• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानलाई अनुदानमा कृषि औजार

by
४ जेष्ठ २०८१,
0
किसानलाई अनुदानमा कृषि औजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।

पोखरा महानगरपालिका–२६ को सहयोग र वडा कृषि सञ्जालको संयोजनमा विभिन्न कृषक समूह तथा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको हो । वडा कृषि सञ्जालको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा, महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले संयुक्तरुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् ।

कृषकलाई पाँच थान हाते ट्याक्टर, एक सय १० वटा प्लाष्टिक त्रिपाल, ४६ वटा प्लाष्टिक टनेल, एक सय ८० बाउसा, सात स्प्रे मेसिन, छ वटा तौल जाँच्ने मेसिन हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ ।

वडाध्यक्ष थापाले उत्पादनमा जोड दिँदै कृषि सञ्जालसँगको समन्वयमा ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको बताए । सकेसम्म सबै क्षेत्र र समुदायमा समेट्ने गरी वितरण गर्न खोजिएको बताउँदै उनले प्राप्त सामग्रीलाई अधिकतम उपयोग गर्दै उत्पादनमा वृद्धि गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

महानगरका कृषि महाशाखा प्रमुख कडरियाले यहाँका किसानलाई उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदान सहयोगका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । अनुदानमा प्राप्त सामग्रीको अधिकतम उपयोगसँगै सामूहिकरुपमा प्रयोग गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

कृषकलाई लक्षित गरी महानगरले विभिन्न कृषिजन्य उत्पादनको समर्थन मूल्यसमेत तोकेको बताउँदै कडरियाले खाली जग्गा नराख्ने गरी कृषकले उत्पादनमा क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।

वडा कृषि सञ्जालका संयोजक केशवराज ढुङ्गानाले अनुदानमा वितरित सामानको बहुुउपयोग गर्दै अधिकतम फाइदा लिनुपर्नेमा जोड दिए ।

Previous Post

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

Next Post

२२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको आज उद्‌घाटन

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

२२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको आज उद्‌घाटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In