एजेन्सी । युक्रेनसँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको आपत्कालीन अवस्था मन्त्रालयले जनाएको छ ।
शव बेलगोरोडमा भवनको भग्नावशेषमा फेला परेको हो । यसअघि आइतबार बारम्बार मिसाइल चेतावनी जारी गरिएको बेलगोरोडमा युक्रेनी हमलापछि १० तले आवासीय भवन भत्किँदा १८ जना भवनभित्र पुरिएका थिए ।
रुसी रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले ६ वटा टोचका–यू मिसाइल, चारवटा भ्याम्पायर रकेट र दुई ओल्खा रकेटलाई यसअघि नै खसालेको बताएको थियो ।













