• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मधेस प्रदेशमा सरकार गठनको कसरत

by
४ जेष्ठ २०८१,
0
मधेस प्रदेशमा सरकार गठनको कसरत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर। मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतिपूर्ण बनेको छ।

जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन जसपाले अन्य दलसँग संवाद तीब्र बनाएको छ। एमाले र माओवादी पनि आआफ्नो नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग साथ र समर्थन मागिरहेका छन्।

विगतदेखि नै संघीय सरकारभन्दा मधेश प्रदेश सरकारलाई प्राथमिकतामा राख्ने गरेको जसपाले संघीय सरकारबाट बाहिरिएलगत्तै अन्य दलसँग संवाद सुरू गरिसकेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता दीपक कार्कीले राज्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेशमा सरकार जोगाउन जोड गरिरहेका छन्। अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवासमा पुगेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् भने अन्य दलसँग पनि संवादका लागि पहल गरिरहेका छन्।

सरकारलाई समर्थन गरिरहेको नेकपा (एकीकृत समाजवादी) लाई साथमै राख्ने र सरकारबाहिर रहेका नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन जसपाले पहल गरिरहेको सो पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए। ‘हामी सरकारको निरन्तरताका लागि सबै दलसँग संवाद र सहकार्य गर्न तयार छौँ। सबैसँग छलफल भइरहेकाले यही सरकारले निरन्तरता पाउँछ भन्नेमा हामी आशावादी पनि छौँ र यसका लागि संसदीय दलले संवाद बढाउने निर्णय गरिसकेको छ’, उनले भने।

एकीकृत समाजवादी मधेश प्रदेश संसदीय दलका नेता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने आफूसहितको सरकार जोगाउन पार्टीले पहल गर्ने बताउँछन्। उनले भने, ‘हामीले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थियौँ, अहिले पनि यही सरकारमा छौँ। यो सरकारलाई निरन्तरताका लागि पहल गर्नु हाम्रो पनि दायित्व हो त्यो पूरा गर्छौ।’

अहिले पुर्नगठन गरिएको सरकारमा मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक जना राज्यमन्त्री छन्। त्यसमा नेकपा एकीकृत समाजवादीका दुई मन्त्री रहेका छन्। मधेस प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन्। जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ। जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ। कांग्रेस मधेस प्रदेशसभाका संसदीय दलका उपनेता विरेन्द्रकुमार सिंहले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन छलफल भइरहेको बताउँछन्। त्यसका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बाहेक सबै दलसँग छलफल भइरहेको उनको भनाइ छ।

यसअघि गत मंगलबार कांग्रेस मधेस प्रदेशका सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन्।

लोसपाका उपाध्यक्ष एवम् मधेस प्रदेशसभा सदस्य जितेन्द्र सोनल जसपा नेपाललाई सहयोग गर्ने अवस्था नरहेको बताउँछन्। आफ्नो पार्टीले विपक्षमा रहेका कांग्रेसलगायत दलसँग संवाद गरिरहेकाले सोही सहमतिअनुसार अगाडि बढ्ने उनको भनाइ छ।

मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ÷नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन्।

माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल सुरु गरेका छन्। यी दुई दलले पनि जसपा नेपालबाहेक अन्य सबै दलसँग कुराकानी गरिरहेका छन्। एमाले र माओवादीसँग जम्मा ३२ सिट छ। सरकार बनाउन यो पक्षलाई थप २२ सिटको आवश्यकता छ। एमालेसहितको पक्षले जनमत पार्टीले जसपा नेपाल इतर सरकार गठनका लागि सहयोग गर्ने अपेक्षा गरिरहेको छ। जनमत पनि सरकार गठनका लागि उपयुक्त अवसरको पर्खाइमा छ। सो पार्टी मधेश प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवले सरकार गठनका लागि सबै पार्टीसँग संवाद जारिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताइरहेका छन्।

Previous Post

विश्वकप क्रिकेटमा नेपालले खेल्ने वार्म-अप खेल तालिका सार्वजनिक

Next Post

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
किसानलाई सुन्तला बगैँचा व्यवस्थापनमा प्रोत्साहन रकम हस्तान्तरण

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In