भर्खरै प्रेममा परेका एकजोडी युवायुवती घुम्न जाने सल्लाह गरेछन् । उनीहरु घुम्नका लागि सगरमाथा बेसक्याम्पतिर गएछन् । घुम्दै, रमाइलो गर्दै जाँदाजाँदै बाटोमा रात परेछ । त्यसपछि उनीहरु होटलतिर लागेछन् । होटलमा गएर एउटा सानदार रुम लिएछन् । खाना खाइवरी सुत्ने बेलामा प्रेमिकाले पलङको बीचमा एउटा सिरानी राखिछिन् । आफू कुनापट्टि सुतिछन् र छेउमा आफ्नो प्रेमीलाई सुत्न भनिछन् ।
दिनभरिको थकाइले गर्दा दुवैजना झपक्कै निदाएछन् । एकैचोटि बिहान घाम लागेपछि मात्र केटाको निद्रा खुल्यो । आफ्नी प्रेमिकालाई उठाउँदै भन्यो—
युवाः उठ प्रिय ! आज झन् ठूलो पहाड चढ्नु छ ।
युवतीः झर्किंदै, के ठूलो पहाड चढ्छौ ? जाबो पलङको सिरानी त चढेर नाघ्न सकेनौ ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













