छ छु । यसै कारण हामी संकोच गर्दछौँ । जसको अर्थ हो आत्मज्ञान हुनु ।
५) आनन्दका लागि जब तपाईं प्रयत्न गर्नुहुन्छ तब आनन्द आउँदैन । आनन्द ज्यादै रहस्यमय छ । यो त्यति वेला आउँछ जब तपाईं त्यसको चाहना गर्नुहुन्न । यो त अनपेक्षित र रहस्यमय बाटोबाट पवित्रता र प्रेमबाट अंकुरित भएर सुटुक्क आउँछ । तर यसका लागि ठूलै बोध क्षमताको आवश्यकता पर्दछ ।
६) परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन । प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन ।
७) सहज हाँस्नु, प्रत्येक वस्तुमा अथवा वस्तुको पूरै अनुपस्थितिमा पनि आनन्द लिनु, बाँच्नुको आनन्दलाई महसुस गर्नु, मुस्कुराउनु निर्भयतापूर्वक अरुका आँखामा हेर्नु आनन्द हो ।
८) हामीमध्ये अधिकांश व्यक्ति अरुको आँखामा हेर्न डराउँछन् र अरुले पनि चाहन्नन कि कसैले तिनका आँखामा हेरुन् । कुनै पनि व्यक्ति स्वयम्लाई प्रकट हुन दिन चाहन्न ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट