• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन

by
४ जेष्ठ २०८१,
0
फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दंगामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् । प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ । फ्रान्स सरकारले नै संसदमा यस बारे जानकारी दिएको हो । सरकारले त्यहाँ १२ दिनका लागि संकटकाल लगाएको छ । यस अवधिमा सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

विमानस्थल र बन्दरगाहको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सेनाका ट्याङ्कहरू सडकमा गस्ती गरिरहेका छन् ।
फ्रान्सेली न्यूज च्यानल फ्रान्स २४ का अनुसार फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयक अन्तर्गत न्यु क्यालेडोनियाका मूल निवासी बाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ । यसै सन्दर्भमा त्यहाँका तीन नगरपालिकामा ५ हजारभन्दा बढी आन्दोलनकारी विधेयकको विरोध गरिरहेका छन् । न्यू क्यालेडोनिया एउटा टापु हो । आन्दोलनकारीले विभिन्न ठाउँमा ब्यारिकेड लगाएका कारण अत्यावश्यक सेवा ठप्प भएको छ ।

आन्दोलनकारीले सहरका पसलमा लुटपाट गर्न थालेका छन् भने धेरै पसलमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले अब फ्रान्सबाट अलग हुन चाहेको बताएका छन् । विगत केही वर्षदेखि न्यु क्यालेडोनियाका जनताले छुट्टै देशको माग गर्दै आएका छन् । आन्दोलनकारीलाई रोक्न त्यहाँ १ हजार ८ सय प्रहरी मात्रै छन् । दंगा रोक्न सरकारले टिकटकमा पनि प्रतिबन्ध लगाएको छ । यी दंगाको असर छिमेकी देश अष्ट्रेलियामा पनि देखिएको छ । अस्ट्रेलियाका विदेश मामिला मन्त्री पेनी वोङले मानिसहरूलाई न्यू क्यालेडोनिया नजान अपील गरेका छन् ।

ब्रिटिश नाविक जेम्स कुक पहिलो पटक व्यापार गर्ने उद्देश्यले १७७४ मा न्यू क्यालेडोनिया पुगेका थिए । त्यसपछि उनले त्यहीँबाट व्यवसाय गर्न थाले । फ्रान्सेली नाविक एन्टोइन डे ब्रुनी पनि व्यापार बढाउन त्यहाँ पुगेका थिए । १८४१ मा, बेलायतको लन्डन मिसनरी सोसाइटीले त्यहाँ आफ्नो शिविर स्थापना गर्यो । त्यतिबेला फ्रान्स र बेलायतबीच सकेसम्म धेरै देशहरू कब्जा गर्ने प्रतिस्पर्धा थियो । यस कारणले गर्दा, फ्रान्सले १८४३ बाट त्यहाँ आफ्नो नौसेना पठाउन थाले । यसपछि दुवैबीच युद्ध भयो र सन् १८५३ मा फ्रान्सले सम्पूर्ण टापु कब्जा गर्यो । त्यसबेलादेखि आजसम्म यो फ्रान्सेली कब्जामा छ ।

Previous Post

कतारबाट अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक !

Next Post

राष्ट्र संघको अनुमान : यो वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशत

सम्बन्धित खबर

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
समाचार

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

१७ अशोज २०८३,
बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित
समाचार

बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

१७ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

१७ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ अशोज २०८३,
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
आर्थिक

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

१७ अशोज २०८३,
Load More
Next Post
राष्ट्र संघको अनुमान : यो वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशत

राष्ट्र संघको अनुमान : यो वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In